
लिला पुन
जुनबेला नेपालमा ठूलो घरेलु समस्या आईपर्छ, त्यसैबेला भारतले मौका छोपी नेपालको छातिमा नङ्ग्रा गाड्छ । यसपटक पनि उसले नेपालको घरेलु कचिङ्गलमा मौका छोपी चौका दाउँ हानेको छ । अर्थात गएको हप्ता शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवर जाने ८० किलोमिटर बाटोको उद्घाटन गरेका छन् । भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ–“उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन(बीआरओ)ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड–१९ को महामारीको सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो” । ताकि त्यो कार्य सरासर नेपालको अस्मितामाथि हेपेर धावा बोलेको देखिन्छ । लिम्पियाधुरा नेपालको हो भनि थाहा पाउदा–पाउदै जानि–जानि बाटो अर्काको देशबाट नेपाल सरकारको अनुमतिविना खन्न सुरु गरेको छ । पिछलग्गु, नालायकी हाम्रो सरकार चलाउने शासकहरु नामर्द भएर हो ! बारम्बार भारतले नेपालप्रति हेपाहा प्रवृति अपनाएको ! बेलायतीहरुले भारतलाई उपनिवेशमा राख्दा नेपाललाई पनि त्यही किसिमको सोचले व्यवहार नगरेको होईन, लाग्दो–पुग्दोसम्म गरेककै हो । अन्तमा भारतीय जनताको बिद्रोहलाई थेग्न नसकेर सन् १९४७ मा भारतको शासनसत्ता बेलायतद्वारा पालित–पोलित विश्वासिलो नेहरु परिवारको हातमा छोडेर गयो ।
अंग्रेजले भारतको शासनसत्ता नेहरु परिवारको हातमा छोडेर गएता पनि भारतको छिमेकी मित्रराष्ट्रहरुले उसको हेपाहा प्रवृतिबाट कहिले छुटकारा पाएनन् । किनभने अंगे्रजद्वारा पालित–पोषित र प्रशिक्षित जवाहरुलाल नेहरुले अंग्रेज शासकहरुकै हेपाहा प्रवृति सिकिसकेका थिए । उनैको पालादेखि नै आफ्ना छर–छिमेकी मित्र देशहरुलाई जसरी हुन्छ, भारतीय शासक र भारतीय स्वार्थ पुर्ति गर्ने उदेष्यले कामहरु गर्न थाले । जसको परिणाम स्वरुप छिमेकी देशको सीमा मिच्ने, छिमेकी देशभित्र आफ्ना भोका–नाङ्गा जनताहरुलाई घुस–पेठ गराउने । आफ्नो खुफिया एजेन्सी “रअ”का एजेन्टहरु पठाएर खुलेआम राजनीति हस्तक्षेप गर्न लगाउने, छद्म रुपमा आफ्ना सेनाहरु पठाएर विद्र्रोह गर्न लगाउने, छिमेकी देशको सीमा स्तम्भ उखाड्न लगाउने, बेला–बेलामा सीमानामा सैनिक हस्तक्षेप गर्ने, भाको–नभाको आतंङ्कवादी आरोप लगाउने अनेक बहानामा छिमेकीसंग निहुँ खोज्ने, बेला–बेलामा खोचे थाप्दै निहुँ खोज्दै नाकाबन्दि गर्ने, मुखले ठिक्क पार्ने, व्यवहार कटारे गर्ने, छिमेकी देशबाट बगेर आएको नदी–नालाहरु लुट्ने, जसरी हुन्छ, आफ्नो स्वार्थबेगर अरुको हित नचिताउने जस्ता थुप्रै हेपाहा प्रवृति बोकेको भारतीय मोदी सरकारले फेरी नेपालको छातिमा तिखो नङ्ग्रा गाडेको छ ।
उसले थाहा पाएको छ, नेपाली शासकहरुमा अहिले मेलमिलाप छैन, मुलप्रवाहको राजनीति गरी सत्तामा बससेकाहरु बीचको झगडाले र कोरोनाको कारणले गर्दा देश तहस–नहस छ, यसै मौकामा चौका हान्ने हो भनि लिम्पियाधुराबाट मानसरोवर जाने ८० किलोमिटरको बाटोको शिलान्यास गरेको छ । कोरोनाले त नेपाललाई मात्रै होइन, विश्वलाई थहरै पा¥यो–पा¥यो ! गतिछाडा र मतिछाडा नेताहरुको राजनीतिक झगडाले गर्दा कोरोनाको कहरसंगै भारतले स्वतन्त्र तथा सार्वभौम