
मदन बहादुर के.सी.
२०७१ सालमा नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीतिबाट नेपाल अधिराज्यभर जति पनि वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धि गर्न पर्ने कडा कुरो आयो । वाणिज्य बैंक दुई अरबबाट आठ अरब, राष्ट्रियस्तरको विकास बैंक ६४ करोडबाट दुई अर्ब ५० करोड, १० जिल्ले विकास बैंक २० करोडबाट एक अरब २० करोड र एक जिल्लेदेखि तीन जिल्लेसम्मको विकास बैंकको लागि क्रमशः दुई करोड र १० करोडबाट ५० करोड चुक्ता पूँजी आउँदो दुई वर्षमा अनिवार्यरुपमा पु¥याउनपर्ने अन्यथा हदैसम्मको कारबाही भोग्न पर्ने सर्कुलरसमेत जारी भएपछि बैंकिङ क्षेत्रमा जापानी सुनामि स्तरको हलचलको अवस्था आयो । अझ हामी शुरुमा दुई करोड पछि चार करोड चुक्ता पूँजी शेयर रकम पु¥याएकोलाई त ५० करोड त कल्पनाबाहिरको कुरा हुन गयो । बैंकिङ क्षेत्रमा खैलाबैला भो ।
केही शिक्षक, केही साना व्यापारी, केही निवृत्त कर्मचारी, केही कलेजका प्राध्यापक, केही व्यवसायी, केही वर्तमानमै न्यून बेतनका कर्मचारी आदि दुःख सुख गरेर आफ्नो जीविकोपार्जन गर्ने व्यवसायी, आफ्नो जिल्लामा लौ पहिलो विकास बैंक खोल्न लागेरे भनेर हौसिएका केही साथीहरुबाट शेयर रकम जम्मा गर्दै जिल्लाको पहिलो विकास बैंक स्थापना गरिएको थियो । पूर्ण बैंकिङ कारोबार गर्ने गरी, गाउँँ घरमा महँगो ब्याजदरमा साहुबाट आफ्नो गर्जो टार्नदेखि लिएर सानोतिनो खुद्रा पसल, तरकारी खेती, भैंसी पालन, घर खर्च, छोराछोरीको विवाह व्रतबन्ध, शिक्षादीक्षा, सानोतिनो आँठोमा भएको जग्गा व्यक्तिगत आम्दानीको तिर्नसक्ने हैसियतमा मागेको कर्जा प्रदान र सस्तो र सजिलो गरी कर्जा प्रवाह गर्न त्यो पनि बिना झण्झट आप्mनै जिल्लाबासीको मित्रवत् व्यवहारबाट दुःखसुखमा परिआउँदा सहयोगी बनिरहेको बैंकमा अब दशा लागे जस्तो महशुस हुने अवस्था आयो ।
रु. दुई करोडमा एक जिल्ले विकास बैंकको लागि घटिमा एक लाखदेखि बढीमा चार लाख शेयर रकमबाट शुरुआत गरेर जम्मा गरेको शेयर पूँजी, कतिपयको लागि अपठयारो गरेर पूँजी पु¥याएको अवस्थाबाट खडा गरिएको बैंकको भविष्यमाथि त्यो आफ्नो प्रिय स्वामित्वबाट फुत्किएको, पराइको हातमा प्रष्टैरुपमा जान सक्ने अवस्था देखियो । दुई करोडबाट शुरुमा स्थापना गरेर समयकालमा आफ्नो सुविधा अनुसार चार करोड र सोमा बर्सेनि १५ प्रतिशत भन्दा बढी आम्दानी गरेर पूँजी थप्दै साविकको व्यवस्थाअनुसार अब तीन जिल्लामा कार्यक्षेत्र विस्तार गर्न अब दुई÷तीन करोड पुनः शेयर थप गरेर १० करोडको चुक्ता पूँजी पु¥याएपछि बैंकको प्रसिद्धि अरु दुई थप जिल्लामा पनि बढाउने लक्ष लिँदा फायदामन्द हुने भनेर तम्तयारी गर्दै गरेका शेयरहोल्डरहरुको सपनामाथि तुषारापात हुन जाने अवस्थाको सिर्जना भैरहेको दृश्य टड्कारो देखिन्थ्यो ।
