शुक्रबार, बैशाख १४, २०८१ | Friday 26th April 2024

संविधान दिवसमा प्यूठान नगरपालिकामा विविध कार्यक्रम


प्यूठान । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्युठान नगरपालिकाले शुक्रबार विविध कार्यक्रम गरी भव्य रूपमा मनाएको छ ।
जनताका प्रतिनिधिद्धारा निर्माण गरेको नेपालको संविधान २०७२ साल असोज ३ गते संविधान सभाबाट पारित गरिएको थियो । नेपाल सरकारले असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउदै आएको छ । सोही अवसरमा देशब्यापी संबिधान दिवस मनाइएको हो ।यस प्युठान नगरपालिकाले पनि दिवस मनाएको हो ।
प्युठान नगरपालिका भित्र रहेका महिला समुहहरु ¥याली तथा लोकनृत्य प्रतियोगिताको आयोजना गरेका थिए । उक्त प्रतियोगितामा ७ वटा महिला समुहहरू बिच प्रतिस्पर्धा भएको थियो । जसमध्ये लोकगित तथा नृत्य प्रतियोगितामा, प्रथम संगम महिला बहुउद्देश्यीय सहकारी संस्था, द्धितिय विजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था , र तृतीय स्थानमा प्रेरणा महिला बहुउद्देश्यीय सहकारी संस्थाले प्राप्त गरेका थिए भने ¥याली तथा झाँकी प्रतियोगितामा प्रथम विजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था, द्दितिय संप्रेरणा महिला बहुउद्देश्यीय सहकारी संस्था, तृतीय ससंगम महिला बहुउद्देश्यीय सहकारी संस्था भएका छन । प्रथम ,द्दितिय र तृतीय हुने महिला समुहहरूलाई २ हजार ५ सय , २ हजार र १ हजार ५ सय अनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले यो संविधान समावेशी संविधान भएकोले विभिन्न जात जाति, वर्ण भाषा, धर्म, लिङ्गका आधारमा हुने भेदभावहरू अन्त्य गरि सबैको पहिचान सम्मान हुने खालको संविधान भएता पनि सङ्घीयता देशको लागि घात भएको धारणा राखेकी थिइन ।
कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्तले बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहु साँस्कृतिक, भौगोलिक विशेषतायुक्त मुलुकमा समावेशी संविधान भएकोले यसको संरक्षणमा सबै लाग्नु पर्ने बताएका थिए ।
सोही कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का जिल्ला सचिव कृष्ण अधिकारीले नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त यो संविधानले नेपाली जनतामा खुसी ल्याएको धारणा राख्दै सचिव अधिकारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न गराएको छ । मानव अधिकार पुर्ण प्रत्याभुति दिनुका साथै धर्म निरपेक्षता, बहुदलिय प्रतिस्पर्धा र स्वतन्त्र न्यायपालिका ,समानुपातिक निर्वाचन प्रणाली , समावेशी जस्ता कुराहरू समावेश भएकोले यो संविधान उत्कृष्ट संविधान भएको जानकारी गराएका थिए । महिला समुहका कलाकारहरूलाई शुभकामना दिदै नगरप्रमुख अर्जुन कुमार कक्षपतीले नगरपालिकाले शिक्षा, स्वास्थ्य ,संचार, खानेपानी, यातायात, विद्युत लगायत कृषिका क्षेत्रमा ठुलै लगानी भएको कुराको जानकारी गराउदै महिला सशक्तीकरणमा आएको परिवर्तनको सम्पूर्णको उपज यहि लोकतान्त्रिक गणतान्त्रिक संविधान भएको धारणा ब्यक्त गरेका थिए ।
प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्यको स्वागत मन्तव्य संगै आयोजित कार्यक्रमको अध्यक्षता नगरप्रमुख अर्जुन कुमार कक्षापतीले गरेका थिए भने संचालन शिवा राउतले गरेकी थिइन । । यसैगरी जिल्लाका सवै स्थानीय तहहरुले बिभिन्न ढंगले संबिधान दिवस मनाएका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top