शनिबार, कार्तिक ८, २०८३ | Saturday 24th October 2026

स्वर्गद्धारी प्युठान महोत्सव कि ‘मनोत्सव’ ! साथै जनअपेक्षा के ?


– अग्निधर चन्द वोहोरा
कुनैपनि ठाउँ , जिल्ला वा स्थानलाई परिचय वा केही न केही कुरावाट पहिचान गराई प्रचार प्रसार गरेर चिनाउने विभिन्न उपाय र प्रचलित माध्यम मध्य महोत्सव पनि एक हो । यो शब्द महा ं उत्सव . महोत्सव नामक तत्सम शब्द को निर्माण हुन्छ । यसको अर्थचाही सर्वत्र ठूलो हर्ष वा पर्व वा विशेष किसिमको हर्ष वढाई भन्ने वुझिन्छ । अहिले निक्खुर भाषमा भन्नु पर्दा प्यूठानमा तेस्रो स्वर्गद्धारी प्युठान महोत्सव गर्ने भनेर धुम धाम संग तयारीमा जुटेको देखिन्छ । हुनत प्युठानको सवालमा महोत्सवले उमेरको हिसावमा तेस्रो पटकिवालको रुपमा पाको हुन खोजेको हो । विशेष गरी यस्ता महोत्सव हरुले गर्दा जिल्ला वा तत् ठाउँका ओझेलिएका कुराहरु वाहिर ल्याउने , कृषि, पर्यटन , उद्योग, चेतना , भौतिक र वैज्ञानिक रुपमा छलाङ्ग मार्ने जसता उद्देश्यले गरिएका हुन्छन । गर्ने पनि त त्यही हो । तर उद्देश्य र लक्ष्य त्यस्तै भएपनि आजसम्म परिणाम सकारात्मक र आशासित देखिएको छैन केवल महोत्सव, मेला र रमाईलो मेला आदिको सतही प्रचारात्मक तङ्गराई वाहेक ……… । यती वेला उद्योगी व्यवसायी हरुको छाता संगठन उद्योग वाणिज्य संघ र सेवक हरुको संगठन होटल व्यावसायी संघ को संयूक्त आयोजनामा तेस्रो स्वर्गद्धारी प्युठान महोत्सवको तयारी को निम्ति घनिभूत रुपमा जुटेका छन् । यसले आंसिक रुपमा अतितका महोत्सव भन्दा केही पृथक र महोत्सवीय क्रमभंगता देखाउन खोजेको झैं अनुभुति हुन्छ । तर प्रस्तुत आयोजक पनि आलोचना र आपति वाट अछुत रहन सकेन । कति संघ संगठनले त जिल्ला प्रसासनमा समेत आफु प्रति सरोकार नभएको भन्दै आप¥ित प्रकट गरे । वास्तवमा जिल्लाका यस्ता उल्लेख्य कामहरुले परिणाम पनि उल्लेख्य नै दिनुपर्छ । आजसम्म गरिएका व्यापार मेलाले आंशिक रुप वाहेक वास्तविक किसान, उद्यमी , व्यवसायि हरुलाई खासै परिणामुखी कार्य देखाउँन नसकेर हो वा किन हो महोत्सव प्रति जनताको खासै आर्कषण देखिदैन । जिल्लामा गरिने मेला महोत्सवहरु त्यस ठाउँको पहिचान गराउँदै देश र सके विदेशमा पनि प्रभाव र पकड जमाउँन सके मात्र अर्थपूर्ण हुन सक्छ । महोत्सवको मुल आश्य नै यही हो ।
