
मोहन गिरी
प्यूठान ।
“ श्रम बेच्न सकिन्छ , स्वाभिमान बेच्न सकिन्न”–बाघको नातिनीको डुक्राइ हो, यो ।
जब नेपालले लिम्पियाधुरा सहितको भूभाग समेत समेटेर नेपालको नक्सा जारी ग¥यो तब भारतीय शाषकहरुको मुटु हल्लिरहेको अवस्थामा बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालको जारी नक्साको प्रशंसा गरिन् । अनि भारतीय शासकहरुमा यसको डरलाग्दो असर प¥यो । भारतीय शसाकका कतिपय चाटुकार पत्रकारहरुले मनिषाको बिरुद्वामा बिष बमन गर्न थाले । मनिषाको विरुद्वामा थुपै्र–थुपै्र मानमर्दन गर्ने खालका टिप्पणीहरु भारतीय मिडीयाका माध्यमबाट संप्रेषण भए । “खाँता हे इन्डियाका खाना, गाँता हे चाइनाका गाना” जस्ता अनर्गल अभिव्यक्तिहरु मिडिया मर्फत आए । यी थुप्रै–थुप्रै अनर्गल टिप्पणीहरुको जवाफ मनिषाले केवल छ वटा शब्द प्रयोग गरेर दिइन् । उनको जवाफ थियो “श्रम बेच्न सकिन्छ, स्वभिमान बेच्न सकिन्न” । हजारौ शब्दको गाली गलोजको उत्तर यही नै काफी छ । ती भँडुवा, बेइजती, बेमान, कमिनाहरुलाई बुझेको खण्डमा ठूलै धक्का लाग्नु पर्ने हो । “डोरी जति लामो भएपनि गाँठो एउटै” भने जस्तै मनिषाको संक्षिप्त जवाफले अव त कतिपय भारतीय मिडियाका भडुवालाई लाज पनि लाग्नु पर्ने हो । कतिपय तिमीहरुलाई थाहछैन होला – मनिषा वीपीकी नातिनी हुन । वीपीले भारतीय मुक्ति संग्राममा ज्यानको वाजी थापेर खेलेको भूमिका तिमीहरु कतिपयलाई थाहा छैन होला । तत्कालीन अवस्थामा वीपी कोइराला तिमीहरुका भारतीय नेता मध्येका अव्वल दर्जाका राजनीतिज्ञ, साहित्यकार,समाजवादी चिन्तक, कुशल संगठनकर्ता, त्यागी, बचनको पक्का, इमान्दार, सिद्धान्तप्रति निष्ठावान ब्यक्ति थिए । उनकै नेतृत्वमा १०४ बर्ष सम्मको नेपालको राणशासनको अन्त्य भयो र यहाँ संसदिय प्रजातान्त्रिक ब्यबस्था लागू भयो । वीपी नेपाल भारत दुवै देशका ज्यूँदा बाघ हुन् । उनै बाघकी नातीनी हुन् –मनिषा । उनीले भारतीय फिल्मी क्षेत्रमा आफ्नो प्रतिभा पस्किन् । मनिषाले काम गरेवापत आफ्नो श्रमको ज्याला केही भारतीय फिल्मी संस्थाबाट पाइ होलिन्, त्यो त श्रम बेचेको हो । श्रम बेच्न सकिन्छ तर स्वाभिमान बेच्न सकिन्न । राष्टियता, देशभक्ति, स्वाभिमान, हृदयम जडित भएको हुन्छ । कुनै पनि नेपाली कुनै देशमा जान सक्छ , त्यहाँ रोजीरोटीका निम्ति कुनै पेशा गर्न सक्छ तर उसको आफ्नो देशप्रतिको लगाव मेट्न खोजे पनि मेटिदैन । यो मानवोचित स्वभाव हो । के मनिषाले आफ्नो मानवीय स्वभाव ब्यक्त गर्न नहुने हो ? यो त प्राकृतिक न्यायको पनि बिपरित भएन र ? लिम्प्यिाधुरा लिपुलेक लगायतका क्षेत्र आफ्नो नभएर पनि हाम्रो हो भन्न भारतीयहरुलाई हुने, मनिषालाई आफ्नोलाई आफ्नै हो भन्न नहुने ? स्वदेशमा होस् या बिदेशमा होस् प्रत्येक नेपालीमा आफ्नो स्वाभिमान, अपनत्व अबिच्छिन्न छ । बिदेशी नागरिकता लिइसकेका नेपालीमा पनि राष्ट्रियभाव ओतप्रोत छ ।