आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

प्युठानमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता ,बिजेताले पाउनेछ १ लाख भने ,उपबिजेताले ५० हजार पुरस्कार


प्यूठान , जिल्लामा पहिलो पटक वडास्तरबाट १ लाख पुरुस्कार राशिको जिल्ला स्तरिय भलिबल प्रतियोगिता संचालन गरिएको छ ।

प्यूठान नगरपालिका – ३ नम्बर वडा कार्यालयको आयोजनामा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता (विजय पथ कप )शुक्रवार देखि  गणतान्त्रिक खेल मैदान बिजुवारमा सन्चालन भएको हो ।

युवापुस्तामा खेलकुदप्रती उत्साह ल्याउन स्थानीय  स्तरमा लुकेका प्रतिभाको प्रस्फुटन ,नया प्रतिभाको बिकास गर्दै समग्र जिल्लाको खेल क्षेत्रको बिकासमा टेवा पुर्याउने   उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताए । 

  प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन । प्रतियोगिताको उद्घाटन प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीले गरेका हुन्  ।

प्रतियोगिताको विजेताले एक लाख, उप विजेताले ५० हजार रुपिँया पुरुस्कार पाउनेछन । त्यसैगरी सेमिफाइनलमा पराजित हुने दुई टोलीले १५ ,१५ हजार रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top