शनिबार, कार्तिक ८, २०८३ | Saturday 24th October 2026

डा. केसीको अनशन, राजनीतिक मजाक


मोहन गिरी
वर्तमान परिवेशमा डा. गोविन्द केसीको माग र उनको आमरण अनसनको चर्चा निकै चुलिदै गइरहेको छ । के.सी. का मागहरु व्यक्तिगत हुन वा जनताको स्वास्थ्यसंग जोडिएको छ यो कुरा ज्यादै महत्वपूर्ण छ । उनका मागहरु यदि जनताको स्वास्थ्यसंग जोडिएका छन् भने ती माग पूरा गरिदिन सरकार किन आनाकानी गरिरहेको छ ? सरकार आफै बोलिरहेको छ कि माग जायज छन् तर, विधि र तरीका गलत छन् । यो सरकारले कहिले विधि र तरिका ठिक भएन, भन्छ । कहिले अघिल्लो सरकारले माग पूरा गर्नू पथ्यार्,े किन गरेन भन्छ । कहिले प्रदेश सरकारले नै आफ्नो प्रदेशमा स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्ने अधिकार प्राप्त गरेको छ संघीय सरकारसंग सम्बन्ध छैन, भन्छ । कहिले माथेमा आयोगको कार्यदलकोे प्रतिवेदन पुरानो भइसक्यो, भन्छ । कहिले माथेमा आयोगको मात्र प्रतिवेदन छ र ? अरु पनि त छन् नि । कुन आयोगको प्रतिवेदनलाई मानेर माग पूरा गर्ने, भन्छ । कहिले काठमाण्डौंको जनताको मेडिकल कलेज खोल्ने अधिकार खाोसिन्छ, भन्दछ । कहिले मेडिकल कलेज काठमाण्डौंमा बाहेक अन्य ठाउँमा खोेल्यो भने दक्ष जनशक्ति र विरामी उपलब्ध हुन सक्दैन, भन्दछ । ‘यो सरकार के के बडबडाउछ खुदको उसैलाई मालुम छैन’ भनेर जनता व्याङ्ग गर्न थालेका छन् । सरकार यस सन्दर्भमा गम्भीर बनोस् र जनताको स्वास्थ्य संग जोडिएका मागहरु तुरुन्त पूरा गर्ने तिर लागोस् ।
वर्तमान अवस्थामा केसीको मागलाई ने.का.ले मागी खाने भाडो बनाइरहेको छ । ने.का. सरकारमा हुंदा पनि केसी सातौं पटक सम्म अनसन बसेका थिए । त्यो बेला केसीका माग किन पूरा गरिएन ? यदि विपक्ष दल लगायतको असहमति थियो भने अहिले यतिठुलो आन्दोलन गर्ने पार्टीले त्यसवेला पनि आन्दोलनकै भरमा माग पूरा गराउन तर्फ किन लागेन । देउवा सरकारले अध्यादेशको कलो फालेर अनसन तोडाएको होइन र ? त्यसवेला विधेयक पेश गरेर कानुनी मान्यता किन दिइएन ? आफ्नो हातमा डाडू, पन्यू हुंदा भोकालाई खान नदिने अरुको हातमा डाडू ्, पनीयो परेपछि भोकालाई पेटभरि खान देउ भन्ने मानिस कति उदारमना हुन्छ सहजै अनुमान गर्न सकिन्छ । केसीको अनसनमा आफ्नो राजनीति अभिष्टता देख्नेहरुको आन्दोलन केसी प्रतिको सहानुभुति होइन कि आफ्नो राजनीतिको दुनो सोझाउने कुटील चाल मात्रै हो । केसीको अनसनलाई कुकुरहरु बीच फ्याकिएको हड्डीको टुक्राको रुपमा प्रयोग गरिएको छ । उनको १५ औं अनसन मध्ये सातौं अनसन त ने.का. को सरकारको पालामा भएको हो । भो, भो, अब साखिलो बन्ने नाटक मञ्चन गर्न पर्दैन । यो कुरा सबैले बुझि सकेका छन् ।
यहाँ नेपाली काग्रेंसको आन्दोलन, वर्तमान सरकारको हठ, गोविन्द केसीको हठ यी तीन वटै कुरा गलत छन् । यसले गोविन्द केसीको अनसन लम्बिएर उनको ज्यान जाोखिममा पर्ने प्रवल सम्भावना देखिन्छ । केसीको ज्यान जोखिममा पारेर आ–आफ्ना दलका राजनीति अभिष्टता पूरा गर्ने नियतले आ–आफ्नो भुमिकामा दलहरु लागिरहेका छन् । यी दुई ठूला दल बाहेक अन्य राजावादी दलहरु ‘खस्ला र खाउला भन्ने दाउ खेलिरहेका छन् ।’ यी दलहरुलाई केसीको आमरण अनसन एउटा गतिलो खुराक बनेको छ । यो उनको अनसनप्रतिको मजाक हो । तर, यसबेला सरकार निर्माण गरेको दलले बड्ता जिम्मेवारी भएर साोच्नु जरुरी छ । यदि केसीको ज्यान गएमा पाँच वर्ष सम्म ढुक्क सरकार चलाउछौं भन्नेहरु ५–६ महिनामै फुत्किन कुनै आइतवार कुर्नु पर्दैन । यो सरकार पनि अलिकति मात्तिन खाोजेको छ । जनताको आवज बुलन्द गर्ने कतिपय राजनीतिक कार्यकर्ताहरुको धढपकड पनि बढाउदैं छ । शान्तिपूर्ण जन आन्दोलन, शान्तिपूर्ण जुलुस, भेला, मिटिङहरुमा अन्धाधुन्दा लाठिचार्ज, धरपकट जस्ता क्रियाकलाप अगाडि बढाइरहेको छ । आफूलाई लोकतन्त्रवाादी भन्ने अहिलेको कार्यदिशा भनेको विकाश र समृद्धि तथा समाजवाद उन्मुख भन्ने सरकारले अब प्रस्ट पारिदिनु प¥यो कस्तो समाजवाद उन्मुख ? पुजींवाादी समाजवाद उन्मुख हो कि, साम्यवादी समाजवाद उन्मुख हो ? जनता जान्न चाहान्छन । जनतालाई प्रस्ट पारिदिनु प¥यो । कम्युनिष्टको खोल ओडेका हामी पुँजीवादी समाजवाद उन्मुख छौं भनेर भनिदिनु प¥यो । जनता भ्रममा नपरेर आफ्नो बाटो आफै पकड्ने छन् । जनतासंग ढाट छल गर्न पाइदैन । अहिले केसीको माग सन्दर्भमा पनि केहिले के कहिले के कुरा गर्दै उनको जीवन माथि खेलवाड गर्न पाइदैन । केसीको मागलाई वार्ता र सम्वादका माध्यमबाट छिटो भन्दा छिटो टुङ्गाएर केसीलाई अनसन तोड्न लगाउनु पर्छ र उनको जीवन रक्षा गर्नु पर्छ भन्ने जनताको ठुलो गुनासो छ ।
केसीको अनसनबाट थुपै्र समस्या उत्पन्न भएका छन् । इर्मेजेन्सी सेवा बाहेकका अन्य सेवाहरु अस्पतालमा ठप्प छन् । अधिकांश डाक्टरहरु जूलूसमा मग्न छन् । जनता उपचार नपाएर कोही मरिरहेका छन् भने कोही पीडाको आंसु पिएर तड्पी रहेका छन् । जनताको ज्यूज्यान माथि खेलवाड भइरहेको छ । हस्पिटलको काम कारवाहीमा प्रतिकुुल असर नपर्ने गरी सभ्य ढंगबाट विरोध जनाउने र वार्ता सम्बादलाई अगाडी बढाउने दायित्व डाक्टरको पनि हो । एउटा कुरा गम्भिर रुपमा बुझ्न पर्ने जरुरी पनि छ कि सबै कुरा सडकबाट आन्दोलन गरेर पूरा गर्ने हो भने सरकार किन चाहियो? आयोग गठन गर्ने र त्यस्को प्रतिवेदनलाई राष्ट्रपतिको स्वीकृति गराएपछि विभिन्न मन्त्रालय, सांम्सदको के जरुरी प¥यो र । लोकतन्त्रको नाममा अराजकता सिर्जना गर्नु पनि राम्रो पक्ष होइन । केसी लगायत आन्दोलनरत डाक्टरहरु समेतले आफ्नो काम कर्तव्य र आफुले जागिर गरेको ठाउँ, आदि इत्यादिलाई पनि विचार गरी आफ्नो हैसियत ठम्माई हठवादीतालाई त्याग्नु पर्छ र वार्ता सम्वादका माध्यमबाट समस्या हल गर्ने तर्फ अगाडि बढ्दै केसीको अनसन तोडाउनु पर्छ । केसीको जीवन रक्षा गर्न सर्वप्रथम तः अनसन तोडाउने उत्तम विकल्प हो । डा. केसीको बारेमा जनताले राम्रै मुल्यांकन गरेका छन् तर, उहाँ माथि पनि राजनीतिक जलप लाग्न थालेको छ । यस बारेमा पनि डाक्टर केसीले गम्भिर भएर सोच्नु जरुरी छ । बाँचेर संघर्ष अगाडि बढाउनुस् मरेर संघर्ष अगाडि बढ्दैन । आशावादी हुनुस् निरासावादी नहुनुस् । डाक्टरले अरुलाई बचाउछ भने आफै मर्न खोज्नु पनी डाक्टरको नैतिक कर्तव्य भित्र पर्दैन भन्ने जनताको सुझाव छ ।
जनताले बुझ्ने भनेको सोझो कुरो हो । कोठामा बसेर गरिने षड्यन्त्र , कुटीलनीति जनतालाई थाहा हुंदैन । कसलाई उचाल्न,े कसलाई पछार्ने, कसलाई नजिक ल्याउने, कसलाई पाखा लगाउने नेताहरुका यस्ता तमाम वांगा टिङ्गा कुरा जनता बुझ्दैनन् र बुझ्न पनि जरुरी छैन । जनताले के बुझेको छ भने केसीका माग धेरै जसो जायज छन् । ने.का. सत्तामा हुंदा उनका माग किन पूरा गरेन ? केसीका जायज माग पूरा गरेमा यो सरकारको के खोसिने हुन्छ ? हस्पिटल पुग्दा जनताले उपचार सेवा पाउनु पर्छ । आन्दोलनरत पक्ष र सरकार दुवैले हठ र अहम त्याग्नु पर्छ । यिनै कुरा जनताले बुझेको छ र यतिनै बुझ्न जनतालाई आवश्यक छ । यस बााहेक जाल,जेल, षडयन्त्र, कुटीलनीति, उचाल्ने, पछानर्,े दायाँ, बाँया, आफन्त, विराना, कुनैपनि पार्टीलाई अनुकूुल प्रतिकूल, आदि इत्यादि जनतालाई स्वाद छैन । उत्पन्न समस्याको हल समयमै गर्न नसकेर समस्या थुपारेको खण्डमा जनताले एउटै मात्र कुरा जानेको छ त्यो हो घोडाबाट खसालेर राम्ररी जमिनमा पछार्ने । खवरदार !

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top