
प्यार अलि खाँन
प्यूठानका संचारकर्मीमा अब विकास पत्रकारिताको मिशनमा आफुलाई प्रस्तुत गर्नेबेला आएको छ । सन् १९२० तिर हङकङ निवासी बेलायती विद्धान यालन चक्कीले पहिलो पटक विकास पत्रकारिताको अवधारणा अघि सारेका थिए । नेपालमा भने २०३०÷२०३२ मा विकास पत्रकारिता सुरु भएको ईतिहाँसले देखाउँछ ।
विकासले दिनानुदिन फड्को मार्ने क्रम विकास पत्रकारिताले फड्को मार्दा तुलनात्मक रुपले बढ्छ । त्यही कारण विश्वका अन्य मुलुकमा विकास पत्रकारिताले नयाँ आयाम थपेको छ । तर हाम्रो मुलुकमा विकास पत्रकारिता ओझेलमा परेको त हाईन ? अब राजनीतिक मिसन एक प्रकारले पुरा भएको अवस्थामा विकास पत्रकारितामा जोड दिनुपर्ने अहिलेको आवस्यकता देखिएको छ । लामो द्धन्द र अस्थिरताले तथा प्राकृतिक विपक्तिले थला परेको हाम्रो मुलुकलाई माथि उकास्ने दायित्व पनि पत्रकारको हो भन्ने कुरा हामीले आत्मसाथ गर्न जरुरी छ ।
विकासको लागि अत्यन्तै प्रचुर सम्भावना बोकेको हाम्रो प्यूठानको समग्र पक्षको विकास गर्न विकास पत्रकारितामा विशेष जोड दिन आवस्यक छ । यसका लागि आर्थिक पक्षलाई बढी ध्यान दिन जरुरी छ । प्यूठानका धार्मिक पर्यटन, जलस्रोत, कृषि उद्योग र व्यवसाय क्षेत्रको हितमा पत्रकारितालाई केन्द्रित गराई आर्थिक समृद्धिको बाटोमा प्यूठानलाई लैजान विकास पत्रकारितालाई मिसन सहित अघि बढाउन आवस्यक छ ।
राजनीतिक दलहरुले स्पष्ट नीति निर्धारण गरेर अघि बढ्न नसकेको परिप्रेक्ष्यमा फेरी पत्रकारहरुले नै उनिहरुलाई विकासका एजेण्डा अगाडि बढाउने कामका लागि धकेल्नुपर्ने भएको छ । विगतका अनेकौँ आन्दोलमा पनि पत्रकारहरु सडकमा उत्रेर दलहरुलाई सडकमा तानेकै हुन् । अब पनि नयाँ कुरा प्राप्तीका लागि त्यो दिशामा पत्रकारहरुले हिडाउन परेपनि प्यूठानी पत्रकार तयार छन् भन्ने कुराको सन्देश दिन जरुरी छ ।
२०४६ सालको परिवर्तनसंगै फस्टाएको पत्रकारिता २०७२ सालमा संविधान सभाबाट नयाँ संविधान जारी भईसक्दा समेत गुणस्तरीयतामा फड्को भने मार्न नसकेको यथार्त हो । अहिले प्यूठानमा संचार माध्यम धेरै छन् तर गुणस्तरीयतामा कमि छ । यसले गर्दा पत्रकारितालाई विश्वनिय बनाउन थुप्रै चुनौती थपिएका छन् । अहिले पत्रकारिता पेशामा युवा पुस्ताको आगमन जती सहज ढंगले भैरहेको छ, पलायन पनि तीब्र गतिमा भईरहेकोछ । पत्रकारितामा धेरै सम्भावनाहरु देखेर आउने तर केहि वर्ष वित्न नपाउँदै पेशाबाट पलायन हुने शिलशिलाले पत्रकारितालाई सहि ढंगबाट अगाडी बढाउन सकीदैन । पलायनलाई रोक्न महासंघको भुमिका दायित्व कस्तो हुने ? मर्यादित जिम्मेवार र जवाफदेही पत्रकारिताको विकासमा