शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

एमाले प्यूठानको रोजाईमा राजमो नेतृ दुर्गा पौडेल !


No photo description available.
सुशील पोखरेल

अहिले देशमा चर्चा चुनावकै छ , नहोस पनि कसरी ! चुनावका लागि हुने बिभिन्न चरणमध्ये यो अहिलेको प्रारम्भिक चरण हो । यसका लागि उमेदवारी चयन प्रक्रिया जसरी चलेको छ । यसपाली बिगतभन्दा फरक मोडालिटीमा हुन थालेको चुनावी समीकरणले पनि अलि बढी चासो जगाएको छ । एकातिर ५ दलीय गठबन्धन अनि यस इतर एमाले राप्रपासहितको अर्को गठबन्धन । यो गठबन्धन किन बन्यो के कसरी यहाँ सम्म आइपुग्यो यो कहानीको बिषयमा लेखिरहनु परेन । आम नेपाली जनसमुदायले बुझ्नु भएकै छ ।२०७७ पौष ५ गते यता भएका राजनीतिक घटनाक्रमले आसन्न मंसिर ४ को चुनावमा पनि मिलेर जानेमा कांग्रेस, माओबादी, एकीकृत समाजबादी, जसपा र जनमोर्चा प्रतिबद्ध छन् । यसका लागि भागबण्डा मिलाउन दिनहुँ कसरत चलेको छ । तर भागबण्डाको खिंचडी पाक्न सकेको छैन । गत स्थानीय निर्वाचनमा पनि जसरी तालमेल होला भन्ने अपेक्षा गरियो तर तालमेलदेखि नतिजा सम्म सो अनुसार भएन । अहिले भने अलि बढी प्रतिबद्ध भएरइमान्दारीतापूर्बक कार्यान्वयन गर्ने सहमति भएका छन् । यी कुरैमा सिमित हुने त होइन ? भन्ने जस्तो पनि छ । यता प्रतिष्पर्धी दल एमाले चुनावी योजना र कार्यक्रम लिएर सांगठनिक बिस्तार र प्रचार प्रसारका लागि गांउ छिरिसक्यो गठबन्धनभित्र भने सिटको सकस सल्टिन सकेको छैन । कतै मनोनयनका दिनसम्म पनि यो धपडी चलिरहने हो की भन्ने संशय पनि छ यसबारे राजनीतिक बजारमा आ–आफ्नै अडकलबाजी र टिकाटिप्पणी भइरहेका छन् ।
यो कोर्षमा गठबन्धनले मुलुकको प्रमुख राजनीतिक शक्ति एमालेलाई सकेसम्म शुन्यमा झार्ने लक्ष्य छ । यता एमाले पनि यसको प्रतिरक्षामा एउटा मेसोले मिहिन रुपमा लागि परेको छ । गठबन्धनलाई छिन्नभिन्न पारेर एक्लै बहुमत लिने उसको योजना छ । जे होस आफ्ना अडान, दावी र प्रतिष्पर्धाको दौड हेर्दा दल र उमेदवारको लोकप्रियताको कसीमा फैसला कस्तो होला ? जे होला त्यो मंसिर ४ गतेपछिका दिनले अवश्य देखाउने छ । तर यति सम्म भन्न सकिन्छ कि नत गठबन्धनले सोंचे जस्तो हुनेछ न एमालेले आँटे जस्तो । तर पनि २ धुब्रीय प्रतिष्पर्धाले यसपालीको चुनाव गतिलै खालको रेसमा बढ्नेछ । यसै सन्दर्भमा प्रत्येक जिल्ला र निर्वाचन क्षेत्रमा उठ्ने उमेदवारको आधारमा एमाले बेस्सरी खेल्नेछ । कांग्रेस उठेको ठाँउमा बामपन्थी बिचारमा आस्था राख्नेलाई आफूतिर खिच्ने अनि बामपन्थी उमेदवार उठेको ठाँउमा कांग्रेसभित्रको लवी पक्रेर त्यसभित्रको अन्तृबिरोधलाई पक्रेर मत तान्ने लगायतका अनेक उपाय र चुनावी समयमा हुने खेलका सवै पटाक्षेपहरु प्रकट हुनेछन् ।