प्युठानको सन्दर्भमा वाहय प्रचारात्मक हिसावमा हेर्दा साँच्चै नै प्युठान महोत्सवमय वनेको छ । केही कोणवाट हेर्दा यो महोत्सव साच्चै सार्थक र सफल हुने जस्तो पनि आँकलन गर्न सकिन्छ यद्धपी सो कुरा त परिणाम नै पर्खनु पर्ला तर पनि भरपुर तयारी र मिहिनेत र खटन पटन लाई हेर्दा कम आँक्न भने मिल्दैन । कुनैपनि संघ ÷ संस्थामा विकाश र परिवर्तन भई रहन्छन साथ साथै व्यक्ति र नेतृत्व पनि परिवर्तन हुन्छन् । उनिहरुले आफ्नो कार्यकालमा केहिछाप वा इतिहास लेख्न खोज्छन । ति मध्य कति सफल हुन्छन वा कति असफलस तर चाहँना चाही सकेसम्म कामको सफलता वा फाइदा जनक गराउनेनै हो , नभए जे जस्तो भएपनि कृति राख्ने मक्सद हेतु गरिने नै हो । वर्तमान समयमा हुदैगरेको तेस्रो प्युठान महोत्सव पनि परमपरागत र नियमित र विगतको निरन्तरता नै हो भन्दा उत्युक्ति नहोला । तर वर्तमान उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघले केहि आर्कषक नारा दिइएका छन् र ति झट्ट हेर्दा सान्दर्भिक र समय अनुकुल पनि छन् । जस्तैः– महोत्सव वाट प्राप्त आम्दानी वाट सहिद स्मृर्ति पार्क , पर्यटन सुचना केन्द्र , रैथाने उत्पादनलाई प्रोत्साह्न, राष्ट्रिय व्यापार घाटामा टेवा , पर्यटन , आधुनिक कृषि प्रणाली र कला साहित्यको जगेर्ना जस्ता कामहरु जस्ता गर्ने लक्ष्य लिइएको छ । यी उद्देश्य र नाराहरु अपेक्षानुरुप भएमा गर्न नसकिने पनि होइन तर एउटा नेपााली उखान छ – “ खाई त पताई , नखाई के पताई ” भने झैं जे कुरापनि परिणाम पछि मात्र जनमानसमा विश्वास र भरोसा को अनुभूति हुन्छ । तर आजकल देश र विभिन्न ठाउँ र प्युठान मा पनि मेला महोत्वसव लाई एउटा देखासिकी र फेसन को रुपमा हुन थाले झै छ । जहाँ जसले पनि मेला महोत्सवको नाम दिएर सिमित व्यक्ति विशेषहरुले “ मनोत्सव ” मनाउँने, भारी मात्रामा महोत्सविय आइटमवाट कमिसन कुमल्याउँने जस्ता खेलहरुले आम सचेत नागरीक हरुको महोत्सव प्रति त्यति जाँगर नघटेको पनि होईन । उता महोत्सवको नाममा अश्लिल , छाडा र पश्चिमा हलिउँड र वलिउँड टाईपका संस्कृति को आयात र परम्परा वसाल्न खोजे जस्तो , केही दर्जा पाए भन्दैमा मपाईत्व , आडम्वर र अहमताले फुले जस्ता सिनारीयाहरु विगत र वर्तमान मा पनी देखिन्छन्। त्यस्ता गतिविधिले आफुले गर्न लागेका कामहरु वर्तमानमा यनकेन रुपमा गरीएपनि भविष्यमा कहीँन कहीँ समीक्षा र मूल्याङ्कन हुने नै गर्ला । त्यसैले अहिलेको वर्तमान महोत्सवको तालुकी लिएका ठेक्का जिम्मावाल आयोजक समिति सजग र विनम्र हुने नै छ । यद्धपी जे जस्ता साना ठुला कामहरु गर्दा विभिन्न समस्या कठिनाई र चुनैतीहरु अवस्य आउँछन तर ति चुनौतीहरुले संगसगैं अवसर पनि ल्याउँछन् । ति सम्भावित अवसरहरु मध्य यो यज्ञ स्थलमा प्रस्तुत आयोजकले प्रदेश र केन्द्र का उच्च पदस्थ वरिष्ठजन संग पेश गर्ने कुरा र यदी उनीहरुले हावामा नउँडाई सुनिदिएमा प्राप्त हुने उपलब्धि नै प्रमुख हुन् ।