तत्कालीन अवस्थामा दुर्गम जिल्लाको हैसियतमा रहेका जिल्लामध्ये एक, त्यो पनि २५ महिनाको इन्तजार, १७ औ पटक मोटरबाटो काठमाडौं आउजाउ गरेर पिच पनि नभएको यातायातको दृष्टिले पनि कमजोर, विद्युतीय सुविधा भए पनि इन्टरनेट जस्तो आधुनिक बैंकिङको लागि चाहिँने दूर सन्चारको कमजोर कनेक्टीभिटि भएको जिल्लामा बैंक स्थापना गर्नु कम चुनौतीपूर्ण थिएन । बैकिङ सचेतनाको कमी, निक्षेप जम्मा गर्ने आदत शुन्यप्रायः भएको जिल्लामा सचेतना फैलाएर घर आँगनमा बैंक सुविधा आइपुग्यो है भन्दै प्रचारप्रसार गरेर स्थानीय जनताको दिल दिमागमा दस्तक दिएर बैंकिङ सुविधाबारे बिल्कूल अनभिज्ञ जनाताकोमा बैैक लगेर, दुःख गरेर घर भित्रको काठको सन्दुक, मधुस, टीनको बाकस, तकियामुनि लुकाएर राखेको घर खर्च आदिको लागि राखेको रकमलाई बैंकसम्म ल्याएर खाता खोलार्ई जम्मा गरेमा सालिन्दा सात÷आठ प्रतिशत महँगीबाट बचाउन मुद्रास्फिति वरपर ब्याजदर प्रदान गरेर पैसाको क्रयशक्ति नघटाउने गरी बचत खाता खोल्न र बचत गर्ने बानीको विकास बाट मानिसमा बचतको महत्व के कसो छ, रहेछ भनेर जानकारी गराउने आप्mनै जिल्लाको जरामाटामा जन्मेर आप्mनै जिल्लामा हुनेहरुबाट फाजिल रकम जम्मा गराउँदै, नहुने तर जाँगर भएकाहरुलार्ई कर्जा सुविधा प्रदान गर्दै आएको बैंकको त्यो अपनत्व, अब हिजो पवित्र भावनाले बैंक खोल्नेहरको हात पन्जाबाट खोसिएर अब ठूला दलाल पूँजिपति जसको एक मात्र अभिष्ट नाफा कमाउनु हुन्छ– को चङ्गुलमा फस्न जाने भविष्य सबैले भनौ शेयर होल्डर र सरोकारवालाहरुले प्रष्टै देखे ।
बचाउन सकिन्छ कि यसरी दुखजिलो गरी खडा गरिएको संस्थामाथिको चुक्ता पूँजीको २५ गुणा पूँजीबाट घटाएर अरु राष्ट्रिय स्तरका वाणिज्य तथा विकास बैंकसरह पाँच गुणा मात्र्रै पूँजी बृद्धि गर्ने व्यवस्था होस् स्थानीयस्तरमा खोलिएको सानो पूँजीका सानै कर्जा प्रवाह गर्न दिइयोस् भनेर अनुरोध समेत गरियो । एक जिल्ले विकास बैंक नेपाल अधिराज्यभर झण्डै डेढ दर्जन रहेकोमा सबैको एउटै मर्म, एउटै चिन्ता सम्बोधन गरी माग्न नियामक निकाय नेराबैंकमा प्रतिनिधि मण्डल बनाएर माग पत्र समेत लिएर गयौं । मौखिकरुपमा बिचरा कठै ! वास्तवमा सबैभन्दा बढी मर्का एकजिल्लेले नै भोग्न प¥यो । हामी यसको विकल्प के दिन सक्छौं भनेर सोच्दैछौँ भन्दै बगरेले आफूले पालेको मोटो खसिलार्ई काट्नुअघि मुसारेर सम्बोधन गरे जस्तै केही आश्वाशन प्राप्त गरेर आइयो । दिनहरु वित्दै गए, रातहरु घर्किदै गए, अहँ कुनै सम्वोधन भएन । घरीघरी काठमाडौं गएर आफूप्रति ध्यानाकर्षण गराउने हुति हिम्मत थिएन । त्यो दुई वर्षभित्र ५० करोड पूँजी पु¥याउनुपर्ने गोर्खे लौरी नेराबैंकले पूँजीवादी शक्ति राष्ट्र देशहरुले स्थापना गरेका विश्व बैंक, एडिवि, अन्तर्राष्ट्रिय मुद्रा कोषको देशी चम्चाहरु ठूलाठूला पूँजीजीवी, दलाल पूँजीपतिहरुको स्वार्थको इशारामा चल्नु र आफूलाई बफादार र उत्कृष्ट चाकर सावित गर्नु एकमात्र अभिष्ट बोकेकाहरुबाट किन पो नरम रुप लिन सक्थे र ?
