मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

हरेक काम समयमै गर्नुु पर्दछ


पद्मप्रसाद शर्मा
हरेकको मन जति प्रसन्न हुन्छ । विचारहरु त्यति खुल्छन् । जति विचार खुल्छन त्यत्ति मन प्रसन्न हुन्छ । विचारले मन प्रसन्न हुन्छ भने प्रसन्न मनमा विचारहरु फुर्ने गर्दछन् । तर यतिवेला स्वाभिमानि नेपालीको मन प्रसन्न हुन सकेको छैन । मन प्रसन्न नभए पनि सक्दो नयाँ विचारहरुको खोजिमा हरेक स्वाभिमानि नेपालीहरु लागिरहेका छन् । यो मुलुकलाई माया गर्नेहरु स्वाभिमानि नेपाली सबैको मन कुडिएको छ । मन कुुँडिने अनेकन कारणहरु छन् त्यस मध्यमा दुुईवटा प्रमुुख कारणहरु छन् । एउटा छिमेकी भनिने भारतले हाम्रो सिमा अतिक्रमण गरेको छ । दोश्रो कोरोनाले अतिक्रमण गरेको छ । अहिले कोरोना भन्दा पनि छिमेकीको मिचाहा प्रवृतिले नेपालीको मन अति कुँडिएको छ ।
विश्व महामारी संक्रमणका कारणले विश्व आक्रान्त भएको समयमा यसबाट कसरी आफू बच्ने र अरुलाई कसरी बचाउने ? भन्ने चिन्तन गर्ने समयमा हामी छिमेकीले दिएको उपहारको ? वारेमा वहस र छलफल गर्नमा व्यस्त रहेका छौं । यो कस्तो विडम्वना ? काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेको जस्तै भएको छ । एकातर्फ हामीले छिमेकी मानेको र मित्रराष्ट्र भनेको सधियारले आफ्नो शक्ति देखाउनका लागि हाम्रो भूमि मिचेको अवस्था छ भने अर्कोतर्फ उसले हाम्रो भूमिमा बाटो निर्माण गरिरहँदा र निर्माण गरिसक्दा पनि नेपाल सरकारले आफूले थाह पाएर पनि नागरिकका सामुुमा उक्त कुरा सार्वजनिक गरेन वा गर्न सकेन ? यसको मूल कारण के हुनसक्छ । यतिवेला हामीले वार्ता,सम्वादको कुरा अगाडि सारेका थियौं भनेर थोरे झुकेको भाषा प्रयोग गरिरहेको छ । यस्तो सम्वेदनशील कुरा आम नागरिकलाई समयमा खवर किन दिइएन ? यो अहंम सवाल हो । जतिवेला भारतले हाम्रो भूमि मिचिरहेको थियो र बाटो निर्माण गरिरहेको थियो । त्यतिवेला उसले त्यही कुरा सार्वजनिक गरेको भए नागरिकबाट समेत दवाव हुने थियो । सम्वतः भारत काम रोक्न बाद्य हुने थियो ।

