
जब भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नो प्रशासनिक तथा राजनीतिक नक्सामा समेटेर विश्वसामु छर्लङगायो तब नेपालले आफ्नो अस्मितामाथि ढावा बोलेको भनेर चौतर्फी विरोध ग¥यो । यसैको विरोध स्वरुप नेपालले पनि २०७७ साल जेठ ७ गते कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी ग¥या,े त्यसै बेलादेखि भारतीय सरकार र सरकार समर्थित भारतीय मिडियाहरु बहुलाउन थाल्यो । यसरी बहुलाउन थाल्यो कि भए–नभएको बेतुकका कुराहरु पत्र–पत्रिका, रेडियो, टि.भि. युटुब मार्पmत अझ मुख्य गरी यपी.न्यूज, आजतक, जस्ता च्यानलहरुले त भरमार प्रचार–प्रसार गर्न थाल्यो । कालापानी, लिपुलेक, लिम्पियाधुराको आकाशमा भारतीय लडाकु विमानको गस्ति बढायो । नेपालले कुनै पनि हालतमा भारतसंग लड्न सक्दैन भनेर डर, धम्कि, त्रास देखाउन थाल्यो । भारतको सेना यति, लडाकु विमान यति, लडाकु टयाङ्कर यति, मिसाइल यति, अणु बम यति भन्दै विभिन्न मिडिया तथा छापाहरु मार्पmत धम्किको भाषा ओकल्न थाल्यो । नेपालले पनि अतिक्रमित भू–भाग फिर्ता लिने उदेष्यले विभिन्न बाटोहरु अपनायो ।
भारतीय सरकारलाई सीमा विवाद सम्बन्धमा छलफलको लागि भनेर चिठ्ठी लेख्ने काम ग¥यो । नेपालको यो अनुरोधलाई भारतले सुने पनि नसुने जस्तै ग¥यो । कोरोनाको रोकथामपछि वार्तामा बस्ने भनेर टा¥यो । जति समयले नेटो काट्दै गयो, उति भारतले नेपाल विरुद्ध विभिन्न प्रपञ्चहरु रच्न थाल्यो । कालापानीमा सेना संख्या बढायो । झुठको खेतीले विश्वभर गहनाएको भारतीय मिडियाहरुलाई भारतीय सरकारले सर्वप्रथम अगाडि सा¥यो । मोदीको अन्धभक्त भारतीय चर्चित एक पत्रकार अर्णव गोस्वामीले त यति भने कि नेपाल भारतको हो, यस विषयमा नेपालले भारतलाई के गर्न सक्छ ? छ खुवी सम्म भनेर धम्किपूर्ण भाषा बोले । ठूला मन्त्री महोदय, विद्धान भनाउदाहरु, नयाँ–पुराना राजदुतहरु नेपालले भारतसंग निहुँ खोजे ठूलो मुल्य चुकाउनु पर्ने भनेर डर र धम्कि देखाउन थाले । डर, धम्कि र त्रासले नेपाल नझुके पछि भारतीय शासकहरुमा एक किसिमको छतपताहत भयो । लुटेको भू–भाग अब नेपालले लिने भयो भनेर दिनमा भोग र रातमा निद्राले छोड्न थाल्यो भारतीय पागल र बहुला शासकहरुलाई । मोदी र उसका आसे–पासेहरुको गिदी हल्लियो ।
‘लातको भूत, बातले मान्दैन’ भने जस्तै दक्षिण एसियामा शक्तिको भरमा दादा बनेर मन्द्राउदै हिडेको मोदीका खलकहरुले नेपाल खाने सुर नै गरेका रहेछन् । सितिमिति हामीले पनि त्यसरी सजिलैसंग कहाँ खान दिउँला र ! पहिले वार्ताद्वारा अन्तराष्ट्रिय अदालत धाएर भए पनि हाम्रो लुटिएको भूमि फिर्ता लिन कोसीस गर्नु पर्छ । फिर्ता नदिए अन्तमा युद्ध नै गर्नु परेछ भने पनि गरौंला । राष्ट्र र राष्ट्रियताको लागि रणमैदानमा लडेर मर्नु परेछ भने पनि मरौला ! हाम्रा पिता–पूर्खाले