आखिर जुन बेला यसरी एक जिल्ले, तीन जिल्ले विकास बैंकहरु स्थापना गर्ने नीति बनाइयो । त्यस बेलाको आवश्यकता अरु नै थियो । गाउँँ, दूरदराजमा बैंक खोल्न दिने ध्येय अर्कै थियो । हुलमुलमा जीउ जोगाउँनु, अनिकालमा बीउ जोगाउँनु भने जस्तै सार्क देशमा प्रतिबैंक जनघनत्व नेपालमा सबैभन्दा कम थियो । प्रतिछपन्न हजारको लागि एउटा बैंक थियो । अरु देशमा प्रतिबैंक जनघनत्व सानो थियो । श्रीलंकामा त यो १५००० जनसङ्ख्याको लागि एउटा बैंक थियो ।
देश १० वर्षे उथलपुथलकारी जनयुद्धबाट गुज्रेर ८० प्रतिशत ग्रामीण क्षेत्रमा सरकारको न शान्ति सुरक्षा, न प्रहरी चौकी, न कुनै बैंक, न कुनै एनजिओ आइएनजिओको सेवा, पूरै माओवादीको अधीनमा थियो । दीर्घकालीन ‘गाउँँले शहरलार्ई घेर्ने’ चिनीया माओकालीन युद्ध नीतिअनुसार माओवादीहरु सफल हुँदै गउँका थिए । सेना सदरमुकाममा मात्र सीमित थियो । त्यो पनि अमेरिकी फोर्टिफिर्केशनमा सुरक्षा गरेर बस्नुपरेको थियो । मूलतः सेना आत्मसमर्पण गर्न मात्र बाँकी थियो । देशीय सामन्तवाद र साम्राज्यवादीको डिजाइनमा राजतन्त्र सीमित नगरमा मात्र चलायमान भएको र केन्द्रको सामरिक हैसियत टुटिसकेको, गलिसकेको थियो । विदेशी हस्तक्षेप भएमा क्रान्ति क्षतविक्षत हुन सक्छ, राष्ट्रियता गुम्न सक्छ, प्राप्त उपलब्धि पनि गुम्न सक्ने सम्भावना देखिरहेका माओवादीहरुले उक्त जनयुद्ध विशुद्ध राष्ट्रिय मुद्दा र आफ्नो भूभागभित्र आप्mनै बुताले मात्र थालिएको र विकसित गरिएको क्रान्तिको रुप थियो ।
जनतन्त्र, जनजीविका र राष्ट्रियताको दुश्मन राजतन्त्रको विरुद्धमा छेडिएको जिहाद थियो त्यो । नत्रभने देशीय युद्धहरुमा सामरिकरुपले छिमेकी तथा साम्राज्यवादीहरुको क्रिडामैदान बन्न सक्ने सम्भावनालार्ई नकार्न नसकिने अवस्था सृजित थियो । दुनिया भरमा प्रतिरक्षामा रहेको कम्युनिस्ट क्रान्ती अगाडि बढाउन तेश्रो अन्तर्राष्ट्रिय कम्युनिस्ट केन्द्र वर्षौ पहिले टुटिसकेको थियो । सोभियत रुस आफूलाई कम्युनिस्ट नाम भनाउदै अलग सामाजिक साम्राज्यवादीको रुप ग्रहण गरेर पनि सन् १९९० मा पूँजीवादी साम्राज्यवादमा परिणत भैसकेको थियो । १९७६ मा माओ र चाउ एन लाईको मृत्यु र सोही वर्षमा ठूलो स्केलमा गएको भुकम्पले चीनमा तेङ् सियाओ पिङ जस्तो ‘विरालो कालो होस् कि सेतो मुसा मारे पुग्छ’ भन्ने चरम दक्षिणपन्थीहरु विस्तारै टाउको उठाएर माओकालीन सांस्कृतिक क्रान्तिको पटाक्षेप भैसकेकोले अब चार महान् आधुनिकीकरण भन्दै विशुद्ध व्यापारीक हैसियतमा परिणत भैसकेको थियो चिन ।
विगतमा उत्तर कोरिया र दक्षिण कोरियामा अमेरिकी साम्राज्यवादीलाई लखेटन कमरेड इन आम्र्सको रुपमा भोलेन्टिएर रुपमा युद्ध मैदानमा आप्mना सेनालाई १९५३ मा पठाउँदा ३८ समानान्तर रेखा कोरेर अमेरिकी सेना दक्षिण कोरियामा रहने र उत्तर कोरिया कम्युनिस्ट राष्ट्रको रुपमा रहने र सोलाई तत्कालीन कम्युनिस्ट चीनको दरो समर्थन गर्ने जस्तो चीन अब नरहेबाट प्रारम्भब्ले देशीय सामन्तवादको विपक्षमा खडा भएका नेपाली काङ्ग्रेसलगायत अन्य वाम दलसहितका सात दलसँग विस्तृत शान्ति सम्झौता गरेर देशमा शान्ति सुव्यवस्थाको विस्तारै वापसी, पुनस्र्थापना हुँदै गैरहेको थियो ।
