बिहिबार, कार्तिक ६, २०८३ | Thursday 22nd October 2026

संसारको धर्महरु मध्धे हिन्दु धर्म लोकतान्त्रिक धर्म


लिला पुन
यो लेख लेखिरहंदा डा.लेखराज सुवेदी संयोजक, ओमहरी भटराई अध्यक्ष रहेको २१ सदस्यीय धार्मिक मुल समारोह समिति प्युठानको आयोजनामा यही बैशाख १७ देखि ऐ २७ सम्म प्युठान न.पा.–४ जुम्री(जाल्पाथान) अगाडि “श्रीमदभागवत् विरात महायज्ञ तथा प्यूठान धार्मिक महा–महोत्सव २०७५” चलिरहेको छ । उक्त महोत्सवमा हिन्दु धर्मप्रति आस्थावान सबै जनहरुले विभिन्न धार्मिक कर्मकाण्डहरु गर्न पाउँने व्यवस्था गरिएको छ । हिन्दु धर्मको धर्मशास्त्र अनुसार हिन्दुविधिको तौरतरिकाबाट पूजापाठ, दान, दक्षिणा, विवाह, ब्रतवन्ध गरेमा यो जुनीमा राम्रो हुनुको साथै मृत्युपस्चात स्वर्ग गएर मोक्क्ष प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यो महायज्ञमा हजारौं श्रदालु भक्तजनहरुले आफ्ना श्रदाका पुञ्ज हिन्दुधर्मका पुजनीय देवताहरुप्रति श्रदाका फूलपाती, माला र अविर, धुपबत्ति, फलफलाहार चढाएर जुनी–जुनीभरलाई सुख र खुसीको आसिरबात मागिरहेका छन् ।
आज संसारको सबैभन्दा पुरानो धर्म हिन्दु धर्म मानिन्छ । यो धर्म कहिले उत्पत्ति भयो भनेर यसको तिथिमिति थाहा छैन । धार्मिक इतिहासको पाना पल्टाएर हे¥यौं भने भारतमा आएका आर्यहरुले हालको पाकिस्तानको सिन्धु नदी र भारतको गंगा, जमुना नदीको आसपास बस्ने बैदिक आर्यहरुले आजभन्दा १३ हजार बर्ष अगाडि क्रगवेदको रचना सुरु गरेर ३ हजार बर्ष अगाडि मात्र श्रृतिसम्मत् पद्वतिबाट विभिन्न आर्य क्रषीमुनी विद्वानहरुबाट सम्पन्न गरेको पाईन्छ । हिन्दु धर्मको धार्मिक ग्रन्थहरु अरु धर्मको जस्तो एउटै धर्मगुरु, एउटै विद्वानले लेखेको पाईदैन । यसमा विभिन्न बैदिक आर्य विद्वान, क्रषीमुनी, तपश्वीहरुले पहरा, कन्दरा, भीर, पाखापखेरा, ठुला–ठुला बर, पीपल, स्वामी, गुफा, ओदार, मठ, मन्दिरमा कष्टपुर्ण साधनाबाट ठुलो परिश्रमद्वारा आर्जेको जीवनपयोगी ज्ञानका कुराहरुमा यी हाम्रा हिन्दु धर्मका धर्मग्रन्थहरुमा पाईन्छन् । संसारका ठुला–ठुला वैज्ञानिकहरुले सम्म हाम्रो हिन्दु धर्मको प्रशंसा गरेका छन् । कारण यी धर्मग्रन्थहरु विभिन्न विद्वान, क्रषीमुनीहरुले हजारौं बर्षदेखि लगातार र निरन्तरता दिदै विभिन्न समयमा विभिन्न घटिट घटनाबाट व्यवहारिक पाठ सिक्दै, त्यसै घटनालाई ज्ञानोपार्जन र जीवन दर्शनको रुपमा प्रयोग गर्दै आएको जीवनपयोगी ज्ञानको भण्डारको भकारी हो हाम्रो हिन्दु धर्मको धर्मग्रन्थहरु ।