यसैमा अहिलेको एउटा रोचक बिषय प्यूठानमा उमेदवार को होला ? भन्ने बिषय बडो गज्जवले प्रवेश गरेको छ । एमालेको बिषयमा त एउटा धारणा आइसकेको छ । तर यता गठबन्धनका दलपनि धेर,ै दलपिच्छे आफ्नो पार्टीमा भाग पारेर टिकट आफ्नो पोल्टामा पार्ने आकांक्षी पनि उत्तिकै हुन पुग्दा सवै स्वार्थ समुहहरु आ–आफ्नै ढंगले शक्ति केन्द्र धाइरहेका छन् । ५ दलभित्रको सानोतिनो जस्ता,े जत्रो भएपनि एउटा राजनीतिक शक्ति राजमोको उपस्थिति प्यूठानमा छ । राजमोले देशभरबाट बढीमा २ सिट दावी गरेको सन्दर्भमा उसले पाउने १ सिटको ठाँउ थलो भनेको प्यूठान नै हो । भागबण्डा मिलाउदा राजमोलाई त्यो १ सिट प्यूठानमा नै नैतिक रुपमा समर्थन गर्नुपर्ने शिर्ष नेतामा एकखालको धारणा बसेको देखिन्छ । यता ०७० मा चुनाव लडेका बामदेव गौतम अहिलेभने पार्टी बिभाजनपछि हसिया हतौडा चिन्ह लिएर ५ दलभित्र समाहित हुन आइपुगेका छन् । उनले पाउने १ सिट त्यो तार्जेट पनि प्यूठान नै हो । कांग्रेसले पनि डा. गोबिन्द पोखरेलाई पाएसम्म उठाउन आफ्नो दावीलाई बलियोगरी उभ्याउदै लगेको छ । माओबादी पनि सकेसम्म संघीयमा आफ्नो दावीको लागि पहल बढाइरहेको छ । यी पार्टी र पार्टी अनुसारका दावीमा एमालेले को उठ्ला ? भनेर यसको चासोमा अर्जुन दृष्टि प्रयोग गरिरहेको छ ।
स्वभाविक रुपमा राजमोले दावी प्रस्तुत गर्ने आधार एउटा त उसले अघिल्लो पटक जितेको हो । ०७४ मा एमाले, माओबादी सहितको सहयोगमा उसले जितेको थियो । अहिले जिल्लाको शक्ति सन्तुलन हेर्दा एमाले, कांगे्रस माओबादी पछिको चौथो राजनीतिक शक्ति हो राजमो । समग्र देशको सापेक्षतामा उ चौथो स्थानमा रहँदा रहँदैपनि दावी गर्ने आधार थलो भनेको प्यूठान नै हो । यसका लागि केन्द्रबाट हेर्दा राजमोको भागबिलो प्यूठानमै पार्नका लागि प्रयास भएका छन् । संसदिय राजनीतिमा राजमोको अस्तित्व रक्षाको कुरो पनि छ । तर भागबिलो प्यूठानमा लिएर उसका पक्षमा मतदान गर्ने गठबन्धनका कार्यकर्ताले मात्र होइन, आम मतदाताले हो, आधारभूत तहका जनताले समेत हो । राजमोको पछिल्लो सांगठनिक गफ हेर्दा यति खस्केर गएको छकि जिल्लाका कतिपय पालिकाका वडातहमा संगठनको अवस्था शुन्यमा झरिसकेको छ । दैनिकी पार्टी छोड्नेहरुको समाचार आइररहेका छन् । स्थानीय निर्वाचनमा १३ हजारको हाराहारीमा मत प्राप्त गरेको यो