राष्ट्रको छातिमाथि फेरी नङ्ग्रा गाड्यो । नेपालीलाई फेरी एकपटक कोरोनाको बन्दा–बन्दिको उलङ्घन गर्दै भारतीय विस्तारवाद मुर्दावादको नारा लगाउदै सडकमा निस्कनु प¥यो ! यसबेला सरकारको बन्दा–बन्दि नीति–नियम पालन गर्दै सरकारलाई सहयोग गर्ने अवस्थामा सडकमा आउनु प¥यो ! हाम्रा व्यक्तिगत् स्वार्थ र सत्तालिप्सामा चुर्लुम्मै डुवेका मुर्ख नेताहरुको कुर्चीको झगडाको कारणले गर्दा छिमेकी देश भारतले हेप्यो, हाम्रो नेपालको अस्मितामाथि धावा बोल्यो ! कोरोना भाइरसभन्दा ठूलो राष्ट्र र राष्ट्रियता हो, राष्ट्र नै रहेन भने हामी कहाँ रहन पाउछौं त ! बाद्यता भयो ! विवशता भयो ! देश बचाउनको लागि सडकमा जानु प¥यो ! राष्ट्र र राष्ट्रियताको निम्ति भारतको विरोध गर्दै सडकमा उत्रिदा सरकारको पुलिसहरुले गिरफतार ग¥यो, जेलमा कोच्यो तर नेपालीको राष्ट्रभक्ति कहिले मर्ने छैन । मात्रृभूमिको निम्ति ज्यान अर्पण गर्न परे गरौला !
नोभेम्बर २०१९ मा सर्वे अफ इन्डियाले नेपाली भूभागसमेत भारततर्पm पर्नेगरी दुईवटा राजनीति नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो । नेपाललाई कुनै जानकारी नदिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई व्यापारिक मार्गको रुपमा विकास गर्ने भनि समजदारीपत्रमा हस्ताक्षर गरेका थिए । यसको दोष अब भारतलाई मात्र दिने कि, चीनलाई पनि ! आखिर दुई ठूला देशका राष्ट्रप्रमुखहरुले नै अरुको देशको भूभाग मिचेर व्यापारी मार्ग बनाउने सम्झौता गरेका रहेछन् नि ! यो दोष त भारतलाई मात्र त छैन । चीनलाई पनि छ । सोच–विचार त दुवै देशको राष्ट्रप्रमुखहरुको एउटै रहेछ नि ! चीन नेपालप्रति असल छिमेकीको रुपमा देखिएता पनि व्यवहार र नीति त भारतकै जस्तो रहेछ नि ! किनकी २०१६ सालमा नेपालमा नेकाका वि.पी. प्रधानमन्त्री हुनेबेला चीनमा प्रधानमन्त्री चाउएनलाई थिए । त्यसैबेला नै वि.पी.ले चीनमा गएर चाउएनलाईसंग मैत्रीपूर्ण वार्ता गरी सगरमाथा नेपालको हो भनेर छिनो–फानो गरेर आइसकेको कुरालाई अहिले आएर चीनले सगरमाथा चीनमा पर्छ भनि दावी गर्नुको कारण के हो ! सोच्ने हो भने त उत्तरबाट भएपनि, दक्षिणबाट भएपनि दुवै देशको सोच नेपाल खाने सुर त रहेछ नि ! सगरमाथाको विषयमा चीनले पनि सोच्नु पर्छ ।
भारतले आपैm कालापानी र सुस्ता विवादमा छ भनेर थाहा पाउदा–पाउदै अर्काको देशको भूमि अतिक्रमणसंगै सडकको शिलान्यास गर्नु कहाँसम्मको न्यायोचित काम हो ! कोरोना भाइरसको मारमा परेको बेला अर्काको देशको भूमिमाथि सडकको सिलान्यास गर्नु भनेको फेरी पनि भारतीय हेपाहा प्रवृति दोहोराएको सिवाए अरु केही होईन । अर्कोतिर भारतमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण तिब्र गतिमा अगाडि बढेको छ । यो लेख तयार पार्दासम्म संक्रमित संख्या ६२,९३९ पुगेको छ भने ज्यान गुमाउनेहरुको संख्या २,१०९ पुगेको छ । त्यतिमात्र कहाँ हो र ! भारतीय सञ्चार माध्यमका अनुसार एलजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट विषाक्त ग्याँस चुहावट भई ८ जनाको मृत्यू भइसकेको छ भने ५ हजारभन्दामाथि विरामी छन् । उनीहरुको यो लेख तयार पार्दासम्म अहिले अस्पतालमा उपचार भईराखेको छ । कुनै सिकिस्त विरामी छन् । सन् १९६१ मा स्थापित यो पलान्ट सुरुमा हिन्दुस्तान पोलिमर्सको स्वामित्वमा थियो । सन् १९९७ मा यो पलान्ट दक्षिण कोरियाली कम्पनी “एलजी” ले लिएको थियो । बिहीबार बिहान करिब तीन बजेतिर एलजी पोलिमर कम्पनीबाट अचानक विषाक्त ग्यास पैmलिएको थियो ।
