शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

यो महोत्सवले साहित्य जागरण ल्याउन मद्धत पुग्ने बिश्वास लिएको छुँ ।


 


नवराज आचार्य
अध्यक्ष, साहित्य परिषद, प्यूठान


१) साहित्य महोत्सव गर्दै हुनुहुन्छ तयारी कस्तो छ ?
: साहित्य महोत्सव प्यूठान जिल्लाकै गौरवको विषय भएकाले यसलाई सफल पार्नका लागि सल्लाह,सुझाव,सहभागिता र सहयोगका निम्ति जिल्ला स्थित स्थानीय निकायका प्रमुखहरुसँग व्यापक भेटघाट,छलफल र हाम्रो एजेण्डा सहित मागपत्र पेस गरेका छौँ । राष्ट्रिय स्तरका प्यूठानी साहित्यकार तथा कलाकर्मीहरुसँग पनि वहस र छलफल चलाएका छौँ । कार्यक्रम सफल पार्न सबै आआफ्नो क्षेत्रबाट तम्तयार रहेको पाएका छौँ ।

२) यो महोत्सवको मूल उद्देश्य के होला ?
: यो महोत्सवका उद्देश्यहरु धेरै छन् । मुख्य रुपमा प्रतिभा भएर पनि ओझेलमा परेका प्यूठान जिल्लाका कुनाकुना सम्म छरिएर रहेका प्रतिभाहरुलाई अगाडि ल्याउनु , नयाँ स्रष्टाहरु जन्माउनु , यहाँको भाषा,साहित्य,कला र संस्कृतिको जगेर्ना गर्दै ऐतिहासिक महत्त्व बोकेका धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको प्रचार प्रसार गरी पर्यटन प्रवर्धन गर्नु पनि रहेको छ ।

३) प्यूठान जिल्लामा विगत देखि साहित्यिक जागरणका लागि विभिन्न प्रयासहरु हुने तर सरोकार वालाले खासै चासो दिन नसकेका कारण गति लिन नसकेको गुनासो उठ्ने गरेको देखिन्छ यसमा के भन्नुहुन्छ ?
: मलाई लाग्छ विगतमा जेजस्तो भएपनि अहिले त्यस्तो अवस्था छैन । समग्र प्यूठान जागिसकेको छ । मैले पहिले पनि भनिसकेँ यो साहित्य महोत्सव समग्र प्यूठानकै गरिमा भएकाले सबै पक्षबाट सकारात्मक धारणा आएको छ । त्यतिमात्र होइन अब साहित्य परिषद् प्यूठानले गर्ने हरेक कार्यहरुमा सरोकार वाला सबैको सहयोग , सहकार्य र सहभागिता रहन्छ ।

४) तपाइँहरुको प्रयास एकातिर तर समकालिन युवा पुस्ता साहित्यिक क्रियाशीलतामा उठ्न नसकेको देखिन्छ यसमा के भन्न चाहनुहुन्छ ?
: वर्तमान अवस्थामा प्रविधिको दुरुपयोगका कारण साहित्यिक क्रियाशीलतामा केही हद सम्म बाधा पु¥याएको छ । तर पनि साहित्यलाई माया गर्ने युवा पुस्ताको पनि कमी छैन । अवसर नपाएर पछि परेका युवा जमात पनि त्यत्तिकै मात्रामा हुनसक्छ त्यसैले यो महोत्सवले सबैमा नयाँ जागरण ल्याउने छ भन्नेमा हामी आशावादी छौँ ।

५) साहित्य परिषद् प्यूठानले अहिलेसम्म खेलेको भूमिकाबारे संक्षिप्त रुपमा बताइदिनुहुन्छ कि ?
: साहित्य परिषद् प्यूठानले विगतका दिनहरुमा जिल्लामा साहित्यिक जागरण ल्याउन नखोजेको पटक्कै होइन । केवल आर्थिक अभावका कारण अपेक्षा गरेअनुसार उपलब्धि हाशीलहुन नसकेका हुन् तर पनि सीमित स्रोत र साधनले भएपनि मुखपत्र प्रकाशन , स्रष्टा सम्मान ,वभिन्नि साहित्यकारहरुको जन्म जयन्ती तथा स्मृति दिवसको अवसर पारेर कविता वाचन प्रतियोगिता , सडक कविता वाचन लगायतका विभिन्न कार्यक्रमहरु र स्रष्टा सम्मानार्थ चार वटा अक्षयकोषहरुपनि स्थापना पनि साहित्य परिषद् प्यूठानले खेलेको भूमिकाकाकारण भएका हुन् ।

६) साहित्य परषिद्ले साहित्य क्षेत्रमा उभार ल्याउन भावी दिनहरुमा के कस्ता योजनाहरु तय गरेको छ , यसमा केही भन्नुहुन्छ ?
: साहित्य परिषद् प्यूठानले केही गरौँ भन्ने सोँचकासाथ बिभिन्न योजनाहरु बनाएर अघि बढ्न चाहेको छ ।जसमा आजीवन सदस्यता बढाउने , जिल्लाका ९ वटै स्थानीय तहहरुमा शाखा गठन गरी सबै क्षेत्रलाई समेट्ने , साहित्य क्षेत्रमा नयाँ पुस्ता जन्माउन प्रत्येक पालिकामा मावि तहका विद्यार्थीहरुलाई साहित्य लेखन सम्बन्धि विशेषज्ञबाट तालिम दिने , साहित्य परिषद्को कार्यालय व्यवस्थापनकालागि भवन निर्माण गर्न पहल गर्ने , वार्षिक रुपमा प्रकाशन गरिदै आएको मुखपत्र सुमनलाई अर्धवार्षिक रुपमा प्रकाशन गर्ने जस्ता महत्त्वपूर्ण योजनाहरु बनाएका छौँ ।


७) अन्तमा केही भन्न चाहनुहुन्छ ?
: सर्वप्रथम साहित्य परिषद् प्यूठानको बारेमा केही कुराहरु राख्ने अवसर दिनुभएकोमा तपाई र हाम्रो एकता परिवारलाई धन्यवाद दिन चाहन्छु । साथै साहित्य परिषद् प्यूठान सबै खाले बिचार अटाउने मूल थलो भएकाले यसको सम्मान गरौँ । आगामी असोज ११,१२ र १३ गते सम्पन्न गर्न लागेको वृहत साहित्य महोत्सवलाई सफल पार्न भौतिक , नैतिक , र आर्थिक रुपले सहयोग गरी सभ्य र भव्य रुपमा सफल पार्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरौँ । प्यूठान जिल्लाको मौलिक भाषा,कला ,साहित्य र सँस्कृतिको उन्नयनमा लागिपरौँ । यहाँका ऐतिहासिक,धार्मिक तथा साँकृतिक सम्पदाहरुको संरक्षण र सम्वर्धन गर्दै पर्यटकीय क्षेत्रमा रपान्तरण गरौँ तपाई मार्फत यही भन्न चहन्छु धन्यवाद ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top