त्यसैले त अरु धर्मको भन्दा हाम्रो हिन्दु धर्मको धर्मग्रन्थहरु अलि पृथक र भिन्नखाले छ भने यसैमा जीवनपयोगी ज्ञानका बाटाहरु थुप्रै छन् । यही पृथक र भिन्नखाले पहिचानले गर्दा त संसारभर हाम्रो हिन्दु धर्मको ठुलो महिमा छ । हिन्दु धर्म सबैभन्दा पुरानो भएको कारण यसै धर्मको देखासिकि र आधार मानेर संसारको अन्य धर्मको जन्म भएको हो । यिसुले स्थापना गरेको इसाई धर्मको धर्मग्रन्थ बाइवल, पैगम्बर मोहम्मदले स्थापना गरेको इस्लाम धर्मको धर्मग्रन्थ कुरान, बुद्वले स्थापना गरेको बौद्वधर्मको धर्मग्रन्थ “त्रिपिटक” जस्ता धर्मग्रन्थहरुको लेखक एउटै धर्मगुरु छन् भने हिन्दु धर्मका धर्मग्रन्थहरु विभिन्न हुनुको साथै लेखक पनि भनि साध्य र गनि साध्य छैन । अन्य धर्ममा प्रवेश गर्ने धर्म द्वार एउटै मात्र छ भने हाम्रो हिन्दु धर्मभित्र पस्ने धर्मद्वार हजारौं छन् । अरु धर्मको द्वारबाट भित्र प्रवेश गर्दा द्वारमा आस्थावान भक्तजनहरुको हुल हुन्छ भने हाम्रो हिन्दुधर्मको द्वारमा हुल हुँदैन, जहाँ हुल हुन्छ, त्यहाँ भुल हुन्छ । त्यही भुलको कारण नै इस्लाम धर्म मान्ने देशहरुमा धेरैजसो लडाई र मारकाट भईराख्छ र भईराखेको छ ।
विशेषगरी धर्महरुमध्धे अझ गहिरो अध्ययन र विश्लेष्ण गर्ने हो भने संसारभरको मानवीय नाता नभएका नालायक धर्म इस्लाम धर्म नै हो । यही इस्लाम धर्मको सरिया कानुन संसारभर आफूखुसी लाड्नका लागि नाइजेरिया, सिरिया, इरान, इराँक, पाकिस्तान, अफगानिस्ता, सउदी अरब अर्थात खाँडी मुलुकलाई मुख्य आधार क्षेत्र मानेर बोकोहराम, लस्करे तोएबा, अलकायदा, इस्लामिक स्टेट आइ.एस.आई. जस्ता आतंङबादी संस्था खोलेर उसैको नाममा संसारभर वितन्दता मच्चाईरहेको छ भने त्यसैको निंहुँमा भारत, अमेरिका, रुस, बेलायत, जापान, फ्रान्स जस्ता शक्तिसाली देशहरुले अरुको देशमा गएर प्रजातन्त्रको नाममा मिसाइलद्वारा दिनदहादै निहत्था जनतामाथि रगतको होली खेलिराखेका छन् । यदि धर्मको नाममा मान्छे मारिन्छ भने त्यस्तो अपराधि धर्मको समाजमा आवश्कता पनि छैन ।
सायद हामी लेखकहरु यदि इस्लाम धर्मको देश सउदीअरबमा भइदिएको भए यसबेला तेबाटोमा खम्बामा बाँधेर ढुंगाले हानि–हानि, अथ्वा जिउदै आगो लगाएर, डढाएर, या उताङ्गो पारी खुकुरीले घाँटी रेटी मारिईसक्ने थियौं । यसबेलासम्म हाम्रो गति सलमान रुसदी, तसलिमा नसरिनको भइसक्ने थियो । ब्रुनोको जस्तो जिब्रा काटि सकिने थियो । हर विहान साँझ हिन्दुधर्मको मन्दिरमा शंखघन्ट बज्छ, पूजापाठ हुन्छ । एक कुनामा हिन्दुहरुको पुजनीय भगवान–राम, कृष्ण, ब्रम्हा, विष्णु, शिवको गुणगान हुन्छ भने अर्को कुनामा उनै रामलाई अपराधी, पातकी, चोरडाँका, आफनो बाबुको धनसम्पत्तिले नपुगेर भाइहरु लक्ष्मण, भरत, छोराहरु लव, कुशको नेतृत्वमा सेना पठाएर अर्काको राज्य हड्पने, नाहकमा जनतालाई दुःख दिने, अर्काले लहेको स्वास्नी स्याहार्ने, अर्काको कुरा सुनेर घर धानेर बसेकी पतिब्रता गर्भवती स्वास्नी सीतालाई जंगल धपाउँने, ब्रम्हा, विष्णुलाई घरमा पाहुना बोलाएर उपहार दिने भन्दै दासका राम्री छोरीबुहारी चहार्दै हिड्ने र पहिले आफूले उपयोग गरेपछि अरुको हात थम्याई दिने सामन्त रण्डो भन्नेसम्म छुट छ ।
