बुधबार, कार्तिक ५, २०८३ | Wednesday 21st October 2026

दोसांधमा नेकपा


शिवराज पण्डित (पीएच.डी.) ।

एकताको दुई वर्ष (२०७५ जेष्ठ ३ गते ) नपुग्दै सत्तारुढ दल नेकपा भित्रको शक्ति संघर्ष चरम उत्कर्षमा पुगेको छ । पार्टी एकताकाले पूर्णता नपाउंदै विभाजनको दिसातर्फ उन्मूख हुंदा चौतर्फी निराशा छाएको छ । माहामारीबाट सिर्जित समस्याहरु हल गर्न राष्ट्रिय एकता कायम गरी अघि बढ्नु पर्नेमा सत्तारुढ दल भित्र सत्ता स्वार्थका लागि नाङ्घो चलखेल हुनु किमार्थ स्वीकार्य हुदैन । परिदृश्यमा नेता बिशेष लक्षित मात्र देखिएको विवाद पार्टी विवादको दिसा तर्फ उन्मूख त छैन ? पार्टी एकता पूर्व एमालेको संस्थापन पक्ष भित्रको गुटगत् स्वार्थको चरम अभिब्यक्ति अहिले छरफष्ट भएको त होइन ? एकीकरण पूर्ब सुसुप्त अबस्थामा रहेको विवाद प्रचण्डको फ्यूलिङ्घले उजागर गरेकोे त होइन ? यी यावत प्रश्नहरु राजनैतिक बजारमा ब्याप्त छन् । यी प्रश्नहरुको उत्तरको खोजि भै रहेको छ ।
हरेक बस्तुको विघठन आन्तरिक कारणले हुन्छ । यो विज्ञानको मान्यता हो । नेकपाको एकता,विकास र विवादको चुरो कुरा पनि यसैको सेरोफेरोमा खाज्नु पर्ने हुन्छ । झण्डै पांच दशक विपरित बिचार र कार्यशैलि बोक्दै आएका ने.क.पा. एमाले र माओवादी बीच दुई वर्ष पहिले एकता भयो । दुई पार्टी बीचको एकतालाई विभिन्न तरिकाले अर्थाइयो । दुई पार्टीको एकतासभामा बाबुराम भट्टराईले भने– यो एकता आकस्मिक आबश्यकताको सिद्धान्तको उपज हो । भिन्न सोंच र बैचारिक कार्यशैलि बोकेका पार्टीहरु बीचको एकता भावनात्मक रुपमा हेर्दा जति सहज रुपमा अघि बढ्ने अपेक्षा गरिएको थियो,तर ब्यबहारिक दृष्टिले हेर्दा सहज रुपमा अघि बढ्न सक्ने अबस्था भने थिएन ।
दुई पार्टीहरु बीचको एकता बैचारिक आस्था, विधि र प्रक्रियालाई दीगो बनाउने अभिप्रायबाट प्रेरित भएको नभै विशुद्ध सत्ता र स्वार्थ केन्द्रीत थियो । प्रचण्डले दुब्लाउंदै गएको माओवादी पार्टीबाट आफनो भविश्य देखेनन् । त्यस्तै एमालेका अध्यक्ष के.पी.ओलीले पनि आफ्नो पार्टीको एकल प्रयासबाट आफू प्रधानमन्त्री हुने संभावना नदेखेपछि दुई भिन्न स्वभाव भएका नेताहरु बीच सत्ता स्वार्थले जन्माएको अपवित्र एकता थियोे । यो एकता दुई नेता बीच उत्पन्न हुने असमझदारीबाट कुनै पनि समयमा दुर्घटना हुने संभावना थियो र कायमै छ पनि । प्राविधिक र गणितीय जोड घटाउका आधारमा भएको कम्युनिष्टहरुको एकता विश्वमा बिरलै टिकेको देखिन्छ ।
