शुक्रबार, कार्तिक ७, २०८३ | Friday 23rd October 2026

फर्किऊ नानी अव त नेपाल फर्किऊ !


लिला पुन
नानी आज तिमीलाई सम्झिदा आँसुको धारा खस्छ ! तर भन्न मिल्दैन फेरी नभनि पनि नहुने ! म अहिले सगरमाथाको काखमा सुतेको देश शुन्दर नेपालको भूमिमा छु ! अत्यान्तै पिडाबोध भइराखेको छ तर भएर के गर्नु ! सायद यसबेला तिमीले कुवेतको ६७ डिग्री तापक्रम भएको देशमा पसिना चुहाउँदै काम गर्दै छौं होला ! हामी बाजे र बजैको नाताले तिम्रो तीनवटा बच्चाबच्ची काखमा राखेर हुर्काइ राखेका छौंं । नारी जाति भनेर हुँदैन, सबै नारी तिम्रो जिवनसङगिनी जस्ता हुँदा रहेनछन् । तिमीले नेपाल छोडेको पाँच बर्ष सम्म तिमीले कमाएको सुन, चाँडी, कसनतमन् टिपेर घरकी बुहारी घरमा छैन किनभने तिमीले कमाएको रकम उसैको हातमा आउँने ग¥थ्यो । हामीले थाहा पाएनौ, उसंग कति रकम थियो भनेर, अहिले मात्र बल्ल थाहा पायौं, तिमीले कमाएको तीनवटा भुराभुरी रहेछन् भनेर !
नानी हामीले पनि दोष दिदैनौ, यो अपराधीहरुले संघीय राज्यसत्ता चलाएको देशमा, किनभने यहाँ उनलाई पनि तीनवटा बच्चा पाल्न बाधै थियो होला ! राज्यसत्तालाई मात्र दोष होइन, छोराले आमाबाबुको विश्वास नगर्दा र आफ्नै जिवनसंगिनीको धेरै विश्वास गर्दा बढेको विकृति नै तिम्रो दोष हो । तिम्रो कमाई हामीले कति खाने थियौं र ! केबल एक गिलास चिया । तर आज दुःखको कुरो तिम्रो घरै शुन्य छ ! तिम्रो घर शुुन्य होइन, छरछिमेक शुन्य छ, छरछिमेक शुन्य होइन देशै शुन्य छ किनभने विसंगति र विकृतिले गर्दा देशै रोएको छ । नेताहरु कानुन बनाउँछन् , बीसबर्ष पछी मात्र विहा गर्ने भनेर, तर आफूहरु १८ बर्षे केटी टिपेर टाप ठोक्छन् ।
गाउँ घरमा कति विडम्वना छ १८ बर्षे लक्का जवान र जवानीको ! गाउँघरका छुल्याहाँ फताहाले कुरा लगाई दिन्छन् बीस बर्ष नपुग्दै विवाहा ग¥यो भनेर ! तर फेरी तिनै बदमासहरुलाई चाहिन्छ १८ बर्षे केटी ! आहा..कति मजाको छ हाम्रा विधाताले बनाएको विधान ! नयाँ दुल्ही भित्राउँने भनेर आँगनमा छरिएको खुसियालिको आज विजोग भएको छ ! जुन घरमा नयाँ बुहारी भित्राउँने भनेर नयाँ हौसला, नयाँ उमंग बोकेर, नयाँ जोस जाँगरसहित गाउँका इष्टमित्र दाजुभाइ, दिदी बहिनीको उपस्थिति थियो ! त्यो उपस्थिति भरखर मात्र शुन्यमा परिवर्तन भएको छ । राज्यले त राम्रै नितिनियम बनाएर जनताको निम्ति राम्रै काम सोचेको हो तर सोचेन, त्यो बैसालुहरुको बैंसले ! बैंसालुहरुको बैंसले मात्र होइन, हाम्रो सनातन् चलिआएको हिन्दू धर्मको धर्म संस्कारले ! किन सोच्ला त हिन्दू संस्कार र संस्कृतिले ! उसले अझै चाँहिराखेको छ, ओंठ निर्चोदा दुध आउँने नौ बर्षे बालिकालाई दुल्ही अन्माएर साठी बर्षको बुढोको जिम्मा लगाई दिने, बुढो म¥यो भने सत्र बर्षे लाउँ–लाउ,ँ खाउँ–खाउँ भन्ने बैंसकी लक्का जवानी केटीलाई घाटमा लगेर संगै पोल्न लगाउँने !
