बिहिबार, कार्तिक ६, २०८३ | Thursday 22nd October 2026

स्मृतिमा भियतनाम ः अनुभूति र सिकाइ


डा. शिवराज पण्डित

भियतनामको डानाङ्ग शहरमा अवस्थित डोङ्गा विश्व विद्यालयको निमन्त्रणामा मिति २०७४ माघ १९ गते देखि २३ गते सम्म “एशियाको भविश्य” विषयक अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिने अवसर मिल्यो । यो सेमिनारको मूख्य उद्धेश्य एशिया महादेशमा सूचना, प्रविधि, व्यवस्थापन र शिक्षा क्षेत्रमा भएका असल अभ्यासहरु एक आपसमा साटासाट गर्ने उद्धेश्यले आयोजना गरिएको थियो । यस्तो सेमिनार विगत् ८ वर्ष देखि हुंदै आएको रहेछ । म सहभागि भएको समिनार १९ औं थियो । १८ औं सेमिनार चीनको संघाइमा भएको थियो भने अव अर्को सेमिनार आगामी श्रावण महिनामा जापानको ओशाका शहरमा हुने छ । सेमिनारमा सहभागि भएका व्यक्तिहरु विश्व विद्यालयमा कार्यरत प्राध्यापक र एशिया का विभिन्न विश्व विद्यालयमा आवद्ध भै विद्यावारिधी गरी रहेका शोधार्थीहरु थिए ।
मेरो लागि विदेश भ्रमण नौलो नभए पनि सेमिनारमा सहभागिताको लागि भने नौलो थियो । यो भ्रमणलाई मैले तीनवटा दृष्टिकोणबाट हेर्ने प्रयास गरेको छुं । पहिलो राजनैतिक दोस्रो शैक्षिक र तेस्रो विकासको दृष्टिकोणबाट ।
राजनैतिक दृष्टिकोणः
विश्व कम्यूनिष्ट आन्दोलनको दृष्टिले हेर्ने हो भने एशिया महाद्धीपमा भियतनाम र उत्तर अमेरिकी देशहरुमा क्यूवालाई फरक ढंगले हेरिन्छ । फरक ढंगले हेर्ने एउटै मात्र आधार हो विरता र सौर्यता हो । यी दुवै देशहरु अमेरिकी साम्राज्यवादसंग झुेकेनन् । बरु अमेरिकी साम्राज्यवादलाई झुक्न वाध्य पारे । भियतनामको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने सन् १९४१ देखि १९४५ सम्म भियतनाम जापानी सेनाका कव्जामा थियो । भियतनामीहरुले कम्यूनिष्ट पार्टीको नेतृत्वमा भियतनामा सन् १९४५ मा गणतन्त्रको स्थापना गरे । तर सन् १९४५ मा फ्रान्सेली साम्राज्यवादले भियतनामको दक्षिण भाग कव्जा गर्यो । भियतानामीहरुले फ्रान्सेली साम्राज्यवादका विरुद्ध प्रतिरोधपूर्ण आन्दोलन गरे । आम श्रमिक जनताले देशको उत्तरी भागमा साम्राज्यवाद विरुद्ध सफलता प्राप्त गर्न सफल भए । सन् १९४५ मा युद्ध समाप्त भयो र सोभियत रुसको सहयोगमा श्रमिक जनताहरु अर्थव्यवस्थाको सुधार गर्न तर्फ लागे । कृषि र उद्योगमा समाजवादी परिवर्तनहरु भए । सम्पूर्ण निजी पूंजिवादी उद्योगहरु राष्ट्रियकरण गरियो ।
सन् १९५५ मा दक्षिण भियतनाममा अमेरिकी हस्तक्षेप भयो । अमेरिकी साम्राज्यवादले दक्षिण भियतनाममा कठपुतली ‘ भियतनाम गणराज्य ’ घोषणा गरयो । त्यसको विरुद्धमा भियतनामीहरुले सन् १९६० मा राष्ट्रिय मुक्ति मोर्चा गठन गरे । सन् १९६५ मा अमेरिकाले आफनो सेना भियतनाममा उतारयो र सैनिक कार्वाही अगाडी बढायो । सन् १९६४ देखि १९७२ सम्म अमेरिकी साम्राज्यवादले भियतनामी जनता माथि लगातार वमवर्षा गर्यो । यो क्रममा करिव ३ लाख भियतनामीहरुले साहदात प्राप्त गरे । तर भियतनामीहरु अमेरिकी साम्रज्यवादसंग झुकेनन् । सन् १९७५ मा दक्षिण भियतनामको कठपुतलि सरकार ढल्यो र सन् १९७६ मा संयूक्त भियतनामको राष्ट्रिय सभाले भियतनाम समाजवादी गणतन्त्रको