नेकपाको विवादको रुप पक्ष विधि, प्रक्रिया,शैलि देखिए पनि विवादको सार पक्ष भनेको पूर्व माओवादी र एमाले बीचको तिक्तता नै हो । पूर्व माओवादी र एमालेका शीर्ष नेताहरु गुट उपगुटबाट थला परेका थिए । दुबै पार्टीले गुटको ब्यबस्थापन गर्न असमर्थ थिए । पूर्व एमालेमा रहेका मूलतः तीन गुट ओली,खनाल र नेपाल र माओवादीका दाहाल,श्रेष्ठ र थापा मूल गुट भित्र पनि थुप्रै उपगुटहरु थिए ति गुट उपगुटहरुले समानान्तर पार्टीको सत्ता चलाई रहेका थिए । गुटहरुको स्वार्थ टकरावको कारण दुबै पार्टीहरु कमजोर थिए । गुट ब्यबस्थापन नगरी पार्टी एकीकरण गरियो । पार्टी एकीकरण पश्चात ति गुटहरु अन्त्य गर्नुको सट्टा झन बलशाली गराउंदै लगियो । नयां परिवेशमा दुबै पार्टीले अख्तियार गर्दै आएका पुराना बिचारहरुलाई २१ औं शताब्दी अनुकुलको नयां बिचारको विषयमा पार्टी कमिट र कार्यकर्ताहरु बीच सघन बहस चलाउनु पर्ने थियो । बैचारिक आदर्श भूत्य भएको समूह राजनैतिक दल नभै स्वार्थ समूह हुन्छ । स्वार्थ समुह बीच स्वार्थ नमिल्दा विवाद र फुट हुनु अस्वभाविक मानिदैन ।
कम्युनिष्ट बिचार र आदर्शलाई समृद्ध गर्ने योजना सहित नेकपाको एकता गरेको भए दिनानु दिन कमजोर र विवादको घेरामा पर्ने थिएन । पार्टीको आन्तरिक जीवनका महत्वपूर्ण कार्य पूरा गर्ने तर्फ नेतृत्व ध्यान गएन । भागवण्डाका आधारमा राज्यबाट फाइदा लिने सवालमा सत्तापक्ष,प्रतिपक्ष दुबै एकमत भए । नेकपाको एकता भएको दुई दुई वर्ष सम्म पार्टी एकीकरणको काम पूरा हुन सकेनन् । पार्टीको सचिवालय,स्थायी कमिटिको बैठक,केन्दीय समितिको बैठक देखि तल्ला कमिटिहरु विधान अनुसार जुन जुन समय र तालिकामा बस्नु पर्ने हो किन बस्न सकेनन् । जनबर्गाीय संगठनहरुको एकताले पूर्णता पाएको छैन । गठित पार्टी कमिटि र संगठनहरु विधान अनुसार चलेका छैनन् । यी सबै घटनाक्रमहरुले पार्टी स्वभाविक र गतिशिल रुपमा अघि बढ्न सक्ने अबस्था देखिदैन ।
बामदेब कार्डको मनोविज्ञानः
नेकपा भित्रको विवाद समाधानका लागि गत् बैशाख १७ गते बसेको सचिवालयको बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बामदेब गौतमलाई प्रधानमन्त्री र बरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्तावले राजनैतिक बजारमा थप अन्यौल र संसय पैदा गरेको छ । हालको राजनैतिक शक्ति सन्तुलनका दृष्टि र संबैधानिक दृष्टिले समेत बामदेब प्रधानमन्त्री हुन सक्दैनन् । संबैधानिक दृष्टिले तत्काल असंभव कुरा बामदेबलाई प्रस्तावित गर्नुको पछाडि केहि रहस्यहरु रहेको बुझन् र अनुमान लगाउन सकिन्छ । यो विषयमा अनुमान लगाउने भरपर्दो आधार बैशाख ८ गते ओलीले जारी गरेको दल सम्बन्धी अध्यादेशले पनि प्रष्ट पार्दछ । यो अध्यादेशको सांकेतिक महत्व धेरै छ ।