आज्र्यको प्यारो देशलाई शत्रुको पञ्जाबाट बचाउँला । सायदः हाम्रा अमेरिकन र भारतीय दलाल नेताहरु नभई दिएको भए अहिले नेपाल र नेपाली जनताले यो हालत भोग्नु पर्ने थिएन । जसले नेपालको नदी–नाला कोशी, कर्णाली र महाकाली बेच्यो तिनै व्यक्तिहरु अहिले सत्तामा छन् तिनै व्यक्तिहरु विपक्षी दलमा आसिन छन् । तिनै डाँकु देशघातिहरुको हातमा पुलिस, प्रशासन, धन–पैसा, सत्ता–शक्ति सबै छ । जनताले औषधिको नाममा जीवन जल र सिटामोल पाउदैनन् । गाँसबासको नाममा एक गाँस खाने र एक आङ लाउने कपडा पाउदैनन् । विदेशबाट आएका नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई कोरोनाको नाममा क्वारेन्टाइनमा राख्ने भन्दै स्कुल, भट्केको घर, गाईको गोठमा राखिएको छ ।
राजा र काँग्रेस मिलेर २०१५ सालमा प्रजातन्त्रको जग बसाले । राजा महेन्द्र र वि.पि.को भागबन्दामा किचलो भयो । राजाले प्रजातन्त्रको घाँटी ओमठे । प्रजातान्त्रिक शक्तिहरु सबैलाई भूमिगत गराए । प्रजातान्त्रिक शत्तिका बाहकहरु भन्दा राजा महेन्द्र अलिक दुरदर्शी, देशप्रमी, तानाशाही प्रवृतिका स्वभाव भएका राजा थिए । त्यही दुरदर्शी, महत्वकांक्षी, दलहरुमा एकरुपता नभएको, जनताका चेतनाहिन प्रवृति, छिमेकी देशको गिद्धे नजर, हेपाहा प्रवृति, राष्ट्रको जिर्ण अवस्था, तत्कालिन समयमा हुनु पर्ने विकास निमार्णमा अवरोध, राणाहरुको सरकार ढले पनि दलको नाममा सत्तामा हालि–मुहालि आदि अनेकको निहुँमा राजा महेन्द्रले आफ्नो राजतन्त्र बलियो पार्न जननिर्वाचित सरकारलाई कु गरे । सबै प्रजातान्त्रिक प्रतिपक्षी नेताहरुलाइृ भूमिगत बनाए । चलाख राजा महेन्द्रले काँग्रेस, कम्युनिष्ट, प्रजापरिषदका सबै नरम नेताहरुलाई पद र पैसाको भरमा लोभलालच देखाएर किने । पराईलाई पनि आफन्त बनाए । आपूm निदेर्शित, आपूm खुसी राज्य सत्ता संचालन गरे । देशभर राजतन्त्रको हालि–मुहालि मच्चाए । त्यसैबेला कतिपय विकास निर्माणका कामहरु पनि गरे । पूर्व–पश्चिम महेन्द्र राजमार्ग खोले । देशमा उद्योग धन्दा कलकारखानाहरु खोले । प्रशासनिक कार्यमा थुप्रै सुधारहरु गरे । लेखक, साहित्यकार, कवि, कलाकार सबैलाई शक्तिको भरमा भाँड कवि र लेखक बनाए । तर जनतालाई बोल्ने, लेख्ने, सभा संगठन गर्ने सबै अधिकारबाट बन्चित गराए । कतिपय विरोधीहरुलाई थाहा नपाउने गरी राता–रात गोलीले उदाउन लगाए ।
हामीले उनको उज्यालो पक्ष हेर्न खोजेनौं मात्र अध्यारो पक्ष हे¥यौं । त्यही उज्यालो पक्ष अन्तर्गत अहिलेको नेपाल–भारतको विवादलाई उसैबेला साम्य पार्न ई.