यसरी सार्क राष्ट्रमा तुलनात्मकरुपमा सबैभन्दा धेरै जनसङ्ख्यामा एउटा बैंक भएको विषयलाई अन्य राष्ट्रसरह तुरुन्तै सम्बोधन हुन र गर्न ती अन्तर्राष्ट्रिय आर्थिक उदारीकरण र भुमण्डलीकरणका पक्षपाती पूँजीवादी शक्ति राष्ट्रका आर्थिक दूतहरुको जबरजस्त ताकेता तथा दबाव थियो । किनकि १९९० मा आप्mना माल सामान विकाउनको लागि बाघ र बाख्रालार्ई एउटै कुवाको पानी खाने अवस्था सिर्जना गर्ने आर्थिक उदारीकरण, निजीकरण, भुमण्डलीकरण लागू जो भैसकेको थियो । नेपालको जनयुद्धले शहरी क्षेत्र त्यसको चपेटामा आक्रान्त भैसकेको र मित्र देशहरुले लौ गरी खाउ, आयात प्रतिस्थापन गर, रोजगारी सृजना गर, स्थानीय स्रोत र साधन मात्र नभएर जनशक्तिको पनि स्वदेशमै रोजगारी देउ भनेर दान सरह सहयोगमा दिएका त्यो पनि प्रथमतः कम्युनिस्ट देश चीन र सोभियत युनियनले स्थापना गरिदिएका संस्था, व्यवसाय, सेवा उद्योग, कल कारखाना आदि निजीकरणको नाममा भारतीय मूलका दलाल पूँजीपतिको पोल्टामा गैसकेको पृष्ठभुमिमा देश एक हिसाबले आर्थिकरुपमा ज्यादै कमजोर थियो ।
नेपालको अर्थतन्त्र ग्रामीणमुखी भएको र भूभागको विशाल अंश शहरदेखि विगतमा अलग भएकोले त्यो अंश मूलधारमा मिसाउन हतार भैसकेको थियो । अब देशमा विस्तृत शान्ति सम्झौतापछि जनयुद्धले विगतमा आफ्नो ब्यापक चपेटमा कब्जा गरेको ग्रामीण क्षेत्रमा भएको खाली स्थान केन्द्रीकृत राज्यको उपस्थिति जनाउनु र राज्य भएको अनुभूत गराउनु फेरि आवश्यक भएको पृष्ठभूमिमा प्रथमतः शान्ति सुरक्षा सम्बद्ध प्रहरी चौकीहरु पुनस्र्थापना गर्ने उद्देश्य थियो । गाउँँ विकास समितिहरु सदरमुकामामा सीमित जो थिए, ती पनि गाउँँमा फर्र्केर घर आँगनमै सेवा दिन जरुरी थियो । जनताको पिरले त होइन कि आफ्नो स्वार्थले ती अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको कर बलमा बैंकहरुको उपस्थिति गाउँँमा हुनु अब ढीला भैसकेको थियो ।
विगतमा नेपाल बैंकका २४३ शाखा, रावाबैंकका २१८ शाखा आक्रमणमा परेर वा आक्रमणको डरले अग्रीम खुम्चिएर बन्द भै अब झण्डै विगतको ५०० शाखाबाट १५० संख्याको पनि बैंकहरुको गाउँँमा उपस्थिति पुग्न सकिराको थिएन । जो थिए ती सबै शहरमा मात्र सीमित रहने गरी थिए । ग्रामीण इलाका पूरै खाली थियो । सदरमुकाम मात्र त्यो पनि सरकारी कारोबार गर्ने शाखाहरु सेनाको सुरक्षामा बाँकी थिए अस्तित्वमा । ती सरकारी बैंकहरु आफैँ कुशासनको शिकारले गर्दा आफँै जीवनमरणको अवस्थामा थिए । विदेशी व्यवस्थापनले कोरामिनको इन्जेक्सन दिँदै बचाउने प्रयास भैरहेको थियो । यस्तो अवस्थामा ती बैंकहरको शाखा पुनस्र्थापन गर्ने कल्पनै गर्न सक्ने अवस्था थिएन ।
ती सरकारी बैंकहरुबाहेक २०४१ सालदेखि खोलिन शुरु गरेका निजी बैंकहरु ठूला शहरमा मात्र सीमित स्थानमा मात्र थिए । ती बैंकहरुलार्ई गाउँँ जाउँ भनेर भन्न सक्ने वातावरण पनि थिएन र भनिएको भएपनि विभिन्न कारण देखाएर ती जादैनथे पनि । ती किन जाँदैनन् भन्ने कुरा नेराबैंकलार्ई भलिभाँति थाहा थियो । यस पृष्ठभूमिमा गाउँमा शान्ति सुरक्षाको लागि प्रहरी चौकी, गाविसको पुनस्र्थापना गर्नु सरकारको चासो भए जस्तै विदेशी एजेण्टको चासोमा आर्थिकरुपले गाउँँलार्ई शहरसँग गाँस्न जरुरी भएको थियो । त्यसैले बैंकिङ घनत्व ज्यादै न्यून भएको र राज्य तत्काल जान नसक्ने अवस्था पनि भएकोले निजी क्षेत्रसँग गुहार मागेर निश्चित पूँजी संरचनामा गाउँँ जान विगतमा खाली भएका स्थानमा भौगोलिक कार्यक्षेत्र बनाएर बैंक खोल्न पाइने व्यवस्थाबनेपछि बैकिङ जाने बुझेका र विस्तृत शान्ति सुरक्षाले संभव भएका, न्यूनतम भएपनि पूँजीमा बैंक खोल्न चाहिने पूर्वाधारहरु जस्तो विजुली, टेलिफोन, सडक जस्ता आधारभूत सुविधा रहेका जिल्लामा जान निजी क्षेत्र अगाडि बढ्यो । यो मूलतः राज्यलाई निजी क्षेत्रले गरेको ठूलो सहयोग थियो, गुन थियो ।