दलले ३ महिनामा थप खस्केको स्थानीय पर्यबेक्षकहरु औल्याउछन् । केन्द्रमा दावी गर्दैगर्दा जिल्लाका संघीय उमेदवार दुर्गा पौडेलको उमेदवादवारी हुन आएमा संघ÷प्रदेश सवै सेटमा गठबन्धनले हार्ने चर्चा चलेको छ । यतिवेला पौडेलको ५ बर्षीय कार्यकालमा उनको जिल्लाप्रति भएको योगदानको खोजी भइरहेको छ । तथापी संगै प्रदेश तहमा जितेर गएका अहिलेका माननीयहरुले पनि जनतामा आफूले गरेका बाचा र गरेका कामको चित्तबुझदो जवाफ र परिणाम पस्कन नसकेमा उनका लागि पनि फेरि दोहोरिएर उठेमा फलामका चिउरा बन्ने निश्चित छ । अहिले बजारमा ०७४ को त्यो साझा प्रतिबद्धतापत्र सचेत मतदाताले पल्टाएर हेरिरहेका छन् । निश्चित रुपमा अहिलेका मतदाता शिक्षामा साक्षर होलान् तर राजनीतिक चेतनाका दृष्टिले धेरै सचेत छन् । अव दलले जो उठाएपनि जितिहालिन्छ भन्ने मानसिकता कसैले बुझ्छ भने त्यो ठूलो मुर्खता हो । दलहरुप्रतिको बितृष्णता अनि नेताहरुको बिकृत मानसिकताको कारणले स्वतन्त्र उमेदवारले समेत प्रभाव जमाउदै जान थालेको तथ्यतर्फ पनि हेक्का राख्नु जरुरी छ । यसैमा बिकासमा पछाडि पर्दै आएको प्यूठानमा राजमोले ०५१ सालदेखि संसदिय निर्वाचनमा भाग लियो, केही समय जित्दै गयो यसले जिल्लालाई बिकास प्रक्रियामा अगाडि बढाउन छिमेकी जिल्लाको तुलनामा कति मद्धत पुरयायो ? स्वयं राजमो पार्टी किन कमजोर बन्दै जान थाल्यो ? चुनावको बेला राजमो पाटीृप्रतिको लोकप्रियता किन गिर्दो छ ? भन्ने बहस पनि यतिबेला राजनीतिक बजारमा उठेको छ । यो अवस्थाले गर्दा कांग्रेस माओबादी, समाजबादीका जिल्लास्तरीय नेता कार्यकर्ताले समेत राजमोलाई अन्य ब्यबस्थापन गरेर सिट बाडफाँड गर्नुपर्ने केन्द्रमा सुझाव दिइरहेका छन् । यता यो बेला एमालेले भने राजमोले संघमा टिकट लिएमा गठबन्धनको समग्र चुनावी कार्यप्रणाली कमजोर हुने,अन्य दलका कार्यकर्ता र कतिपय मतदातालाई राजमोको जित अर्थहिन हुने प्रचार गर्दै गठबन्धनका कार्यकर्ता र सर्वसाधारण जनताको मत मध्ये धेरैजसो आफूतिर ल्याउने, कांग्रेस माओबादीमा पनि खेल्न उत्तिकै सजिलोभई गठबन्धनलाई गतिलैसंग हराउन सक्ने निष्कर्षमा छ एमाले । यसो हूँदा गठबन्धन हार्न गएमा त्यसपछिका दिनमा एमाले सर्वशक्तिमान ुरुपमा उभिने यसले कांग्रेस माओबादी पनि कमजोर त हुने नै छन् अर्को चुनावमा राजमोको सांगठनिक हैसियत सर्लक्कै खस्काएर टन्टा साफ हुने बुझाइले एमाले प्यूठान राजमो नेतृ दुर्गा पौडेलको रोजाईमा रहेको देखिन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top