स्थपना गरयो । त्यसपछि स्वतन्त्र र सार्वभौम भियतनामले अग्रगामी छलाङ मारेको अवस्था प्रत्यक्ष रुपमा देख्न पाउंदा धेरै खुसी लाग्यो । अहिले समाजवादी ढांचाको राजनैतिक प्रणालीले भियतनामी जनताको समृद्धिको चाहनालाई पूरा गरेको देखियो । ६ दिन भियतनाम बस्दा सेमिनारको समयावधि भन्दा अन्य समयमा विभिन्न पर्यटकीय र औधोगिक क्षेत्रहरुको भ्रमण समेत गराइएको थियो । विकास हुनका लागि पूंजिवादी व्यवस्थाबाट मात्र संभव छ भन्ने पूंजिपन्थीहरुको धारणा विपरित समाजवादीहरुका लागि भियतनाम एउटा पाठसाला हुन सक्दछ । भियतनामले समाजवादी गणतन्त्रामक व्यवस्थाको जगमा टेकेर भियतनामी जनताको विकास र समृद्धिको चाहाना पूरा गर्दै अबका केही वर्ष भित्र एशिया र युरोपका विकसित देशहरुको हाराहारीमा आफूलाई उभ्याउने अनुमान गर्न सकिन्छ ।

शैक्षिक दृष्टिकोणः
भियतनमाले शिक्षालाई उच्च प्राथमिकता दिएको देखियो । कूल वार्षिक बजेटको २१ प्रतिशत शिक्षामा लगानी गरेको देखियो । यो प्रतिशत पूर्वि एशियाका अन्य देशहरुको तुलनामा उच्च रहेको सेमीनार कार्यक्रममा जानकारी गराइएको थियो । देश विकासको मूख्य आधार शिक्षा हो भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन । शिक्षा समाज र समयको माग अनुकुल भयो भने मात्र देशको विकास संभव हुन्छ । यो कुरालाई भियतनामीहरुले राम्रो गरी बुझेको देखियो । सूचना प्रविधि,इन्जीयरिङ र व्यवस्थापन जस्ता विषयलाई उच्च प्राथमीकता दिएर पठन–पाठन गरेको देखियो । भियतनामको शिक्षामा भियतनामको समाज विकासका ३ वटा आयमहरु कृषि क्रान्ति, औधोगिक क्रान्ति र ज्ञानमा आधारित क्रान्ति ९ पलयधभिमनभ दबकभम च्भखयगितष्यल ० का आधारमा समग्र शैक्षिक प्रणालीलाई विकसित र उन्नत गर्दै लगेकोे देखियो । भियतनामको शिक्षामा एशियाका नवोदित राष्ट्रहरु सिंगापुर ,दक्षिण कोरिया, मलेशिया आदि देशहरुको प्रत्यक्ष प्रभाव रहेको देखियो । भियतनामले शिक्षालाई व्यवहारिक र औधोगिक समाजका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने दृष्टिकोणले समग्र शिक्षा प्रणालीको विकास गरेको देखिन्छ । सेमिनार भएको डानाङ्ग सहरमा अवस्थित दुईवटा ठूला उद्योगहरु क्रमशः हुन्डाइ र ग्यांस उद्योगमा सेमिनारमा सहभागी भएका विभिन्न देशका प्रतिनिधिहरुलाई भ्रमण गराइएको थियो । उक्त उद्योगहरुमा भ्रमण गर्दा संसारको प्रशिद्ध कार तथा अटोमोवाइल कम्पनीले गाडीको उत्पादनसंगै उद्योगलाई चाहिने विभिन्न प्राविधिक र गैर प्राविधिक सवै खालको कामदार उत्पादन गर्ने विश्व विद्यालय नै संचालन गरेको देखियो । देशमा संचालित विभिन्न विश्व विद्यालयहरुमा अमेरिका र अन्य विकसित राष्ट्रसंगको साझेदारीमा शिक्षामा लगानी र प्रविधि हस्तान्त्ररण सम्वन्धी विभिन्न परियोजनाहरु विश्व विद्यालय भित्र संचालन गरेको थियो । सेमिनार कार्यक्रमको व्यवस्थापन गरेको डोङ्गा विश्व विद्यालयमा एम.वि.ए. कार्यक्रम अमेरिकी साझेदारीमा संचालन भएको रहेछ ।
विकासको दृष्टिकोण ः