तर यो हिजोका आफ्नो निर्णयको स्वामित्व स्वार्थवश थियो, गलत थियो नभनी राज्य र राष्ट्र बैंक ह्वात्तै पछि हटे र असम्भवप्रायः लाग्ने पूँजी एक जिल्लेदेखि तीन जिल्ले बैंकको लागि बृद्धि गर्न पर्ने अनिवार्यता अन्यथा कारबाहीको भागी हुनुपर्ने उर्दी जारी ग¥यो । सानातिना व्यापारी, शिक्षक, अन्य व्यवसायी, पूर्व कर्मचारीको प्रयासबाट सानो पूँजी जम्मा गरी खोलिएको बैंकमा रहेको स्थानीय पकड निजहरुबाट फुत्काएर दलाल पूँजीपतिहरुको हातमा पुग्ने गरी पूँजीको संरचना यसरी बृद्धि गरियो कि अब ती विचरा स्थानीय आफूलार्ई “हामीले पनि बैंक खोल्यौं है” भनेर गर्व गरिरहेका व्यक्तिहरुलाई किनारा लगाउँँदै शहरी दलाल पूँजीपति वर्गको कब्जामा पार्ने षड्यन्त्र अनुरुप विश्व बैंक, एशियाली विकास बैंक, आइएमएफ जस्ता विश्व पुजीबादी शक्ति राष्ट्रहरुका आर्थिक दूतहरुको सल्लाहमा बैंकमा स्थानीय मूल सञ्चालक समिति, मूल व्यवस्थापनबाट बेदखल गर्ने षड्यन्त्रको बदौलत हाम्रो झिमरुक विकास बैंक पनि प¥यो । हाम्रो पूँजी सुरक्षित रहे पनि हिजो हाम्रो पकड, पहुँचमा रहेको बैंक अब हामी रमिते शेयर होल्डरमा परिणत भयांै ।
शेयर के हो, प्रविधि के हो, एटिएम के हो जस्ता विषयहरुमा साक्षात्कार भैसकेका हामी र हाम्रो गाउँँघर अब बैंक हाम्रो नियन्त्रणमा भएन । शर्तबमोजिम त्यो पनि हाम्रो साधारणसभाले प्रमुख कार्यकारी अधिकृत न्यूनतम दुई वर्ष कार्य गर्ने गरी स्थानीय शेयर होल्डहरुसँग एकैपटक हठात् सम्बन्ध बिच्छेद गर्न नपाइने शर्त राखेकै कारण मैले मर्ज भएको विकास बैंक जुन राष्ट्रिय स्तरको विकास बैंक थियो, ज्योति विकास बैंकमा दुई वर्ष सेवा गर्ने गरी विधिवत् एकआपसमा मर्ज गरियो ।
मर्ज गर्न पनि कहाँ सजिलो थियो र? ठूला बंैकले सानो पूँजी भएका बैंकलाई मर्ज गर्न उनको स्वार्थका कारण अनिच्छा देखाउथे । ती ठूला बैंकमा साना बैंक मर्ज होइन गाभिने शर्त अगाडि राख्दथे । आफ्नो नाम त यसै पनि समाप्त त गर्नुपर्दथ्यो नै । फेरि जति पनि आम्दानी गरेर शेयरहोल्डरलाई वार्षिक प्रतिफल राम्रै किन नदेओस्, उसको र ठूलो बैंकको पूँजी अनुपात १००ः५० सम्मको बार्गेनिंङ् भैरहेको अवस्था थियो । यसले गर्दा हिजो सानो बैंकमा शेयरहोल्डरले शेयरबापत राखेको लगानी गरेको रकम रु. १०० बाट रु. ५० मा परिणत भैरहेको अवस्थामा थियो ।
त्यस्तै बैंक खोल्न दुःख गरेर दुर्गममा स्थानीय जनताको घरदैलोमा पु¥याउने कार्यकारी प्रमुख जस्ता पदहरुमा आसीन व्यक्तिहरु ठूलो बैंकले स्वीकार्न गाह्रो मानिरहेको र बार्गेनिङ गरेर या त निस्कन पर्ने या त सानो पदमा समायोजन हुनुपर्ने अवस्था थियो । स्थानीय भौगोलिक कार्य क्षेत्रमा विशेष गरी केन्द्रित भएर काम गरिरहेका कर्मचारीको अब त्यहाँँबाट सरुवाले गर्दा जन्ताको स्थानीय अपनत्वपन बैंकप्रति समाप्त हुँदै जाने अवस्था थियो । यो मर्ज गर्ने वा गाभिने दुई विकल्प थियो । अघिल्लो मुतको न्यानो जस्तै थियो । जस्तैः केही हदसम्म तत्कालको लागि आफ्नो नाक जोगियो भन्ने अवस्था हुन्थ्यो । तसर्थ यी पक्षलार्ई दृष्टिपात गरेर नै को सँग मर्ज गर्ने, कसले शेयरहोल्डरको शेयर रकम अवमूल्यन गर्दैन, कसले कर्मचारीलाई यथोचित सम्बोधन गर्दछ, कसले सिइओलाई माथिल्लो पदमा पदासिन हुने र दुई वर्षसम्म निरन्तर हुन सहमतिको लागि स्वीकार गर्छ, जस्ता विषयहरुको अधीनमा रहेर गाभिने भन्दा पनि मर्ज शब्दको इज्जत कसले दिन्छ ? कोे सानो बैंकका कतिपय विषयमा बार्गेनिङमा आपसी सहमत हुन्छ जस्ता कुराले प्राथमिकता पाउने गरी मात्र बैंक मर्ज गर्नपर्ने थियो ।
मूलतः मेरो आफ्नो जिल्लामा परदेश लागेको ३७ वर्षपछि भएको पूर्ण बसाइ अब ७ वर्षभन्दा बढी भैसकेको थियो । अब मर्जरपछि फेरि दुई वर्ष कार्य गर्ने गरी म फेरि मेरो जन्मथलो छाड्नपर्ने भो ।
यो सात वर्षमा म मेरो जन्मथलोलाई केही समय भए पनि कर्मथलोमा रुपान्तरण गरी आफ्नोपनको परिचय त के कति दिन सके त्यो त तत्कालीन समकालीन समाज, आर्थिक गतिविधिसँग आबद्ध व्यक्तिहरुको मूल्याङ्कनमा निर्भर रहने छ, त्यसैगरी स्थानीय साथीभाइहरुलार्ई बैंकको शेयर स्वामित्वमा आबद्ध गर्न सकियो, कतिले राम्रो माने या मानेनन्, यो व्यक्तिगत आग्रहमा पनि भर पर्ने विषय भएकोले यसलाई पनि उनीहरुकै जिम्मामा छाडिदेउँ ।
तर यो बैंक खोल्ने अगुवाई गरेर झिमरुक विकास बैंकमा ७ वर्ष बस्दा म आफैँले र सरोकारवालाले सन्तोष मान्न सकिने दुई÷चार वटा विषयवस्तु किटानी गरेर भन्न सकिने अवस्था चैं नभएको होइन ।
प्रथमतः स्थानीय युवाहरुको कल्याण नै भयो भनेर भन्छु म । ६६ सालमा दीपक खड्काजी र म बाहेक चार जना स्थानीय युवाहरु कर्मचारीको भर्ना लिई काम शुभारम्भ ग¥यौं । पहिलो छनोट थियो कर्मचारीको । शुरुमा चार जना कर्मचारी युवा ३० वर्षमुनिका न्यूनतम आइकम गरेका र प्राथमिकता स्थानीय हुनुपर्ने क्राइटेरियाबाट शुरु भो । कहिं कतै कुनै बैंकमा काम नगरेका, अनुभव पनि नभएका कम्प्युटरको ज्ञान भने भएका कर्मचारी छनोट ग¥यौ । लिखित तथा अन्तर्वार्ता नै लिएर । म नेपाल बैंकमा चार वटा पदोन्नती खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट प्राप्त गरेको हुँदा यस विषयमा म अलि गम्भीर पनि थिएँ । तीन स्थानीय महिलाहरु र एक जना पुरुष ं युवाहरुलाई बैंकमा छनोट त गरियो । २० आंै दिनको तालिम म आफैँ प्रदान गर्न भ्याएँ । कर्मचारीहरु ज्यादै उत्सुक थिए, जाँगरिला र फुर्तिला थिए । यो जागीर उनीहरुको लागि अत्यन्त आकर्षक देखिन्थ्यो यद्यपि तलब ज्यादै न्यून थियो । तर बैंक, ठीकसँग चलेमा नोकरीमा दीर्घकालीन भविष्य थियो । तर यो पनि सम्झाइबुझाइ गरिएको थियो कि बैंक भनेको कमाएर खान पर्ने, कमाइकै भरमा भत्ता सुविधा थपिदै जाने कुरा भन्न विर्सिएको थिइएन । पछि कार्यस्थलमा उनीहरु खरो नै उत्रिए ।
सफटवेयरतर्फ पुमोरी तेश्रो जडान गरिएको थियो, मर्कन्टायल कम्पनीसँग सम्झौता गरेर । धनगढी मालिका विकास बैंकबाट आइटिमा जानकार लोमश भट्टराइलाई बोलाएर निजहरुलाई तालिम प्रदान गराइयो । यसै मेसोमा मलाई बैंक खोल, भनेर भन्नेदेखि सम्भाव्यता अध्ययन जोबिना बैंक खोल्न असम्भव थियो, पछि आइपिओ निकाल्ने बेलामा पनि प्रचुर सहयोग गर्ने पूर्व नेपाल बैंकका समकालीन मित्र, पछि कृषि विकास बैंकका प्रमुख कार्यकारी प्रमुख, राष्ट्रिय योजना आयोगका सदस्य समेत भै कार्य गरेका, विचार दुनियाँ बदल्ने सवालमा एउटै धारणा, दर्शन भएका मित्र जनकराज शाहले पूर्व समझदारी मुताबिक एकजना ग्राजुयट गरेको कर्मचारी पनि काम गर्न आए । ती स्थानीय कर्मचारीसँगै कार्यरत रहे ।
