
लिला पुन
आज २०७४ साल माघ १६ गते, अर्थात नेपाली जनहरुको लागि जीवनको बलिदान दिने शहीदहरुको सम्झनामा सके आँसुको थोपा नसके एक मिनेत भए पनि उहाँहरुको स्मरणमा मौनधारण गर्ने दिन १ उहाँहरुले लगाएको असल बाटोमा हिडिरहने छु भनी बचनबद्दता गर्ने दिन १ कतिले आँसुको धारा खसाउलान् कसैले नखसाउलान् १ कसैले मौनधारण गर्लान् , कसैले नगर्लान १ त्यो आफू खुसी आफैले जान्ने कुरो हो १ उहाँहरुको रगत र पसिनासंग साटेको लोकतन्त्रभित्र अहिले हामीले जति स्वतन्त्रता पाएका छौं , यो भन्दा स्वतन्त्रता वितेका पञ्चायति तानाशाही व्यवस्थामा पाएका थिएनौं १ स्वतन्त्रता पायौं भन्दैमा छाडा स्वतन्त्रता हैन आफूलाई र गाउँसमाजको लागि चाहिने स्वतन्त्रता प्रयोग गर्ने हो नचाहिने अनावश्यक स्वतन्त्रता त्यागी दिने हो १
वि।स।१९९३ ज्येष्ठ २२ गते राणाशाही एकतन्त्रवादलाई समाप्त गर्ने उद्देय्यले गोप्य रुपमा टंकप्रसाद, दशरथचन्द्र, धर्मभक्त, रामहरी, जीवनराज लगाएतका युवाहरुले काठमाण्डौंको झोछे ओमबहालस्थित धर्मभक्तको निवासमा नेपाल(प्रजापरिषद् नामको एउटा राजनीति संगठन खोले १ त्यही संगठनको नामबाट त्यसै बर्षको आषाढदेखि राणाविरोधि प्रचार(प्रसार हुनथाल्यो १ सरकार पनि परिषद्का सदस्यहरुको खोजतलास तथा गिरफतारीमा सक्रिय भयो । त्यसैसाल परिषद्का सदस्यहरुलाई गिरफतारी गराउने व्यक्तिलाई रु५०००र( इनाम दिने घोषणा गरियो । परिणाम स्वरुप परिषद्का सबै कार्यकर्ता सहित केही महा(वीर स्कुल र नागरिक समाजका व्यक्तिहरु समातिए । ई।स।१९४१, जनवरी १९का दिन विशेष अदालतले थुनुवाहरुलाई सजाए सुनायो १ त्यसमध्धे शुक्रराज शास्त्री, धर्भक्त, दशरथ चन्द, गंगालाललाई ज्यान सहित अंश सर्वस्वको सजाए भयो भने चूडाप्रसाद, रामहरी, टंकप्रसाद, गणेशमान सिंह, हरिकृष्ण, गोविन्दप्रसाद, पुष्करनाथ र बलबहादुर पाँडेलाई अंश सर्वस्वसहित जन्मकैदको सजाए सुनाइयो १
सजाए पाएका मध्धे शुक्रराज शाश्त्रीलाई ई।स।
१९४१ जनवरी २३को दिन मटलीमा र धर्मभक्तलाई त्यसको २ दिनपछि सिफलमा झुण्डाएर मारियो १ गंगालाल र दशरथलाई एकसाथ गोली हानेर मारियो १ राणाविरोधि पहिलो सहिद लखन थापा मगरलाई आफनै घरआँगनको ढिकमा खिरुवाको रुखमा जंगबहादुरको आदेशमा झुण्डाएर मारेपछि सरकारविरोधिलाई झुण्डाएर मार्ने चलेको संस्कारलाई निरन्तरता दिदै २००७साल, २०१७साल, २०३६साल, २०४२साल, २०४६ सालबाट सुरु भएको क्रमलाई थाति राख्दै २०५२ साल फाल्गुन १४ गतेबाट गोर्खाको ब्रम्हचारिणी नि।मा।