स. १९६२ मा भारत र चीनको सीमा विवादमा लडाई परेपछि भारतको हार भए पश्चात अहिलेको नेपालको सरहद क्षेत्र कालापानीमा राजा महेन्द्रसंग केही महिनाको लागि भनेर भारतले आफ्नो सैनिक टुकडी राखेको रहेछ । राजा महेन्द्रको पाला र प्रधानमन्त्री मातृकाप्रसाद कोइराला रहेको बेला २००९ सालमा नेपालको उत्तरी सीमानामा १८ वटा भारतीय चेकपोष्ट राखिएको रहेछ । पछि चीनले नेपालको उत्तरी सीमानामा भारतीय चेकपोष्ट रहेको थाहा पाए पछि चीनको राष्ट्रिय सुरक्षामा खलल पुग्ने भनेर कित चीनलाई पनि नेपालको सीमा–नाकामा चिनिया सुरक्षा चेकपोष्ट राख्न दिनु पर्छ नत्रभने भारतीय चेकपोष्ट सबै हटाउनु पर्छ भन्ने चीन सरकारको दबाव आएपछि राजा महेन्द्रको हुकुममा प्रधानमन्त्री किर्तिनिधी विष्टले ती भारतीय चेकपोष्टहरु हटाएका रहेछन् । त्यसैको शिल–शिलामा १७ वटा भारतीय चेकपोष्ट हटे । तर कालापानीमा अवस्थित एकमात्र चेकपोष्ट हटाएको रहेन छ ।
अहिले नेपाललाई र नेपाली जनतालाई त्यही कालापानी चेकपोष्ट घाँटीको हड्डी भएको छ । राजा महेन्द्र मरेर गए । कालापानीको समस्याले पिरोले पछि मरेको राजाको खेदो खन्न थालेका छन्, गणतन्त्र भनाउदा महाकाली बेचुवा जनतामारा काँग्रेस र कम्युनिष्ट कहलाएकाहरुले । १७ हजार नेपाली जनतामारा प्रचण्ड अहिले भन्दै छन्–“राजतन्त्रको पालामा बेचेको नेपालको भूमि गणतन्त्रको पालामा आउने भयो ।” के.पी. ओली, प्रचण्ड, बाबुराम, सेरबहादुरको निम्ति त नेपालको भूमि फिर्ता भइसकेको छ । किनभने उनीहरुले महाकाली सन्धी नगरिदिएको भए, बाह्रबुँदे सम्झौत नगरिदिएको भए अहिले नेपाललाई यो राष्ट्रिय संकट पर्ने थिएन । यिनै पापीका सन्तानहरुले महाकालीको पैसाले, बाह्रबुँदे सम्झौताले राजधानीमा घर हाले । नेपाली जनता सडक र गल्लीहरुमा दूरदराजका बस्तिहरुमा रोग र भोगले मरिरहदा यी डाँकाहरु युरोप, अमेरिका, जर्मन, जापान, भारत, रसिया, अष्ट्रेलिया, बेलायत भ्रमणमा पुगे । यिनीहरुको कारणले गर्दा अहिले योजनाबद्ध रुपमा अमेरिकाले पनि मौकाको बाटो कुरिराखेको छ । यिनीहरु मार्पmत नेपालमा एम.सि.सि. परियोजना संसदबाट पास गराएर चीन टुक्राउने रणनीति जाल बुन्दै छ । एकतिर देशमा कोरोनाले आच्छु–आच्छु पारेको छ, अर्कोतिर भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत देशका थुप्रै भू–भाग खाएको छ । सत्तासिन नेपाली शासकहरु कानमा तेल हालेर बसेको छ । मात्र जनदबाबको कारण गर्दा केही राष्ट्रभक्ति काम गरे जस्तो गरेर जनताको आँखामा छारो हाल्ने गरेको छ ।
खबरदार लेण्डुपेका सन्तानहरु ! नेपाललाई सिक्किम र फिजी बनाउन पाइने छैन । यदी बनाउन मात्र थालिऊ भने तिम्रा काल टाढा छैन । सबैभन्दा पहिले नेपाली जनताहरु तिम्रो सत्तामाथि धावा बोल्ने छन् । तिमीहरुलाई युरोप, अमेरिक, भारत खेद्ने छन् । देशको माया छ भने हाम्रो शत्रुसंग जनताको साथ लागेर प्रतिरोध गर ! पैसा ठूलो ठान्छौं भने देशको माया गर्दैनौ भने आजै तिम्रा मतियारसंग लागिहाल । हामीलाई च्याङकाइसेक चाहिएको छैन । चाहिएको छ भने राष्ट्रप्रेमी माओ जस्तै नेता चाहिएको छ ।
कमेन्ट गर्नुहोस !