बुझ्दैन यो युगको मर्म ! त्यो युगमा चलेको संस्कार र संस्कृतिले ! त्यो युगको संस्कार, संस्कृतिले त अझै सोंचेको होला, हाम्रा युवा युवतीहरु आजभन्दा दुई सय बर्ष पहिले जस्तै बनमा सिकार खेल्न जान्छन् , दाउरा, घास काटछन्, खोरिया खन्छन् , मकै, कोदो र फापर छर्छन् , भैसी, गाई, भेडा, बाख्रा पाल्छन् , ग्वाँला जान्छन् , “कान्छिकलै मा बरै” गीत आउँछन् ! सोचेको होला, नेपाल अधिराज्यभर अझै चालिस हजार जनता छन् भनेर ! तर विचरालाई थाहा छैन, यो देशको जनताको जनसंख्या तीन करोड पुगिसक्यो भनेर ! दिनहुँ जसो देशबाट १५ सय देखि लिएर २ हजारको हाराहारीमा देशका युवा शक्तिहरु विदेश पलाएन भएको ! नेताहरु सत्ता र भत्तामा रमाउँन र कमाउँनमा ठिक्कै छन् । कसले देखोस ती निर्धा निमुखा गरिवी गुरवा जनताका कथा व्यथाहरु ! विचल्ली छ, दुरदराजका गाउँ, बस्तिहरुमा ती विचराहरुको ! कथै भनेर उनको दुःखमा साथ दिने कोही छैनन् । छोराबुहारी, छोरीज्वाँइ सबै विदेश पलायन छन् । गाउँघरका उब्जाउँयोग्य जग्गाहरु सबै बाँजा छन् । पसिना बगाएर खान पनि अब त विर्सिसके होलान् हाम्रा युवायुवतीहरु ! सबैका हात, हातमा मोवाइल छन् , सबैको शरिरमा अमेरिका, जापान, जर्मन, बेलायतमा बनेका रेडिमेड कपडाहरु बेरिएका छन् ती कपडा त्यसै आएन होल ! त्यो मोवाइल त्यसै बोल्दैन होला !
दिन दहादै देशको सिमा हाँकाहाँकी मिचिएको छ, कैयो ठाउँहरुमा कैयो गाउँहरुमा रातभरि नेपाली बन्छन् हाम्रो नेपालको सिमा क्षेत्रमा बस्ने नेपाली आमाबाबु, दाजुभाइ, दिदीबहिनीहरु तर विडम्वना अर्को दिन विहान उठ्ने वित्तिकै भारतीय भइसकेका हुन्छन् ! सिमा क्षेत्र सुरक्षाको लागि भनेर नेपालको दंगा प्रहरीलाई खटाएको छ सरकारले, “मुर्खदेखि दैव दरा” भन्ने उखान चरितार्थ भएको छ उनीहरुको लागि ! राईफल, एस.एल.आर, गोली गठ्ठा र धम्कीसहित आउँछन् भारतीय सिमा सुरक्षाटोली ! नेपालीले देखेदेखै सिमा स्तम्भ उखेलेर फाल्छन् र सिमा सार्छन । त्यसरी सिमा सार्दा पनि राष्ट्र राष्ट्रियता प्रति हाम्रा नेताहरुलाई कसैलाई चासो छैन । मात्र सत्ता र भत्ताको लागि लुछाचुँडी र तछाड मछाड छ, उनीहरुलाई । राजधानीमा कसले राम्रो घर बनाउँने, कसले राम्रो महल ठडाउँने भनेर प्रतिस्प्रदा छ भने अर्को तर्फ देशमा घुँस्याहाँ भ्रष्टाचारीहरुको विगविगी छ । संघीयताको कारणले देशमा अर्थतन्त्र धरासायी हुन लागेको छ । यो कुरो कोही नेताको मुखबाट निस्कदैन ।