वि। नजिकबाट दिलबहादुर रम्तेलको हत्याकाण्डबाट सुरिएको सरकारले रुकुम तत्कालिन पिपल गाविस मेलगैरीको घरमा ६ जना खत्री बन्धुहरु फाल्गुन १५,२०५२ बाट जनयुद्द दबाउने नाममा तत्कालिन पिपल गाविस जिपुका मनबहादुर के।सी। कलबहादुर खत्री, पशुपति खत्री, लालबहादुर गौतम, दलबहादुर खत्री, खदगबहादुर के।सी। , मानबहादुर वलीलाई कांग्रेसी सरकारको आदेशमा पछाडी हात बाँधेर लाइन लगाएर गोलि ठोकेर मारेपछि मार्न निरन्तरता दिएको सरकारले विद्रोह जारी भइराखेको अन्तिम मिति २०५३र७र१ सम्म मगर ४४, क्षेत्री१५, दलित, नेवार, तामाङ, गिरी, बाहुन गरि ७२ जना पुराइसकेको थियो ।
२०५३ साल बैशाख २४ गते दिउँसो १स्४५ देखि २स्३ण् सम्म जम्मा ४५ मिनेट भएको पहिलो भिडन्तमा १ जना हवल्दार र पुलिससहित २ जनाको मृत्यु भएको निहुँमा चर्किएको ूकिलो सेरा टुू नामक राज्य आतंङ्कले फैलाएको मारमा परि कैयौं निरपराध मान्छेहरु सहिद भए १ अर्कोतिर विद्रोही पक्ष पनि के कमि थियो र उसले पनि गाउँका कांग्रेस, एमाले, राप्रपा आफना विपरित विचार राख्नेहरुलाई बर्ग शत्रु र स्यादीको पगरी गुठाई दिदै अपहरण गर्ने मार्ने गर्न थाले १ एउटै देशमा सरकार पक्ष र विद्रोही पक्षको सरकार गठन भएपछि सहिद पनि आ(आफना भाग लगाउँदै सहिद घोषणाको तछाडमछाड हुन थाल्यो र माओवादीले माघ महिना भरि सहिद शप्ताह मनाउन थाल्यो भने सरकारी पक्षले माघ १६ गतेलाई राणाविरोधि आन्दोलनका ४ शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द, गंगालालको नाममा सहिद दिवस मनाउन थाले १
सरकार पक्ष र विद्रोही पक्षको शक्ति सन्तुलन बराबर भएपछि देशमा झन् ठुलो आतंङ्क फैलियो १ दिनहुँजसो मान्छे नमरे दिन हुने भएन १ चौकी आक्रमणदेखि ब्यारेक आक्रमण, सदरमुकाम आक्रमण गर्दै आ(आफना पकड एरियामा सरकारी सेना र माओवादी सेना छपछप्ति भेटिन थाले । सर्वसाधारण देखि सेना पुलिस र माओवादी सेनाको लासले खोलाखालि, वनजंगल सबैमा शव नभेटिने दिन कुनै रहेन १ एकतिर माओवादीको श्रमकैद र जेल सजाए १ अर्कोतिर सरकारी सेना पुलिसको जेल सजाए र यातना शिविर १ कि मार्ने कि मर्ने भनेर हतियार बोकेकालाई त केही थिएन १ विरताका साथ
लडे मरे भन्न सकिन्थ्यो १
दुस्खको कुरा सर्वसाधारण जनतालाई सरकारी सेनाले माओवादी पालिस, माओवादीको सुराकी गरिस भन्छ भने माओवादीले सरकारी सेनालाई खानबस्न दिइस, सरकारको पक्षतर्फ लागेर सरकारको सुराकि गरिस भन्दै दुवै पक्षले मार्ने र चरम यातना दिने गर्ने १ आखिर जनता कहाँ जाने १