भारतीय करोडौ दुःखी–गरिब जनताहरु एकातिर खान, लाउन, बस्न नपाएर बाटा–घाटा, झुप्रा–छाप्रा, रुखको मुनि, ओडारमा बास बस्न बाद्य छन् भने माथिल्लो ओहदाका शासकहरु अर्काको देशको सीमाना अतिक्रमण गर्दै, बाटाको उद्घाटन गर्न हिड्छन् । जनताहरु कोरोनाको कहरमा दिन काटिराखेका छन् । मर्ने र बाँच्नेको कसैको थर–ठेगान छैन ! भएन भनेर, बिषालु ग्यास चुहेर त्यही ग्याससंगै जिवनमरणको दोसाँधमा कालसंग पौथेजोरी खेल्दै अस्पतालमा ढुकुर–ढुकुर गरिराखेका छन् । सत्तासिन ठूला–भनाउदाहरु कोरोनाको नाममा राहत बाड्ने, उद्दार गर्ने भन्दै हवाइजहाज, हेलिकप्टरबाट एक राज्यबाट अर्को राज्यमा फन्को मारिराखेका छन् । के–को भेटोस तिनीहरुलाई कोरोना भाइरसले ! दुःखी–गरिबहरुको रगत चुस्न, पसिना खान उनीहरु त बाँच्नै प¥यो नि ! कति मजा छ, पूँजिपतिहरुलाई ! कति मोज–मस्ति छ उनीहरुलाई ! दिन त तिनै जनतामाराहरुको रहेछ ! जुनै सरकार आए पनि दुःखी–गरिबहरुको दुःख कहाँ जादो रहेछ र ! अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प जे भन्छन् भारतीय प्रधानमन्त्री त्यही गर्छन । गर्न पनि त गर्ने भए, किन नगरुन् ! उनैको आसे–पासे र गासे भएपछि ! उनैको आड–भरोसामा हो दक्षिण एसियाको साँढे बन्ने ! चीनसंग टक्कर लिने !
अमेरिकामा अहिले मान्छे नमरेको दिनै छैन ! कोरानाले विश्वमा सबैभन्दा संक्रमित त्यही गरेको छ । यो आलेख तयार पार्दासम्म संक्रमित संख्या १,४८४,२८५ र मृत्यू संख्या ८८,५०७ सक्रिय केस १,०६८,०२७ पुगिसकेको छ । ट्रम्पलाई आफ्ना जनता मरेको केही चिन्ता–पीर छैन ! छ भने उनलाई त्यही पीर छ, त्यही चिन्ता छ ! कुनबेला चीनले अमेरिकालाई उछिन्छ, कुनबेला चीन विश्व शक्ति बन्छ ! भनेर दिन–रात चीनसंग राजनीतिक प्रतिसोध साधिराखेका छन् । अनेक निहुँहरु खोजिराखेका छन् चीनको कम्युनिष्ट सरकारसंग ! कहिले के–को आरोप लगाउछन्, कहिले के–को आरोप ! निराधार आरोप ! चीनले सुने पनि नसुने जस्तै गरेको छ । आफ्नो काममा सरासर अगाडि बढेको छ । अहिले विश्व नै कोरोनामय भएको बेला, दुनियाँले ज्यान गुमाएको बेला ऊसंग मानवीय संवेदना छ, मानवीय नाता छ, दुःखमा सबैलाई साथ दिनु पर्छ भन्ने बुझेको छ । त्यसैले त विश्व दुनियाँलाई कोरोनाको विरुद्ध मानवीय सहयोग गरेको छ । विश्व जनमतबाट सहानुभूति पाएको छ । तर त्यसको विपरित अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना जनताहरु कोरोनाको कहर काटिरहेको बेला विश्वका छाडा साँढे बनेका छन् । जति उनी छाडा साँढे बन्दै बहुलाउदै हिड्छन् , उति कोरोनाले हायल–कायल पारेको छ । भारतीय जनतामा कोरोनाको तिब्र संक्रमण पैmलिराखेको बेला मोदी पनि त्यसै गर्छन् । अर्काको देशको सीमाना अतिक्रमण गर्छन । त्यही बाटोको उद्घाटन गर्छन् । यो संसार ठूलाको मात्र रहेछ क्यारे भन्ने पार्छन !!
कमेन्ट गर्नुहोस !