यति मात्र कहाँ हो र ! बाँसुरीको धुनको भरमा १६ हजार १ सय ८ वटा नारी जातिलाई रिंगाएर स्वास्नी बनाउँने रण्डो, पातकी कृष्ण । आफनी छोरीसंग विवाह गर्ने अपराधी पापी रण्डो ब्रम्हा । गुरु गौतम क्रषीकी पत्नी अहिल्याको सतित्व लुट्ने पातकी रण्डो ईन्द्र । अर्काको कुरो सुनि डाँका इन्द्रको पक्षलागि सिधासाधा असुरका राजा बलि राजालाई पाताल प्रवास पठाउने अपराधी छली, घुस्याँहा, बदमास, रामको राज्यमा पाहुनाको रुपमा गएर, रामले टकारिदिएको रातको उपहार दासकी सुन्दरी छोरीहरु छानि–छानि मोजमस्ति गर्ने अपराधी, पातकी, रण्डो विष्णु । राम्री देखेर ध्यानमा बसेको मान्छे पनि जंगलैजंगल विर्य छोड्दै केटी लखेट्ने रण्डो शिव । अपराधी, जाली, रक्तपिपासु रामको अन्धभक्त घमण्डी, अभिमानि पागल हनुमान जस्ता नाना थरिका विभिन्न राम्रानराम्रा गालिगलौच, आलोचना जुन मुखले बोले पनि जुन हातले लेखे पनि फेरी हातमा श्रदाको फूलको थुंगा, जिब्रोमा ॐशिवम् , ब्रम्हा, विष्णु , रामराम भन्दै उनै भगवानको मन्दिरमा गएमा विर्सिदिन्छन् हाम्रा हिन्दुधर्मका देवता र भगवानहरु पुराना रिसइवि ! अनि त हामीलाई फेरी स्वागत र सम्मानसाथ मन्दिरको प्रवेशद्वार खुला गरिदिन्छन् ! कवि लेखनाथ पौड्यालको–“बालक बबुरो द्विज सुकनामा” भन्ने कवितामा जस्तै हामी बालक बुद्विको बबुरो बन्छौं ।
फेरी मन्दिर प्रवेश गर्छौं ! भगवानको शरण पर्छौ ! उनैका जीवनपयोगी विवेक, बुद्वि र ज्ञानका कुरा लिएर जीवनको गाडी चलाउँछौं । हिन्दुधर्मको धर्मशास्त्र अनुसार अन्तमा भगवानको काखमा विलिन हुन्छौं । यो जुनीको भगवानको खुसीको उपहार हाम्रो जीवनलिला त्यही समापन गर्छौ ! कति महान छन् हाम्रा हिन्दुधर्मका देवीदेवता र मान्यजन् भगवान्हरु ! उहाँहरुको विरोधमा लेखे बाफत् , बोले बाफत् न उजुर छ, न बाजुर छ, न रिस छ, न राग छ, न ईष्र्या छ, न द्वोयस छ, न मुद्दामामिला छ, न अद्दाअदालत् छ ! कति महान छ अरुको दाजोमा हाम्रो हिन्दुधर्म ! कति प्रजातान्त्रिक छ हाम्रो हिन्दुधर्म ! सबैजनहरु अट्न सक्न,े मिल्न सक्ने, घुल्न सक्ने, बस्न सक्ने ! कति प्रजातान्त्रिक भावनाले भरिपुर्ण छन् हाम्रा हिन्दुधर्मका देवीदेवता र भगवानहरु ! कति पवित्र र शुन्दर छन् हाम्रा मठ, मन्दिर र धर्मस्थलहरु ! मान्छेले मरेपछि स्वर्ग देखिन्छ भन्छन् ! यो जुनीमा ज्युउँदै हामीले स्वर्ग देखेका छौं ! मरेपछि त के हो के हो !