यसै सिलसिलामा कवि तथा पत्रकार कृष्णसेन९ईच्छुक०लाई २०५९ साल जेष्ठ ६ गते सेनाले गिरफतार गर्यो र हिरासतभित्रै सेनाले कुटि(कुटि बेहोस पारेर चोभारको डाँडामा लगि गोलि हानेर हत्या गर्यो १ सर्वसाधारण जनता जो सेनाले शंकाको भरमा छोपे ल्याएको थियो र माओवादी आस्थाका बन्दिहरुलाई त झन् काठमान्डौंस्थित भैरबनाथ गणका सैनिक अफिसरहरुले त गर्नु ज्यादती गरेका रहेछन् १ त्यहाँ राखेका ३०० जना बन्दिहरुलाई त २०६० सालदेखि चैतसम्ममा मारेर सिद्दाइसकेको रहेछ १ सेना प्रमुख प्यारजङ थापाको निर्देशनमा साँझ ४(५ बजेतिर ६,७ जनाको दरमा पटक(पटक गरि ८(१० खेप ओसारेर राति मारिदो रहेछ १ कुनै(कुनैलाई त माओवादी सम्बन्धि केही कुरा फुटकन्छ कि भने चरम यातना दिएर त्यही बन्दिसिविरमा मारेर शिबपुरीको जंगलमा लिएर मट्टितेलले जलाई फाल्दो रहेछ १ एकै दिनमा ४९ जना मान्छे पनि मारेको रहेछ १ कतिपयलाई त थापाले आफनो मालिक ज्ञानेन्द्र र पारसलाई सोधेर मार्न लगाएको रहेछ १ अपराधका नाइके प्यारजङ थापाको निर्देशनमा कर्णेल राजु बस्नेत, मेजर विवेक विष्ट, क्याप्टेन ईन्डिवर शमशेर राणाको नै मान्छे मार्ने बलात्कार गर्ने , यातना दिने सबै प्रमुख हात यिनैको रहेछ १ रसुवाको एउटा जंगलमा १५० जनाको मारेर फालेको लास भेटिएको छ । यो सबै कुकृत्य अपराधका नाइके कर्णेल राजु बस्नेटको खेल रहेछ ।राजु बस्नेतले आफनो घर कमलपोखरी कुमारी हल अगाडिको घरमा थुप्रै महिला बन्दिहरु राखेको रहेछ र आफूखुसी मारने र बलात्कार गर्दोरहेछ १ अहिले आएर पत्रपत्रिकामा उसको नाम छपछप्टि आईराखेको हुँदा ऊ आफनो अपराध लुकाउन राजसंस्थाको छहारी मुनि बस्ने बाटो खोजिराखेको छ ।
आज माघ १६ गते सहिद दिवस १ हाम्रा नेता अपराधि, धोकाधदी, बेइमान, ढाँटहरु तिनै हाम्रा बर्ग दुष्मनसंग घाँटी जोडेर ए मिनेट शहीदको नाममा मौनधारण गर्लान् तर त्यो महाराजगन्ज भित्रको यातना दिदा बगेको शहीदको रगतले के भन्ला १ शिबपुरी जंगलमा पोलेर फालेको खरान परेको लासले के भन्ला १ शहीदको रगतले जनयुद्द हाँक्ने नेताहरुलाई जीवनमा कहिल्यै राम्रो नहोस १ बाँचेको मान्छेको सराप लागोस १ मरेको शहीदको रगतले पोलोस १ पिडित भएका जिउदो सहिद परिवार १ यिनीहरुलाई बदलास्वरुप गोलीले हानेर नमारनु १ आफैहरु आफनो हिनताबोधले तड्पि( तड्पि मर्ने छन् १ यिनलाई सुखको संसार कहि मिल्न छैन १ जे जस्तो भए पनि आजको दिन एकछिन भए पनि शहीदको स्मरण गरौं १ आफनो कर्तव्यपथबाट विचलित नहोऊँ १ जे भयो ( भयो पुराना वैरभावका कुरा छोडौ १ देश विकासको बाटोमा सबै मिलेर अगाडि बढौं १११
कमेन्ट गर्नुहोस !