शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

बालबालिकाहरुका लागि पोलियो खोप अभियान सञ्चालन हुदै


प्यूठान , पोलियो खोप लगाउन छुटेका बालबालिकाहरुका लागि प्यूठान जिल्लामा खोप अभियान सञ्चालन हुने भएको छ ।
यहि जेठ १३ गते देखी २६ गते सम्म जिल्लाका नौ वटै स्थानीय तहहरुमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्यूठानले सोमबार सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरी जानकारी गराएको हो ।
२०७३ वैशाख देखी २०७५ असोज मसान्त भित्र जन्मिएका बालबालिकाहरु खोप लगाउन छुटेको हुदा आई. पि.भी. खोप अभियान २०८१ सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे बताए । यो खोप अभियान देशै भर एकै पटक सञ्चालन हुदैछ उनले भने ।

जिल्लार्मा संख्या ११ हजार ५ सय ६४ जना बालबालिकाहरुलाइ खोप लगाउने लक्ष रहेको प्रमुख पाण्डेले बताए । बालबालिकाहरुलाई अहिले विद्यालयमा भेटिने भएको हुदा स्वास्थकर्मीहरु विद्यालयमै पुगेर खोप लगाउने बताउदै छुटेका बालबालिकालाई खोप केन्द्रहरु मार्फत पनि खोप दिइने स्वास्थ्य कार्यालय प्रमुख पाण्डेको जानकारी गराए । यो खोप बालबालिकाको दायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र ०.५ मि.लि.को लगाइने छ । बालबालिकालाई खोप लगाउन ९४ जना स्वास्थ्यकर्मी खटाईने जनाइएकोछ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा खोप लगाउन कुनै पनि प्रकारको समस्या भएमा सुरक्षाकर्मी तथा प्रशासनले सहयोग गर्ने बताउदै अभियान सफलताको शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले प्यूठान नगरपालिकाका प्रत्येक वडाहरुमा अभियान सञ्चालनका लागि नगरपालिका स्तरीय बैठक बसी आवश्यक तयारी गरेको जानकारी गराउदै २०७३ वैशाख देखी २०७५ असोज मसान्त भित्र जन्मिएका बालबालिकाहरु खोप लगाउन छुटेको हुदा सबै तह र तप्कावाट अभियान सफल रुपले सम्पन्न गर्न आग्रह गरेका थिए ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सि.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति उप–प्रमुख दुर्गा रेग्मी , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमान राज पुलामी , गैह्र सरकारी संस्था

 

महासंघका बरिष्ठ उपाध्यक्ष भगत बहादुर कर्माचार्य ,प्यूठान अस्पतालका डा.राजेन्द्र पौडेल ,नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल , केन्द्रीय सदस्य सुशील पोखरेल , पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी , उपाध्यक्ष राधिका भुसाल, सचिव प्रकाश वैद्य लगायत जिल्लामा रहेका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका कोल्डचेन निरिक्षक कौसल राज बैद्यले गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top