
– अग्निधर चन्द वोहोरा
सूचना तथा सचांर क्षत्रमा भएको अत्याधुनिक सूचना प्रविधिको विकासक्रम संगै अहिले प्रेसको छापा माध्यम वाट युग अनलाईन खवर तर्फ आकर्षित हुन थालेको छ । वर्तमान समय वैज्ञानिक दृष्टिकोणले सूचना र प्रविधिको युग हो । मानवजगतको उत्पत्ति र विकास मा जसरी वनमान्छे हँुदै रामापिथेकस मानव र मानवको ढुङ्गे युग, शिकारी युग , कृषि युग हुदैं आधुनिक मानव मा विकसित हुदाको बखतको कुरा गर्ने नै हो भने, वर्तमान सूचना प्रविधिको विकास र विशिष्टकरण एउटा आश्चर्यजन्क घटना भन्नु पर्छ । जसरी प्राचिन मानवले सूचना आदन प्रदान गर्नुपर्दा ढुङ्गा मा चिनो लेखेर राख्ने, त्यसवाट विकसित भएर मानिसद्धारा खवर गर्ने , अनि त्यसपछि कागज र लिपि को विकास भएपछि चिट्टि आदन प्रदान गर्ने , त्यवाट पनि विकास भएर विद्युतिय माध्यमवाट आकाशवाणी र टेलिफोन को सूचना तथा खवर गर्ने कार्यहरु सुरु हुन् थाल्यो । हाम्रै नेपालमा पनि पछिल्लो एक दशक पहिले छिट पुट मात्रमा भिस्याट , यूसेट, कर्डलेस र ल्यान्ड लाईन टेलिफोन आदि लगाएत को अस्थाई प्रविधि वाट टेलिफोन को विकास भई साहै्र महङ्गगो रुपमा अस्थाई तरिकाले सूचना आदन प्रदान को विकास भयो तर अहिले टेलिफोन को उच्चतम विकासक्रम ले मोवाईल फोन र विभिन्न सामाजिक सन्जाल हरुको प्रयोग र विकासले युग ह्वात्तै अत्याधुनिकता तर्फ वढेको छ । तर यो विकास हुनु भन्दा अघि र सगं सगैं सर्वश्रेष्ठ पाको माध्यम भनेको हुलाक द्धारा पत्राचार गर्नु नै थियो। त्यही हुलाक वाट स्वदेश र विदेश मा महिनौँ लगाएर वाहकले सूचना तथा खवर प्राप्त गर्थे । तर अहिलेको सूचनामा आएको फडकोले यि कुराहरु नयाँ पुस्तालाई दन्त्य कथा जस्तो लाग्न सक्छ । वढदो मोवाइलको आर्कषण र विभिन्न सामाजिक सञ्जाल का माध्यमवाट राम्रैसगं घनिभूत रुपमा संलग्न रहेको कुरालाई नकार्न मिल्दैन । यिनै प्रविधी मध्य इन्टरनेटको माध्यमवाट मोवाइलमा हेर्न र पढन सकिने मिडियाको एउटा पाटो अनलाईन खवर पनि एक हो ।
वास्तवमा अनलाईन खवर विशेष गरी युवा सञ्जालको ढुकढुकी वनेको छ भने उता तर्फ कम्प्युटर तथा मोवाइल र नेटमा दखल राख्ने व्यक्ति , संस्था र कार्यालयहरुमा पनि अनलाईन खवरमा नै ध्यान गएको देखिन्छ । यद्यपि सवै क्षेत्रमा कम्प्युटर र मोवाइल वाटै मात्र खवर आदन प्रदान हुन्छ भन्न यहाँ खोजिएको होइन । देशमा छापा माध्यमको पनि त्यतिकै महत्व रहेको छ । जहाँ साधन र स्रोतको पहुच छ, प्राविधिक सिप छ तिनै व्यक्ति र समुदायले मात्र अनलाईन