सोमवार, कार्तिक ३, २०८३ | Monday 19th October 2026

विदेशी सुराकीहरुलाई घोक्रेठ्याक लगाउनु पर्छ ।


सुराकी गर्नु भन्नाले कुनैको गोप्य कुरा पत्ता लगाउनु भन्ने बुझिन्छ । यसरी भित्री कुरा पत्ता लाग्यो भने उसलाई कसरी षडयन्त्र गर्ने र गिराउने भन्ने उपाए भेटिन्छ । परा–पूर्वकाल देखिनै यो सर्वत्ररुपमा प्रचलनमा आएको छ । आपूm विजयी बन्ने र अरुलाई गिराउने खेल खेल्दै आएको कैयन उदाहरणहरु इतिहासमा दर्ज छन् । सत्ता टिकाउन र विपक्षीलाई तलपार्न पनि सुराकी गर्नु अनिवार्य भएकोले राज्यस्तरमै यसको अनिवार्यता महसुस गरी सुराकी संस्थाहरु स्थापना भएका छन् । प्रत्येक देशका आ–आफ्नै प्रकारका सुराकी संस्थाहरु छन् । यी सुराकी संस्थाहरुले आन्तरिक र बाहिय सुराकी गर्दछन् । बाह्य सुराकी भन्नाले यहाँ एकदेशले अर्को देशप्रति गरिने सुराकीलाई भन्न खोजिएको छ । अर्को देशको कम्जोरी पोइन्ट कहाँ छ ?त्यो देशको आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, प्रशासनिक, जनताको मनोविज्ञान आदि, इत्यादि विषयमा अत्यान्तै गम्भिर रुपमा अध्ययन गरेर त्यसको कसरी अस्तित्व समाप्त गर्न सकिन्छ भन्ने घृणित षडयन्त्र तयार पार्ने काम कतिपय देशले गरेका हुन्छन् । यस्तै षड्यन्त्रकारीको शिकार नेपाल भएको भन्नुमा अत्युक्ति नहोला ।
अहिले नेपालमा भारतीय सुराकी संस्था ‘रअ’अमेरिकी सुराकी संस्था ‘सी.आइ.ए.’ र युरोपेली सुराकी संस्थाको चल–खेल प्रवल रुपमा देखा परेको छ । यी सुराकी संस्थाहरुको आ–आफ्नै छुट्टा–छुट्टै उदेश्य देखिन्छ । खास गरी भारतीय सुराकी संस्थाले नेपाललाई सिक्किम बनाउने उद्देश्य राखेको छ । पुरै नेपाल हडप्न नसके तराई अलग गराउने र सीमा क्षेत्रमा नेपालको जमिन अतिक्रमण गर्दै जाने उदेश्य भारतीय शासकको देखिन्छ । अमेरिकन सुराकी संस्थाले नेपालको सार्वभौम सत्तालाई कम्जोर पार्दै जाने र नेपालमा आफ्नो सेना तैनाथ गर्ने, चीनको तिब्बतलाई तहस–नहस गर्ने अशान्ति पैmलाउने उदेश्य राखेको बुझिन्छ । युरोपेली सुराकी संस्थाले क्रिश्यिनको बाहुल्यता स्थापना गर्ने, नेपालमा जातीय द्वन्द सिर्जना गर्ने, धर्म र जातीय द्वन्दको नाउँमा नेपालको आफ्नो मौलिक पहिचान ध्वस्त गर्ने उदेश्य बुझिन्छ ।
यी उल्लेखित उदेश्य प्राप्तिको निम्ति यहाँ यी जासुसी संस्थाहरु सक्रिय रहेका छन् । यी सुराकी संस्थाहरुले नेपालमा कतिपय उच्चस्तरका राजनीतिज्ञ, कतिपय उच्चस्तरका कर्मचारी, कतिपय वैधानिक रुपमा स्थापित भएका संघ संस्थाका कतिपय पदाधिकारीलाई तलब–भत्ता बाहेक कुनै पनि बहानामा थुप्रै धनराशि दिएर किनेका छन् र तिनीहरु नेपालको नीति निर्माण तहमा पुगेको छन् । त्यस्ता विकाउहरुले, त्यस्ता छदमभेषीहरुले ती सुराकी संस्थाको उदेष्य प्राप्तिको निम्ति कार्य गर्दै आएका छन् । यो कुरा घाम जस्तै छर्लङ्ग छ ।यस्तो कुरा जान्दा–जान्दै बुझ्दा–बुझ्दै पनि नेपाल सरकारले यस्ता व्यक्तिलाई कुनै कार्वाहीअख्तियार गर्न नसक्नु विडम्वनाको विषय भएको छ । यही ढंग–ढाँचा अनुसार चल्ने हो भने नेपालको भविष्य के होला ?
अहिले नेपालको दार्चुला जिल्लाको लिम्पियाधुरा लगायतका क्षेत्रको भू–खण्ड भारतीय शासकबाट अतिक्रमण गरिएकोमा व्यापक असन्तुष्टि प्रकट भइरहेको छ । नेपाल सरकारले पनि लिम्पियाधुरा सहितको जमिन देखिने गरी नेपालको नक्सा जारी गरेको छ । यस कार्यमा नेपााल सरकारलाई धन्यवाद दिनुनै पर्छ । अब नक्सा मात्र होइन कि अतिक्रमित जमिन लिने कार्य पनि तीब्र रुपमा अगाडि बढोस् र यथाशीघ्र त्यो जमिन नेपालले उपभोग गर्न पावस् भन्ने आशामा जनता छन् । यस्तो संगीन घडीमा हाम्रा तराईवासी केही सांसदहरु भारतीयहरुको पक्षपोषण गर्दै अलाप–विलाप गरिरहेका छन् । यस्ता व्यक्तिहरु नेपाली नागरिक हुन सक्दैनन् । त्यही इन्डियामा बसोवास गरेका त्यहाँको नागरिकता लिइसकेका नेपालीहरुले पनि अतिक्रमित जमिन नेपाललाई फिर्ता दिनु पर्ने भन्ने आवाज बुलन्द गरेका छन् । तर नेपालको जनताको करबाट हातमुख जोड्दै आएका कतिपय तराईवासी भारतीय जासुसी संस्थाका विकाउ सांसदहरु नेपालको विरुद्धमा संसदमा आवाज उठाउदा पनि नेपाल सरकारले उचित कार्यवाही गर्न सकेको छैन, मुकदर्शक भई बसेको छ । यस्ता विकाउ सांसदको नागरिकता खारेज गर्नु पर्छ । सांसदबाट बर्खास्त गर्नुपर्छ र नागरिकता छानविन पनि गर्नु पर्दछ । सरकार किन डराइरहेको छ ?यस्ता अराष्ट्रिय तत्वलाई तुरुन्तै कार्यवाही गर्नु पर्छ । जनता साथमा छन् सरकार डराउनु पर्दैन । यिनीहरु माथिको कार्यवाही नै अतिक्रमित भूमि फिर्ता गर्ने एउटा शसक्त प्रथम प्रयास ठर्हछ । सरकारले यो बुझ्ने प्रयास गरोस् !!

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top