अध्यादेश प्रकरणपछि बामदेव निवास भैंसेपाटीमा बसेको ओली इतर नेताहरु बामदेव गौतम, झलनाथ खनाल, माधव कुमार नेपाल र पुष्पकमल दाहाल समेतको अनौपचारिक बैठकले ओलीको सर्वसत्तावादको विरुद्धमा एकमत हुने निर्णय गरेका थिए । राजनीतिका चतुर खेलाडी ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताब गर्नु र माधव कुमार नेपाललाई तेस्रो बरियताको अध्यक्ष बनाउने प्रस्ताव गर्नु पूर्व एमालेलाई काखा र पूर्ब माओवादीलाई पाखा लगाउने रणनैतिक चालका रुपमा ल्याएको विश्लेषण गर्न थालिएको छ । यो चाल ओलीको पार्टी एकता भावना, मर्म र मनोविज्ञान विरुद्धको चालको रुपमा हेरिएको छ ।
अबको बाटोः
गत् निर्वाचनमा दुई पार्टी (माओवादी र एमाले )ले चुनावी तालमेलको बिन्दूबाट भएको एकतालाई जनताले अनुमोदन गरेपछि २०७५ जेष्ठ ३ गतेका दिन विधिवत रुपमा एकता भै नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । यो एकता झट्ट हेर्दा नेताहरुको सत्ता स्वार्थ पूरा गर्नका लागि भएको देखिएतापनि नेकपाको एकता सिंगो देश र कम्युनिष्ट कार्यकर्ताको भावना र आबश्यकता अनुसार भएको थियो । देशमा ब्याप्त अस्थिरताको अन्त्य गर्दै स्थिर सरकार ,सुशासन र समृद्धिको चाहाना पूरा होस भन्ने नेपाली जनताको दशकौं पूरानो चाहाना हेतु यो एकता भएको थियो । नेकपालाई दिएको मत कुनै अमुक ब्यक्तिको श्रेष्ठता देखेर दिएको मत पनि होइन । नेपाली जनताको कम्युनिष्टको बहुमत सरकार देख्ने चाहाना अनुरोप प्राप्त भएको मतका आधारमा गठन भएको ओली सरकार हो । यो सरकार र नेकपा संग आठलाख कार्यकर्ताको भावना पनि जोडिएको छ । राजनैतिक दलमा ब्यक्ति ठूलो हुदैन, पार्टीको विधान,बैठकका भेला र निर्णयहरुको अधिनमा नेतृत्व रहनु पर्दछ । यो दलको सामान्य नियम र सिद्धान्त पनि हो ।
माहामारीको बहुआयामिक प्रभावको आंकलन र विश्लेषण गरी राष्ट्रिय एकता प्रदर्शन गर्नु पर्ने समय गलत मनसाय राखेर एकल रुपमा अघि बढने र सकुनीको पासा जस्तै जालमा पार्ने प्रंपच राख्नु गलत हो । शीर्ष नेताहरुले एक अर्कोको भूमिका र सहअस्तित्व स्वीकार गर्दै केन्द्रीय समिति,स्थायी समिति र सचिवालयको बैठक र कार्यकर्ताको भावना अनुरुप एक ब्यक्ति एक पदको अबधारणालाई ब्यबहारतः कार्यान्वयन गर्ने हो भने तत्कालका लागि यो विवाद समाधान हुन सक्ने देखिन्छ । यद्धपि नेकपाको एकता,विकास र पछिल्ला घटनाक्रमहरु अध्ययन गर्दा अहिलेको विवाद पूर्ब माओवादी समूह र यसका नेता प्रचण्डलाई प्रतिउत्पादक हुन सक्ने देखिन्छ । पूर्ब माओवादीहरुलाई असहज हुनु भएको सिंगो कम्यूनिष्ट आन्दोलन पनि अधोगतिउन्मूख हुनु हो । कुनै कारणले यो एकता टुट्यो भने अतिवादले प्रश्रय पाउने छ । चर र अबसर खोजेका पश्चिमा देशहरु र छिमेकी देशहरु समेतको ध्यान नेपाल प्रति हुने छ । तसर्थ सबै शीर्ष नेताहरुले सोच्नुहोस र देशलाई गंभिर दुर्घटनाबाट बचाउनु होस ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top