खवर लाई जोड दिएको देखिन्छ यो प्रणाली छापा माध्यमवाट एक कदम अघि र विद्युतिय श्रव्य दृश्य माध्यमवाट एक कदम पछिको गतिसिल रुप हो भन्दा अतिश्योक्ति नहोला यो प्रत्यक मिनेट ÷ घण्टा विश्वमा कहाँ के भईरहेको छ र त्यसलाई अपडेटिङ गर्ने गतिशिल मिडिया हो यहि भएरनै होला यसको दिनानुदिन महत्व र आर्कषण वढदै गइरहेको छ । यसको माध्यमवाट मानिसलाई दु्रत रुपमा , सहज, सुलभ र आरामसगं सूचना खवर प्राप्त गर्न सक्छ । छापामाध्यम का पत्र पत्रिकाहरुमा जाँगर नगर्ने र व्यस्त व्यक्ति हरुको लागी जहाँ , जतिवेला चाह्यो त्यतिवैलै मोवाइल र कम्प्युटर खोलेर खवर हेर्न र सुन्न पाईन्छ ।
इन्टरनेट प्रविधिको वढ्दो आर्कषण र दर्जनौ सामाजिक सञ्जाल प्रतिको मोहलाई मध्यनजर गर्दै नेपालको प्युठान जिल्लामा करिव एकदशक देखि सञ्चालित लोकप्रिय पत्रिका हाम्रो एकता राष्ट्रिय साप्ताहिक ले पनि “ हाम्रो एकता अनलाईन खवर ” वाट अनलाईन सेवा उपलब्ध गराउने जमर्को गरेको छ । यो सञ्चालन गर्दा निश्चित रुपमा हाम्रो टिमले कम मेहनत, संघर्ष र माथापच्चिसि लगाउन परेको होइन । हिन्दी मा कहाँवत छकि “जव जागे तव सवेरा ” भनेझैं ढिलै भएपनि प्रस्तुत अनलाईन खवर सञ्चालन गर्न लागेकोमा हाम्रा सहकर्मी मित्रहरु र स्वयममा पनि असिम खुसी बाँडन चाहन्छु र भविष्यमा पनि यो यात्रामा सम्पूर्ण पाठक , विश्लेषक र भुक्तभोगी अग्रज मित्रजन प्रति आवश्यक राय सुझावको लागी हर हमेसा हाम्रोपब्लिकेसन सधा अपेक्षा र कृतज्ञ रहने छ । त्यसै गरी यस कार्यमा आफनो क्षेत्रवाट सक्दो अमूल्य रुपमा योगदान दिने र अनवरत रुपमा खटने मित्रहरु प्रति यस अनलाईन खवर सदा सर्वदा ऋृणि रहने छ । कुनैपनि सानो वा ठुलो जस्तो होस काम गर्दा केही कमि कमजोरी , जोखिम र चुनौतिहरु अवश्य नै हुन्छन । यसको पनि पूर्ण उतकृष्टता र गुणस्तरता मापन गर्ने वेला भई नसकेको र सो काम गर्ने न्याधिस रुपी पाठक वर्ग नै हुनुहुन्छ । सोही आदरणिय अग्रज पाठक वर्गको सुझाव र प्रतिक्रिया अनुुसार भविष्यमा यस पव्लिकेसनले यथासक्य परिस्कृत कदम वढाउनेनै छ । निश्चित रुपमा यो सानो वा समय सापेक्ष यात्रा वढाउने क्रममा विभिन्न चुनौति र कुइनेटा हरु अवश्य आउने छन , तिनिहरुलाई समय सापेक्ष अवसरको रुपमा बदल्दै अगाडी वढने प्रतिवद्धताका साथ हामी र हाम्रो टिम सशक्त रुपमा खटने छ भन्ने अपेक्षा सहित आदरणिय पृय पाठकजन प्रति पुनः माया सदभाव को अपेक्षा राख्दै चलिरहेको कलम वाट यही विश्रान्ति लिन चाहान्छु ।।
कमेन्ट गर्नुहोस !