प्यूठान,जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ बचत तथा ऋण सहकारी संघ लि। प्यूठानको नेतृत्वमा पुनः भोज बहादुर बस्नेत निर्वाचित भएका छन् ।
हिजो शनिवार बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि।को सभा हल जुम्रीमा सम्पन्न संघको विशेष साधारण सभाले बस्नेतको अध्यक्षतामा आगामी ४ वर्षका लागि ९सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखासुपरिवेक्षण समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा माया गिरी,सचिवमा बलभद्र के।सी र कोषाध्यक्षमा निरज सुवेदी निर्वाचित भएका छन् भने सदस्यहरुमा प्रेम प्रसाद आचार्य,माधव पराजुली ,भगवता के।सी।,कृष्ण श्रेष्ठ र हिरा गिरी निर्वाचित भएका छन् । त्यसै गरी साधारण सभाले लेखासुपरिवेक्षण समितिको संयोजकमा केशवराज भण्डारी तथा सदस्यहरुमा दधिराम भण्डारी र नारायण जि।सि।लाई सर्वसम्मत रुपमा चयन गरेको नवनिर्वाचित अध्यक्ष भोज बहादुर बस्नेतले जानकारी दिए ।
संघमा जिल्लाका ३० वटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेको समेत अध्यक्ष बस्नेतले बताए ।
कमेन्ट गर्नुहोस !