त्यसैगरी पछि शाखा खोल्दा त्यसै भेगका कर्मचारीहरु लिने विषय प्राथमिकतामा प¥यो । लाङ्घाली समुदायका करीब त्यसै भौगोलिक कार्य क्षेत्रका एक जना, बाबु मरेर टुहुरा भएकी एकजना दःुखी एसएलसीसम्म पास गरेकी, बाबुआमा मरेर बाबुले बेवारिस छाडिदिएको न्यून सम्पतिमा आश्रित आफू एसएलसी पनि नगरेका तर श्रीमती एसएलसी गरेकी त्यस भेगका भद्रभलाद्मी, बुद्धिजीवि आदिको जबरजस्त सिफारिसमा परेकी एक जना कर्मचारी भर्ना गरेर मछि शाखाको कर्मचारी पूरा गरियो यद्यपि विज्ञापनको माध्यमबाट ती छनोट भएका थिए । प्राथमिकता दिने क्रममा ती न्यून आर्थिक अवस्था भएकालाई सहानुभूतिपूर्वक हेरियो ।
त्यसैगरी भिङ्ग्री शाखामा पनि त्यहाँको कारोबारमा सघाउ पुगोस् भनेर स्थानीय अलि चल्तापूर्जा, बहुपरिचय भएकी एक जना आइए पास भएकी महिला पनि स्थानीय प्राथमिकतामा परिन् । यी दुवै अफिसमा कार्यालय सहयोगी पनि स्थानीय भरसक एसएलसी फेलसम्म भएकोलाई प्राथमिकता दिँदा आफ्नो भेगका ग्राहकको लागि अपरिचित नहुने, बैंकको पहुचमा आउन हिचकिचाउने गाउँँले जमातको लागि सहयोगी हुने स्वभावका यस्तो छनोट विधि अपनाइयो । यसैगरी चौथो शाखा दरभानमा पनि स्थानीय नै प्राथमिकतामा परे पहिलो रुपमा । पाँचौं शाखा क्वाडीमा पनि दुई जना स्थानीय कर्मचारी नै भर्ना गरेर बैंकलाई सुचारु ग्रियो । कार्यालय सहयोगीको छनोट स्थानीय हुने नै भयो । न्यून तलबमानमा भए पनि बैंकको जागीर, बैंकको आकर्षक युनिफर्म, सामूहिकता, एक मुष्ट पिकनिक जस्ता कार्यहरुले कर्मचारीहरुमा एक–आपसमा सहयोगी र भाइचारा भावना जागृत भयो ।
स्थानीय तहमा निक्षेप परिचालन गर्ने कुरालार्ई अलि बल दिन पर्ने अवस्था सिर्जना भैरहेको थियो पछिल्लो कालखण्डमा । सहकारीहरुको अभियानबाट हामीलाई उत्पे्रेरेणा मिलेबमोजिम सबै शाखाहरुमा घर दैलोमा विशेषगरी बजार क्षेत्रमा स्थानीय कर्मचारी, आप्mनो क्षेत्रसँग सुपरिचित युवा एसएलसी पास गरेका शाखैपिच्छे एक÷एक जना कर्मचारी भर्ना गरेर स्थानीय निक्षेप परिचालन गर्न करारमा भर्ना गरियो । समय क्रममा ती पनि बैंकका अभिन्न र बैंकप्रतिको उनीहरुको लगावले खातावालाहरुको सङ्ख्या पनि व्यापक वृद्धि भयो । एकै जिल्लामा सबै शाखाहरु गरेर २५ औ हजार बचत खाता खोलिए । समयक्रममा कारोबार बढदै गएपछि कर्जा, रेमिटान्सको लागि प्रत्येक शाखामा अलगअलग कर्मचारी, मूल शाखा बाग्दुलामा तीन जना सहायकदेखि अधिकृतसम्म भर्ना प्रतिस्पर्धाबाट प्रवेश गराइयो । स्थानीय बचत संकलक भने उनीहरुको पारिवारिक पृष्ठभूमिलाई ख्याल गरेर भर्ना गरियो । एवम रीतले मर्जरमा जाने समयसम्म करार, अस्थायी र स्थायी गरेर ४२ जना कर्मचारी सात वर्षको अन्तरालमा ५ वटा शाखामा कार्यरत रहिसकेका थिए । स्थानीय शाखा भेगमा रहेका पुर्व सैनिक, प्रहरीबाट प्रत्येक शाखामा ३ जनाका दरले गरि १५ जना सुरक्षक भर्ना हुँदा ५७ जना कर्मचारी सङ्ख्या पुग्यो ।