जुनसुकै ठाँउमा होस् सवै–सवै नेपालीलाई नेपालमाथि अन्याय भएको जगजाहेर छ । सवैले “गो ब्याक इन्डिया” भनेकै छन् । तर मनिषाले यही कुरा भन्दा इन्डियामा किन भुइचालो गएजस्तो भयो । किनभने बाघको नातिनी डुक्र्यो, गर्जियो, अव अतिक्रमित नेपाली भू–भाग नेपाललाई फिर्ता हुन्छ कि भन्ने त्रास भारतीय शासकमा उब्ज्यो र नै अहिले कतिपय भारतीय मिडियाले बिष बमन गरिरहेका छन् । पहिले त किंग कोब्राले न्याउरीमाथि बिष बमन गर्छ र पछि न्याउरीले किंग कोब्राको ज्यानै लिन्छ । त्यस्तै किंग कोब्रा जस्तै बनेका भारतीय मिडियाले मनिषामाथी बिषबमन नगर । न्याउरीले दनक देला, याद गर ।
नेपालकी छोरी हुनुको नाताले नेपालको जमिनप्रतिको प्रेम र श्रद्धाभाव मनिषाले ब्यक्त गर्नु के यो ठूलै अपराधै हो त ? उनीले खासै के भने कि छिन् र ? तीन देशको बीचको बर्ताका मध्यमबाट समस्या समधान गर्दा बेश होला भन्ने एउटा सुझाब मात्र दिएकी छिन् । चाइनालाई किन समबेश गर्ने भन्ने प्रश्न भारतीयहरुबाट आउनेगरेको छ । भारतका दिग्गज भनौदा नेताहरुले यो चाइनाले उचालेर नेपालले नयाँ नक्सा जारी ग¥यो भने पछि चाइनाले उचाल्योकी उचालेन भन्नका खातिर पनि त्रिदेशीय वर्तालाई महत्व दिएकी हुन् । अर्काे तर्फ चिन नेपाल भारतको सिमा क्षेत्र पर्ने भएकोले पनि त्रिदेशीय वर्ता अवश्यक ठानिएकोहो । यो उनको पाको विचार हो । हाम्रो सीमा मिचिएको लिपुलेख, लिम्पियाधुरा ,कालापानी लगायतका क्षेत्र मात्र नभएर सुस्ता लगायत बडर साईडका थुप्रै ठाउँमा सीमा अतिक्रामण भएको छ । हामीले हाम्रो सीमा जोडिएको ठाउँमा मिचिएको जमिन छोडिडिउ भन्नका लागि अरुलाई सोधनु पर्ने, अरुले उस्काउनु पर्ने हुदैन । आँठो किलो मिचिएको सन्दर्भलाई लिएर आफ्नै सहोदर दाइ ,भाइमा पनि झागडा परेको, मुद्वा ममिलामा जानु परेको हाम्रै घरायासी परिबेशमा पनि थुप्रै उदहारणहरु छन् । “आँठो किलोमा बत्ती बलेको हुन्छ ” भन्ने बुढा पाकाको भनाइनै छ । यसकारण आफनो जमिन आफ्नै हो भन्नलाई कसैले उचाल्नु पर्दैन, भित्री हृदयबाटै मानिस उचालिन्छ । आफ्नो सत्ताको निम्ति, अस्तित्वको निम्ति, अधिकार प्राप्तिको निम्ति, मानिसले शिर बलिबेदीमा चढाँउछ तर ऊ निहुरिदैन । कुनैले पनि आफ्नो अस्मिता माथि बिदेशी सेना परेड खेलेको हेर्न चहान्न । मानिस स्वभिमान बेच्न सक्दैन । यही कुरा त मनिषाले भनेकिहुन् ।