बहुमतीय कम्युनिष्ट शासन सत्ता भएको देशमा निर्मला पन्त जस्ति चेलीको सुरक्षा कवच पहिरिएको सरकारी प्रतिनिधि हातबाट बलात्कृत भएर मारिन्छिन् र देशैमा भैचालो जाने गरी त्यसको विरुद्व आवाज र आन्दोलन उठ्दा यो सरकारले अपराधीलाई सुरक्षा दिएर सुरक्षित ग¥यो अब भन्नुहोस दिदीबहिनी, आमाबाबु, दाजुभाइ हामी र हाम्रा चेली कहाँ सुरक्षित रहेछौं र ? अब त मेरो सरकार मेरो देश भन्न पनि आदर्श नागरिकलाई त लाजै लाग्न थालेको छ । निर्मला पन्तको बारेमा पूर्व मेची देखि पश्चिम कालीसम् म यति ठुलो विरोध र आन्दोलन हुँदा यो सरकारले पचायो भने गोप्य रुपमा त निर्मला पन्त जस्ति चेली त कति बलात्कृत भएर मारिएर फालिएका रहेछिन भन्ने कुरा त सरकारको यसै व्यवहारले प्रमाणित गरिसकोको छ ।
यसरी अपराधी, बलात्कारी, हत्यारा, अत्याचारी, घुस्याँहा, भ्रष्टाचारीहरुलाई सुरक्षा दिने र बचाउँने सरकारले के को दुरदराजको बस्तिमा बस्ने दुःखी गरिबको दुःख पीर हेरोस ! किन जाने ती बस्तिहरुमा एकदिनलाई भए पनि उनलाई गाडी चाहिन्छ, उस्तै परे साडी पनि चाहिन्छ, न त पत्र पत्रिका, न त टि.भि. न त नेट वर्क, न त खाना र बस्नको राम्रो व्यवस्था ! पञ्चायती कालको बेला भुमिगत हुँदा जंगलै जंगल हिडेको, दुःखी गरिबको घरमा लुकेर बसेको, जनयुद्वको समयमा भीर, पहर, जंगल, खालिगोठ, ओडारमा बसेको दुःखी दरिद्रीको घरमा सिस्नो र आटो, सुका साग र खोले, च्याठिएको बर्की र टालेको भोकटे सत्ता पाए पछि आज उनीहरुको लागि फोहर र छि…..र दुर….को चिजहरु भइसके । यसरी फेरीएलान् भनेर सायद जनताले दश हंस मध्धे एक हंस पनि कथेको सोचेको थिएनन् होला ! उनीहरुको लागि नेताहरुले यसरी धोका दिदा त पृथ्वी उल्टे जस्तो भएको होला ! कति उचाईमा थिए हाम्रा महान नेताहरु ! उसबेला हामीले नखाएर पनि बचायौं हाम्रा महामानवलाई ! अब उनीहरुको अनुहार हेर्न त जतासुकै जावस तिनका छायाँ भायाँसम्म देख्न नपरोस ती दानवहरुको ! तत्कालिन समयमा हाम्रो नजरमा महान भएका मान्छेहरु कसरी गिरे ! अब ती डाकुको दलहरु हाम्रो गाउँघरमा पसे कुकुरको लेखो होला, उनीहरुको लेखोजोखो हुने छैन । नफर्किउन ती पापी अपराधी र मान्छेमाराका सन्तानहरु गरिब बस्ने बस्तिहरुमा ! के नाँकले फर्किउन र ! हाम्रो अगाडी उनीहरुको देखाउँने नाँकै छैन ।
अब त देश विदेशमा बसेका सबै छोराहरु फर्किऊ ! तिम्रो आमाको काख आँसुले भिजिसक्यो । आँसुले मात्र भिजेको होइन, तिम्रो बहिनीको बलात्कृत पिडाको आँसु र हत्यापछि रगतको खोलालेसम्म भिजिसक्यो ! के हेरेर बसेका छौं, विदेशका गल्लीहरुमा ! के काम लाग्यो आमाको दुःखमा साथ नदिने ती बाहुबलि पाखुराहरु ! यहाँ म दिनदिनै आँसुले परेली भिजाउँदै रुदै दिन काट्दै गर्छु ! विदेशको धर्तीबाट अटट्हास हाँसो छाडेर हेरिरहनु ! यो आदर्श छोराको दायित्व हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top