हाम्रो भावनामा हिन्दुधर्म जति पवित्र छ, त्यसको इतिहास पल्टाएर हेर्ने हो भने हालको इस्लाम धर्मभन्दा हिन्दुधर्मको नितिनियमहरु कम अपराधी रहेनछ तर अब त युग र समयको माग अनुसार हिन्दुधर्मका देवीदेवता र भगवानहरुले पनि विचार परिवर्तन गरेछन् ! उनको विधिविधान परिवर्तन गरेछन् ! त्यसैले आजकल सतीप्रथाको नाममा विधुवा नारीहरु जिउदै मरेको लोग्नेसंग चितामा पोलिनु पर्दैन ! आजभन्दा ९८ बर्ष पहिलेसम्म हाम्रो नेपालमा र भारतमा हिन्दुधर्मभित्र सतीप्रथाको नाममा बालककाल र युवाकालमा विधुवा भएका नारीले कति दर्दनाकपुर्ण नारकीय जीवन विताए भन्ने कुरा त बर्णनन् गरी साध्य छैन । सतीप्रथाको कथा बयान गर्ने हो भने को ढुंगाको हृदय भएको मान्छे नरोला र ! सुन्दा पनि आङ् जिरिङ् हुने सत्यतामा आधारित सतीप्रथा देख्दै दरलाग्दो राक्षसी प्रवृतिको क्रुरुतापुर्ण कार्य थियो ।
लोग्ने मर्दासाइत उसका जति छन् ज्यूँदा स्वास्नीहरुलाई गाँजा, भाङ, चरेस, जाँड, रक्सी अर्थात मादक पदार्थहरु बेस्सरी खुवाईन्थ्यो र लठ्ठ पारिन्थ्यो । मरेको लोग्नेको लाशलाई विचमा राखेर वरिपरि ज्यूँदा स्वास्नीका ज्यूँदा लाशहरुलाई भाग्छ भनेर डोरीले बाँधेर सुताइन्थ्यो ! त्यसपछि चितामा आगो लगाईन्थ्यो । जब आगो लगाईन्थ्यो, एकैसाथ बाजागाजा, सनै, नरसिङ्गा, झेली, मादल बजाईन्थ्यो ! यसरी बजाउँनुको कारण थियो–सती जाने नारीको आवाज सुने बाँचेकाहरु नर्क गईन्छ भन्ने जनविश्वास थियो । आगोको अगाडि मादकपदार्थको के लाग्थ्यो ! जब आगोले बाँधिएको बन्धन पोलिएर उनीहरु लोग्नेको मरेको लाश छोडेर चिताबाट हाम फाल्न थाल्थे ! तब मलाममीहरुले–“अरे चरित्रहिन पातर, बेस्याँ, सतीको लागि तलाई आगो तातो भयो, तलाई पोल्यो हैन ! तेरो अब यो संसारमा को छ र ! कसको लागि बाँच्ने प्रयास गरिराखेकीछेस” भन्दै चारैतिरबाट लाठाले हानेर मारी आगोमा फालिदिन्थे ! ऊफः कति विभत्स हुँदो हो त्यो दर्दनाक घटना ती पापी, अपराधी मलामीहरुले कसरी हेर्न सकेको होला ! के त्यसबेलाको पुरुष जातिको हृदयमा नारीजातिमाथि एकमुठी माया पनि थिएन ! यो दर्दनाक विभत्स इतिहास पढ्ता त हिन्दुधर्मप्रति पनि घृणा जाग्छ ! आजको सवासय बर्षसम्म यो प्रथाले नेपालमा आफ्नो जरा गाडेर बसेको थियो । त्यसबेलाको जनविश्वास अनुसार“सती गएको देखे, गति परिन्छ” भनेर काली, गण्डकी, कोशी, बाग्मतीको किनार वरिपरि ज्यूँदै पोलेको स्वास्नीमान्छेको विभत्स दृष्य हेर्न भिड लाग्ने ग¥थ्यो !
हिन्दुधर्मको यो ज्यानमारा घृणित प्रथा भारतबर्षमा ई.सा. पूर्व तेस्रो सदीबाट चलेको र नेपालमा लिच्छवीकालमा आईपुगेको हो । यस प्रथा अनुसार लाखौं लाख नारीहरुको जीवन अन्यायपुर्ण तरिकाले अनाहकमा गयो । नेपालमा यो रितिथिति हटाउँन कैयो प्रयास बावजुद वि.स. १९७७ मात्र सतीप्रथा विरोधि कानून पास भयो । यसरी सतीप्रथा गएता पनि सतीप्रथाको अर्को रुप विधुवा प्रथा ज्यूँका त्यूँ छन् तर समय र युगको मागसंगै पछिल्ला युवापिडिबाट पनि यस प्रथाले विदा माग्न थालेको आभास पाईन्छ । साचिकै यदि हिन्दुधर्ममा देवीदेवता र भगवान छौं भने जनताको जनमनमा जनताको विश्वास जितेर बस ! युग र समयको माग अनुसार अघि बढ !

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top