यतिवेला प्युठान मा चल्दै गरेको स्वर्गद्धारी प्युठान तेस्रो महोत्वसवको प्रमुख लक्ष्य भनेको आर्थिक समृद्धि नै हो जिल्ला को चौतर्फी विकासको प्रचुर सम्भावना रहेका कृषि , पर्यटन उर्जा उद्योग र सक्षम स्वरोजगारीताका अवसर हरुलाई कनिखुती र उत्खन्न गरी तिनको व्यापक प्रयोग गर्दै विकसित र नमुना प्युठान वनाउँन यो व्यापार मेलाले सक्दो टेवा पुर्याउने छ । माथी उल्लेखित प्रथम अनुच्छेदमा भने झै नभएमा केही हदसम्म यो महोत्सव को रौनकताले सफलता तर्फ इङ्गित गर्दछ । जसरी मुलुक केन्द्रिकृत राज्य सत्ता वाट विकेन्द्रिकरणको उत्कृष्ठ रुप वा संंिंघयताको अभ्यासमा छ , त्यस्तै यी व्यापार मेलाहरु पनि राजधानी , ठुला ठुला सहर वजार , सदरमुकाम मात्र सिमित नभई र ग्रामिण भेग वाट सहर पसेर वा राजधानी पसेर केही ठुला पोष्ट र प्रतिष्ठा पाई गाउँ विर्सी उस्तै नक्कलीकरणको रबैया अपनाइयो भने करिव ७० प्रतिशत ग्रामिण वस्ति र संस्कृत्तिले भरिपूर्ण जनता र गाउँको मानमर्दन हुन्छ । त्यस्कारण यस्ता मेला महोत्सवहरु ग्रामिण भेगमा पनि आयोजना गर्ने प्राक्टिस र अभ्यास गरिनु पर्दछ । जसलाई “स्थानीय मेलामहोत्सव ” पनि भन्न सकिन्छ , यसले वास्तविक गाउँ वस्ति का जनताहरु जुन सदरमुकाम ÷सहरवजार वा राजधानी मा चर्को भाडा तिरेर जान सक्दैनन, सुकाचारआना खर्च गरेर व्यापार गर्ने , खरिद गर्ने र ति महोत्सवको नाममा गरिने रमाइलो मेला को क्षणिक मनोरञ्जन समेत लिन असमर्थ हुन्छन् । त्यसतालाई पनि उल्लेख्य फाइदा पुग्न गई तत ठाउँका कृषि , पर्यटन र व्यापारमा थप उर्जा थपिने र समस्त जिल्लामा ठुला महोत्सव सफल पार्नमा कोशेढुङ्गा सावित हुने छन् ।
समग्रमा अहिलेको तेसा्रे स्वर्गद्धारी प्युठान महोत्सवको अध्यन गर्दा यसलाई सफल पार्न विभिन्न व्यक्ति समुदाय , क्षेत्र संघ संस्था , सरकारी निकाय , वित्तिय संस्था , पर्यटनवोर्ड, स्थानीयनिकाय र विशेष गरी मिडिया क्षेत्र आदिको सहयोग सदभाव र जुझारु ऐक्यवद्धता जो देखिएको छ । सो वास्तवमै सर्हानिय छ । महोत्सव सोही अनुरुप अतितमा भन्दा विकसित , पृथक, सवल , उल्लेख्य , नमुना र साच्चिकै वास्तविक कृषि , पर्यटन , उर्जा , उद्यम , व्यापार र दक्ष जनशक्तिको विकाश र वस्तुगत ढङ्गवाट गुणात्मक छलाङ्ग हान्दै पूर्ण सफल हुने छ जसले छिमेकी जिल्ला र सकेसम्म देशकै लागी अनुकरणीय वन्दै समृद्ध र विकसित प्युठान को परिकल्पना गर्ने छ फेरी पनि यो नमुना महोत्सव पूर्ण रुपमा सार्थक रहोस भन्दै हार्दिक शुभकामना ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top