भारतीय शासकहरुलाई लागेकोहोला –करिब ६०÷७० बर्ष सम्म हाम्रा सेना राख्दा नेपाल मौन रहयो, अहिले किन बोलेको होला ? तर सरकारका पक्षबाट पनि यदाकदा बार्ताबाट समस्या समधान गरौँ भन्ने सुझाब भारतीय सत्ता पक्षलाई नदिएको होइन । जन स्तर र बिभिन्न पार्टीहरुबाट पनि अतिक्रमित जामिन फिर्ता गर भन्दै पटक पटक ठूला ठूला अन्दोलन भए तर भारतीय शासक कानमा तेल हालेर बस्यो । अहिले नेपालमा बुहुमतको सरकार छ । यसले अतिक्रमित जमिन फिर्ता गर्नको निम्ति सरकारलाई जन्ताबाट चर्काे दबाब आयो र नेपाल सरकारले सहासी कदम उठाई अतिक्रमित भूमि समबेश भएको नक्सा जारी ग¥र्याे । भारतीय सत्ता पक्षले हामीलाई नसोधी किन नक्सा जारी ग¥यो भन्ने प्रश्न उठाएको छ । वर्ता गरौ र समस्या समधान गरौ भन्दा नमाने पछि के गर्ने ?के भारतीयहरुले आफ्नो नक्सा जारी गर्दा नेपाललाई सोधेको थियो, बङ्गलादेशलाई सोधेको थियो, पाकिस्तान लाई सोधेको थियो, चीनलाई साधेको थियो ? नेपालले प्रमाणको अधारमा अधिकारिक नक्सा जारी गरेको हो । यस्माकुनै शंका छैन ।
भारतीय शासकहरुले नेपाललाई यसो गरिउ, उसो गरिउ भनेर पटक–पटक भन्दै आएका छन् । तर उसले यो कुरो कहीले भन्दैन कि नेपालीले हाम्रो जमिन बचाएका छन् , हाम्रो व्यपार बढएका छन् , हाम्रो काम गरिदिए र हामीलाई पलेटी मारेर खाने बानएका छन् । हामी नेपालीले पनि थुप्रै गरेका छौँ तिमीहरुको निम्ति । छाती हात रखेर सोच्ने गर–नेपाल सत्यको बाटोमा छ ,बरुहामीले अन्याय गरेका छौ । अन्त्यमा सत्यको जीत हुन्छ । यसैले इज्जत बचाउनु छ भने वार्ताद्वारा समस्या समधान गर्नका निम्ति भारतीय शासकहरु तम तयार हुनु पर्दछ । नेपाललाई धाक, धम्की देखाएर, तर्साएर, डरने र तर्सिने नेपाली रगत होइन भन्ने बुझ्नु जरुरी छ । याद गर – मुडाको मुख झिझोले पोल्छ , एक झिल्का आगोले ठुलै जङ्गगल सखाप पार्छ , एउटा बिषको थोपाले भीमकाय जनवार मारिदिन्छ , एउटा सानो न्याउरीले किङ्गकोब्रा मारिदिन्छ । यसैले यहाँ ठुलो सानोको हैसियतले कसैले कसैलाई अन्याय गर्नु हुदै भन्ने बुझ्नु पर्दछ । यदि यो कुरालाई नजर अन्दाज गरिन्छ , गम्भीर रुपमा लिइदैन भने यहाँ लाखौ मनिषा जस्ता महिला पुरुषहरु मैदानमा उत्रनु पर्ने हुन्छ । यस्तो बध्यकारी स्थितिको सृजना भारतीय शासकहरुले नगरुन् भन्ने आशा एंव विश्वास गरिएको छ ।
कमेन्ट गर्नुहोस !