हालसम्म झिमरुक विकास बैंकको तलवमानमा रहेका कर्मचारी अब मर्जरपछि मर्जर भै जाने बैंकको राष्ट्रिय स्तरको बैंकमा कर्मचारी समायोजित हुँदा निजहरुको तलवमान, भत्ता स्वभाविकरुपमा बढ्ने हुँदा हिजो आफूसँग सहकार्यमा रहेका आफूले फकाएका युवा युवती कर्मचारीहरुको भविष्य उज्यालो हुने नै भयो । मैले सबैभन्दा गर्व गर्न लायकको र नयाँ कतिपय भुइँ तहमा रहेर कहिले रोजगारीको अवसरै नदेखेका र नसोचेका, अपेक्षा नगरेका केटाकेटी अव राष्ट्रिय स्तरको बैंकको तलव भत्ता खाने गरी समायोजन भैरहेको स्थितिले मलाई ज्यादै सन्तुष्टी मिल्ने अवस्था भै नै हाल्ने भो । अव पालो उनीहरुको, यस्तो सुअवसर प्रदानकर्ता मलार्ई र मेरो टिमप्रति के कति कृतज्ञ हुन्छन् वा कृतघ्न, यो पनि उनीहरुकै थाप्लोमा हालिदिउँ ।
संघीय संरचनामा २०७४।०७५ मा बैंकहरुको गाउँँघरमा उपस्थित हुनुपर्ने अनिवार्यता देखिँदै गर्दा त्यो भन्दा एक दशकअगाडि नै पूर्वाधारको प्रतिकुल अवस्थामा गाउँँघरमा आधुनिक बैंकिङ सुविधा लिएर गइयो । दुरदराजमा बैंकिङ सचेतना फैलाइयो । घरआँगनमा परदेशबाट पठाएको रेमिटान्सको रकम दुई÷तीन दिनको समयपछि मात्र भुक्तानी हुने विगतको अवस्थालाई अब दुई÷तीन घण्टाभन्दा बढी नलाग्ने दूरीमा सीमित गर्ने गरी शाखाहरुको उपस्थिति दिइयो । त्यसले पनि अब यो पछिल्लो समयमा आम कुरो भए तापनि ती दुःखका दिनमा सेवा दिन बैंक सफल भएको देख्दथे म । अहिले पनि मर्जपछि नेपाल अधिराज्यभर रेमिटान्सको अधिकतम भुक्तानी गर्ने शाखाहरुको बीचमा प्यूठानस्थित शाखाहरु नै अब्बल श्रेणीमा रहेको देखिइरहेको परिदृश्य कम रोचक छैन । सन्तोषको विषय यो पनि थियो मेरो लागि ।
बार्षिक साधारणसभा र विशेष साधारणसभाको म्यान्डेटबमोजिम कतिपय शर्तहरु राख्दै एक नम्बर मर्जरलाई, दुई नम्बर शेयर स्वाप रेसियो एक बराबर एक, कर्मचारी समायोजन सम्मानजनक हुनुपर्ने, प्रमुख कार्यकारी अधिकृत दुई वर्ष यथोचित पदमा पदासिन गर्ने गरी निरन्तरता दिने कुरो कतिपय बैंकहरुसँगको मर्जरको सन्दर्भमा प्रयास गर्दा सबै शर्तहरु सम्बोधन हुन नगैरहेको थियो । झण्डै आधा दर्जन बैंकसँगको प्रयासमा सम्भव नभएपछि ज्योति विकास बैंकले सबै शर्तहरु पालना गर्ने गरी मर्जरको समझदारीमा सम्झौता भयो । बदौलत झिमरुकका सबै शाखा अब ज्योति विकास बैंकमा परिणत भै कर्मचारी राष्ट्रियस्तरको विकास बैंकका कर्मचारीको हैसियतले तलब भत्ता, सुविधा, पदोन्नती उपभोग गरेर बिल्कूल सन्तोषजनक अवस्थामा छन, यद्यपि प्रतिस्पर्धाको यो घडीमा कार्यबोझ भने तीव्र भएको छ । तर पनि थेगिरहेका छन्, राम्रो र मेहनती, सुसंस्कृत, इमान्दारीता, कार्यालय मर्यादा र अनुशासन, नेतृत्व क्षमता प्रदर्शन गरी रहेका छन् मेरो लागि यो सन्तोषको विषय बनिरहेको छ ।
तर पनि जसरी हरकोही आफ्नो छोराछोरीलाई आफ्नो सिर्जना सम्झेर जति माया गरिन्छ त्यस्तै झिमरुक विकास बैंकका कर्मचारी अब अर्को पहिचानमा टलक्क आफ्नो नाम राख्न सफल होऊन् भन्ने कामना गरिरहेको छु, यो घडीमा ।
प्यूठानको मेरो सात वर्षको बसाइ यद्यपि बैंकिङ नेतृत्व गर्न मै मुलतः एकाग्र भयो तापनि म भने मेरो प्यारो गाउँँ, जिल्ला सम्झेर प्यूठानको मेरो विगतको अनुस्पथितिले भाँक्रिएर, तिर्खाएर, भोकाएर पुगेको थिएँ । बैंक त मेरो लागि मुल काम छदै थियो तर म किन प्यूठान गइराथे भन्ने कुरा अब पूरा गर्नुपर्ने थियो यसै दौरान्मा ।
ै झिमरुक नदीको तिरै तिर” बाट साभार
कमेन्ट गर्नुहोस !