भियतनामले सन् १९९६ देखि सहस्राव्दी विकासको लक्ष्य किटान गरी विदेशी लगानी भित्र्याउन सुरm गरेको रहेछ । विदेशी लगानी भित्रिएको करिव २२ वर्षको अवधिमा देशको विकास तिव्र गतिमा अगाडी बढेको रहेछ । विदेशी लगानी र साझेदारीमा ठूला ठूला मेघा परियोजना संचालन गरिएको रहेछ । हामीहरुले भ्रमण गरेका विभिन्न स्थानहरुमा भियतनामीहरुले अहिले पनि विकासका पूर्वाधार कार्यक्रम संचालन गरेको देखियो । उनीहरुले बाटोलाई पहिलो प्राथमिकता दिएको देखियो । चौडा र गुणस्तरीय बाटोले नेपाली प्रतिनिधिहरुको मनलाई आकर्षित गरयो ।
भियतनामको आर्थिक विकासकाको वृद्धिदर ११ अंकका दरले अगाडि बढेको कार्यक्रम प्रस्तुतीकरण गरिएको थियो । यसले के देखाउंछ भने भियतनामको विकास तिव्र गतिमा अघि बढदैछ भन्ने देखाउंछ । भियतनामीहरुका घरहरु नेपालीहरुका घर भन्दा पनि साना तथा होचा देखियो । घरमा लगानी गर्नु भनेको चलायमान पूंजिलाई कंक्रिटमा बदल्नु हो या निष्कृय बनाउनु हो भन्ने कुरा राम्रो गरी बुझेको देखियो । चलायमान पूंजिलाई उद्योग र व्यापारका क्षेत्रमा लगानी गरेर देशको विकासमा जनस्तरबाट टेवा पुराएको देखियो । सहस्राव्दी विकासको मुख्य लक्ष्य धनी र गरीव विचको खाडललाई कम गर्ने रहेको रहेछ । भियतानाको आर्थिक विकासको मूख्य आधार पर्यटन रहेछ । गत् २०१७ मा ६० लाख पर्यटकहरु भियतनाम भित्रिएका रहेछन् । पर्यटन व्यवसायलाई प्रमोट गर्न निजी र सरकारी स्तरबाट धेरै प्रयासहरु भएका रहेछन् ।
अन्त्यमा,
विश्वका दुई ठूला साम्राज्यवादी देशहरु क्रमशः फ्रान्स र अमेरिकाको दासता व्यहोराका भियतनामीहरुले जसरी साम्राज्यवादीहरुसंग नझुकेर देशको स्वाधिनता र सार्वभौमिक अखण्डा अक्षुण राख्दै २१ विकासको पथमा अगाडी बढदैछन् त्यसबाट नेपाल जस्ता देशहरुले पाठ सिक्न जरुरी छ । नेपालीहरु व्रिटिश साम्राज्यवादसंग देशको स्वाधिनताका लागि नालापानीमा भिंषड लडाई लडे । तर त्यसपछिका शासकहरु साम्रज्यवादी र विस्तारवादीहरुसंग सत्ताका लागि आत्समपर्ण गर्दै गए । अहिले पनि नेपाल स्वतन्त्र र अविभाज्य भने नेपालका शासकहरु विदेशीहरुको इसारामा चल्दै छन् । व्यवस्था परिवर्तन भयो सोंच र व्यवहार परिवर्तन भएन ।्
अमेरिकाले जापानको हिरोसिमा र नागासाकिमा बम वर्षा गरयो । लाखौं जापानीहरु र सम्पत्तिको नष्ट भयो । अन्ततः अमेरिकी लगानी र प्रविधिमा जापान विश्वको धनी र सम्पन्न राष्ट्र बन्यो । अमेरिकी योजनामा उत्तर र दक्षिण कोरिया विभाजन गरियो । दक्षिण कोरिया अमेरिकाकै लगानीमा समृद्धिको दिसामा अगाडि बढेको छ । भियतानामा पनि त्यहि देखियो अमेरिकाले ३ लाख भन्दा बढी भियतनामीहरुको कत्लेयाम गरयो । अन्ततः अमेरिकी लगानीबाटै देश समृद्धीको दिसा तर्फ अगाडि बढदै छ । तर नेपाल खरावौंको विदेशीको लगानी भित्रिदा पनि सधै गरिवी र पछौटेपनमा बांच्न विवस छन् नेपालीहरु ।
नेपाली शासकहरुले नेपाललाई स्वीट्जरलैण्ड,जापान र सिङ्गापुर बनाउने उद्घोष गरे । तर ती देशहरुबाट होइन भियतनाम जस्तो देशबाट यो देशका शासकहरुले धेरै कुरा सिक्न जरुरी छ । कम्यूनिष्टहरुको लागि भियतनाम पाठसाला हुन सक्दछ । उत्पीडनमा परेका राष्ट्रका जनतामा राष्ट्रप्रेमको भावना र त्यो भावना देश विकासमा कसरी रुपान्तरण वा जागरण हुंदो रहेछ भन्ने कुराको जिंउदो उदाहरण हो भियतनाम ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top