शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सुर्खेतमा ‘तनाव छ जिन्दगी’


जुन प्रेम गीत बनोस्
हर माया गर्ने जोडीले,

आफ्नै प्रित भनोस्।।।

पप गायक सुगम पोखरेलले ‘प्रेमगीत २’ को गीत गाउँदै गर्दा सुर्खेती युवाहरूको चर्को हुटिङले सुर्खेतको घण्टाघर पार्क गुन्जायमान भयो । सुगमसँग ताल मिलाउँदै उनका फयानहरूले साथ दिए । उनको प्रस्तुति सकिन नपाउँदै वान्स मोर गुन्जिन थाल्यो । त्यसपछि उनले आफ्ना प्रस्तुतिहरू जोड्न थाले ।

विजया दशमी तथा दीपावलीको अवसरमा संगीत पारखीहरूले चर्चित कलाकार पोखरेललाई सुर्खेत निम्त्याएका हुन् ।

बेलुका अबेरसम्म कलाकारसँगै नाचगानमा रमाए सुर्खेती युवायुवतीहरू । ‘तनाव छ जिन्दगी’ नामक कन्सर्ट सञ्चालन गरेका त्यो समूहले स्थानीय कलाकारहरूलाई समेत पर्याप्त मञ्च दियो । घण्टाघर पार्कमा आयोजित सुर्खेत फेस्टिभलमा सुगमले ‘मेरो एउटा साथी छ’ मार्फत सहभागीहरूलाई झनै तताए । उनले ‘फेरि त्यो दिन सम्झन चाहन्नँ।।।’ गाउँदा फयानहरूले मैदान धुलाम्य बनाउँदै नाच्न थाले । माया पिरतीसँगै दसैंसम्बन्धी विभिन्न प्रस्तुति दिए । फेस्टिभलमा विभिन्न कौडा, सोरठीजस्ता नृत्य तथा लोक गीतलगायतका प्रस्तुति दर्शकमाझ प्रस्तुत गरिए ।

स्थानीय कलाकारहरू कविराज गिरी, प्रेम रावत, प्रकाश रसाइली, लक्ष्मी लामिछाने, शुकदेव अधिकारी, रूपा दर्लामीलगायतले भरपुर मनोरञ्जन दिलाए । सुर्खेतको स्थानीय ब्यान्ड ‘दी ज्यापर्स ब्यान्ड’ ले समेत आफ्नो प्रस्तुति दियो । चाडपर्वको अवसरमा दर्शकलाई मनोरञ्जन दिनुका साथै कलासंस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले सांगीतिक फेस्टिबल आयोजना गरिएको सञ्जय योगीले बताए । वरिष्ठ संगीतकार दिनेश गौतमले कलाकारलाई राष्ट्रको सभ्यताका लागि महत्त्वपूर्ण व्यक्तित्व भन्दै संघीयतामा स्थानीय कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top