महासंघले कस्तो कदम चाल्ने यो महासंघको लागि बहसको विषय हो । संचारमाध्यमको विकास र बृद्धिसंगै पत्रकारको संख्या बढ्दै जाँदा ति पत्रकारको क्षमता विकास, पेशाप्रति जवाफदेही र जिम्मेवार बनाउनुपर्ने दायित्व महासंघको काँधमा आएको छ । यहाँ कहिले पनि न्यूजमा उपस्थित नजनाउने, फेसबुक तथा मौखिक पत्रकारको पनि बिगबिगि छ महासंघका साधरण सदस्यका एक चौथाई मुस्किलले प्यूठानको पत्रकारितामा केहि न केहि भुमिकामा आफुलाई उतारेका छन् । वाँकी रहेको नामधारी र बन्द हड्तालमा हिडडुल गर्नैका लागि मात्र प्रेसपास धारी पत्रकारलाई कसरी काबुमा ल्याउने प्यूठानको महासंघले सोच्नुपर्ने बेला आएको छ ।
अहिले प्यूठानमा अनलाईन मिडियामा बाढी नै आएको छ । समाचार छिटो छरितो र एक मिनेटमै प्रकाशनका लागि अनलाईन पत्रकारीताको विकल्प छैन् । तर यसलाई विश्वसनिय बनाउन सबैले रुचाउने बनाउन धेरै नै संघर्ष गर्नुपर्ने देखिन्छ । बजार सिमित छ, मानिसले अझै पत्याउन गाह्रो छ, विज्ञापनको शैली नै नयाँ बनाउनुपर्ने छ, डिजाईनकै अभाव छ । यतिसम्मकी लामो समयदेखि पत्रकारिता गरेका पत्रकारहरुलाई अनलाईनमा समाचार डिजाईन मिलाएर पोष्ट गर्न हम्मे–हम्मे अवस्था छ ।
राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारको एउटै सहि सुचनाले समाजलाई उथलपुथल, कायापलट बनाउन क्षमता राख्दछ । तर त्यही सुचना गलत ढंगले प्रशारण, प्रेसित भएमा समाजमा गलत प्रभाव फैलिन्छ । एउटै सुचनाले पत्रकारको जिवन उचाईमा पुग्ने गर्छ । सुचना गलत भए उ समाजमा बस्न लायक पनि रहदैन । यसको अर्थ हरेक सुचना सानो वा ठूलो भन्ने हुदैन त्यसलाई सहि ढंगले प्रस्तुत गर्ने कला भएको यही समाजको प्राणीलाई पत्रकार भनिन्छ । यहाँ कपि पेस्ट पत्रकारीता पनि मौलाउँदै गएको छ । एक जनाले समाचार लेखेर सबै मिडियामा पु¥याउनु र त्यही समाचार रेडियोबाट वाचन गरिनुलाई स्वाभाविक मान्न थालिएको छ । सबैमा उहि समाचार शब्दसः आउनु भनेको कपि पेस्ट पत्रकारिता हो । यसलाई कपि पेस्ट मात्र नभनेर एकद्धार प्रणाली पनि भनिन्छ । कुनै माध्यमबाट प्राप्त समाचारलाई फरक शैलिमा प्रस्तुत गर्ने, थप सुचनाका लागि फोन संपर्क गरेर एउटै भएपनि नयाँ सुचना थप्नु पत्रकारको दायित्व हो । समाचा एजेन्सीबाट प्राप्त भएको हो भने, स्रोतसहित दिनुपर्ने हुन्छ, अन्यथा एउटा स्रोतबाट प्राप्त समाचार अलग–अलग मिडियामा आउनु सुहाउने कुुरा होईन । तसर्थ अब सबै क्रियासिल प्यूठानी पत्रकारहरु मिसन सहितको विकास पत्रकारिता मार्फत आफ्नो गाँउटोल सिंगो प्यूठान हुँदै सम्वृद्ध राष्ट्र बनाउने महान अभियानमा जुटौँ ।
कमेन्ट गर्नुहोस !