छिमेकी मुलकको जमिन लुछ्नका लागि एउटा मित्र राष्ट्रको नाताले भारतले आफै लाजमान्नु पर्ने हो । किनकी नेपाल एउटा सार्वभौम मुलुक हो । मित्रराष्ट्रको घेरा उसले आफै तोडिसकेको हुनाले उसले लाज मानेन किनकी उसलाई नेपालप्रति सायद सहानुुभूति छैन । सहानुुभूति नहुनेका लागि के को मित्रता ? तर नेपाल सरकारले त आफ्ना नागरिकलाई समयमा यसको सूचना सार्वजनिक गर्न सक्थ्यो । के नेपाल सरकारलाई आफ्ना नागरिकप्रति विश्वास छैन ? राज्य बलियो हुने भनेको नागरिकको साहसले नै हो । नागरिकको साथ सहयोग र मतले राज्य बलियो हुन्छ । नागरिकले रुचाए भने सरकारको समर्थन बढदै जान्छ । कहाँको राज्य नागरिकको साथ र सहयोग विना दरिलो हुन सक्छ ? यो मर्म नेपाल सरकारले किन समयमा बुुझेन ? एकै पटक भारतले नेपालको भूमि मिचेर सडक समेत निर्माण गरेर उद्घाटन गरेको खवर भारतीय सञ्चार माध्यमबाट सार्वजनिक भएपछि सरकारले आँखा खोल्ने प्रयास ग¥यो । त्यो पनि विभिन्न ब्यक्ति तथा राजनीतिक दलहरुले छिमेकीको अनैतिक कार्यको घोर निन्दा तथा भत्सना गरेपछि सरकारले मुख खोलेको हो । हाम्रो सरकार नेपालको भूमि मिचिदासम्म पनि चूँसम्म नबोल्नुको कारण के थियो होला ?यसको कारण नेपाली नागरिकले सधै खोजिरहने छन् । यसको जवाफ वर्तमान नेपाल सरकारसंग हुनै पर्छ ।
सरकार यस्ता मामलामा सधै चनाखो रहनु पर्दछ । हरेक मुुलुकसंग सम्पर्क गर्नेदेखि लिएर सन्धीसम्झौताहरु सरकार, सरकार स्तरमा हुन्छ त्यो पनि नागरिकको हितमा छ भने सन्धिसम्झौता गर्ने हो । नागरिकको हितमा छैन भने त्यो पनि गर्नुु हुँदैन । सरकारका हरेक क्रियाकलाप नागरिकका हितका खातिर हुनुुपर्दछ । यस्तो सरकारलाई सर्बजन हिताय सरकार भन्ने गरिन्छ । आफ्नै भूमि मिच्दासम्म पनि आँ नगर्ने सरकारलाई के भन्ने ? यसको वारेमा पछिका दिनमा खेजी गरौला । अहिलेको जल्दोबल्दो कार्य भनेको छिमेकीले गरेको व्यवहारको निन्दाको कुरा गर्नु हो । हामीलाई छिमेकीको वारेमा निन्दा गर्ने कुरा रहर छैन यो हाम्रो वाद्यता हो ।
कोरोना भाइरस कोभिड१९ले भारतका यो पंक्ति तयार पार्दासम्म ६७हजार बढी नागरिक संक्रमित भएका छन् भने २२०६जनाको ज्यान गएईसकेको छ । भारत सरकारले नेपालको सिमाना मिच्नुको साटो कोरोना संक्रमितहरुलाई उपचारमा ध्यान बढाउन सकेको भए उनीहरुको ज्यान बच्ने थियो । उता आफ्ना नागरिकको ज्यान बचाउन सकेको छैन । त्यसबाट उ आफैमा नागरिकबाट निन्दित छ भने अर्कोतर्फ छिमेकीको सिमा मिचेर आफ्नो दादागिरी देखाएकोमा छिमेकी मुलुकका आम नागरिकबाट पनि निन्दा खेप्न परिरहेको छ । एउटा छिमेकीले अर्को छिमेकीमाथि गर्ने यस्तो खालको व्यवहार कुुनै पनि स्वतन्त्र मुलुकका लागि सैह्य हुँदैन । यो कुरा हाम्रो छिमेकीले कहिले बुुझ्न सक्ला ??
एकदुुई पटक होइन,एकदुुई ठाउँमा होइन वारवार हरेक स्थानमा यस्ता घटनाहरु भइरहेकाछन् । कहिले सिमानाका नदीहरुमा एकलौटी बाँध बाँधेर नेपाली भूमि डुुवानमा पार्ने गर्छ भने कहिले सिमास्तम्भ सारेर नेपालको जमिन आफ्नो पोल्टामा पार्न खोज्छ । अव हुँदा हुँदा नेपालको जमिन आफ्नो नक्सा भित्र पारेर त्यही भूमि मिचेर बाटो निर्माण गरिसकेको छ । यो भन्दा निन्दानीय काम के हुन सक्छ ? हेप्नुको पनि सिमा हुन्छ । भारतले असल छिमेकी कस्तो हुन्छ त्यसको पाठ कहिल्यै पढेन जस्तो लाग्छ । छिमेकी र मित्रराष्ट्र फरक कुरा हो । मित्रराष्ट्र मित्रता हुनेहरुसंगमात्र हुन्छ छिमेकी त सिमाना जोडियो भने स्वतः हुन्छ । तर भारतलाई हामीले छिमेकी मात्र नभनेर असल मित्रराष्ट्र समेत भन्दै र मान्दै आएका छौं तर उसले हजारमा एक अंश पनि त्यस्तो सकारात्मक व्यवहार देखउन सकेको छैन ।
समय अझै बाँकी छ । हामीले दिने सम्मान सधै दिने वातावरण बनाउने जिम्मा भारतको हो । नेपालको सरकारले कुटनीतिक प्रयास गरेन भनेर नेपाली स्वाभिमानि नागरिकले भारतको मिचाहा प्रवृति कदापी स्वीकार्ने पक्षमा छैनन् । ठूलो हुनुको नाताले छिमेकी मुलुकले सह अस्तित्वको भाव देखाउन जान्नुपर्दछ । अहिले बल उसैको पोल्टामा छ । अहिले मिचिएको भूमि भारतले खुशी मनले फिर्ता गर्ने पक्षमा हरने छैन । त्यसकारण चाहे अन्तरराष्ट्र गुुहारेर हुन्छ या संयूक्तराष्ट्रसंघलाई गुुहारेर हुन्छ । या त्रिपक्षीय वार्ता गरेर हुन्छ यही मौकामा थालनी गर्नुुृपर्दछ । यो मौका चुक्यो भने भोली हामी आफै पछडि परेको हुने छ । किनकी “आदेयश्य प्रदेयस्य कर्तव्यश्च कर्मण छिप्रं किं पिवानश्य चीरकाल पिवियतत्समः ।।”

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top