शुक्रबार, चैत्र १६, २०८० | Friday 29th March 2024

ऐरावती कप तथा सांस्कृतिक कार्यक्रमको तयारी तिव्र


सागर रिजाल
प्युठान, २३ असोज ।
ऐरावती कप तथा सांस्कृतिक कार्यक्रमको तयारी तिव्र पारिएको छ । प्युठानको ऐरावती गाउँपालिका –५ स्थित ऐरावती खेलमैदान झिवाङ खोलामा ऐरावती कप २०७६ सञ्चालनका लागि तयारी तिव्र पारिएको हो । ऐरावती बुङ्गस क्लब ढावाङको आयोजनामा यहि असोज २७ गते देखि कात्तिक २ गते सम्म कप तथा सांस्कृतिक सञ्चालन हुने भएको छ ।

जिल्लामा खेलाडीहरुको क्षमता अभिबृद्धि र बिकासका लागि प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष पदम थापाले जानकारी दिए । उनले भने,–‘खेल क्षेत्रलाई मर्यादित एवं व्यवसायीक रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउनका लागि यो कपले सहयोग पु¥याउने छ ।’ खेलाडीहरु जिल्लाबाट उत्पादनगरिे खेल जगतमा सहयोग पु¥याउने उदेश्य समेत आयोजकले लिएको छ ।

नेपाल सरकारले मनाउन लागेको पर्यटन बर्ष २०२० मा जिल्लालाई चिनाउनका लागि पनि यो कपले महत्वपूर्ण भूमिका खेल्ने क्लबका अध्यक्ष थापा बताउछन । कपमा पुरुष किक्रेट प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, महिला कुर्सि दौड प्रतियोगिता, स्लो बाइक प्रतियोगिता, र सांगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

सामाजिक एकता दिगो बिकासमा सबैको प्रतिबद्धता भन्ने मूल नारा सहित ऐरावती कप तथा ऐरावती सांस्कृतिक महोत्सव २०७६ आयोजना हुन लागेको हो ।

प्रतियोगितामा टिम दर्ताका लागि पुरुष भलिवलका लागि ३ हजार ५सय, महिला भलिबलका लागि १ हजार, पुरुष क्रिकेटको लागि ४ हजार ५ सय, पुरुष व्याडमिन्टन प्रतियोगिताको लागि ७ सय, स्लो वाईक रेस प्रतियोगिताको लागि २ सय र महिला कुर्ची दौड प्रतियोगिताको लागि १ सय रुपैया टिम दर्ताको लागि शुल्क लाग्ने आयोजकले जनाएको छ ।

यसैगरी पुरुष भलिवल प्रतियोगिताका विजेताले ५५ हजार ५ सय ५५ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले ३३ हजार ३ सय ३३ ट्रफि मेडल प्रमाणपत्र पाउने भएका छन ।

महिला भलिवल प्रतियोगिताका विजेताले २२ हजार २ सय २२ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले ११ हजार १ सय ११ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।

पुरुष क्रिकेट प्रतियोगिताका विजेताले ५५ हजार ५ सय ५५ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले ३३ हजार ३ सय ३३ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।

पुरुष ब्याडमिन्टन प्रतियोगितामा विजेता भएकाले ९ हजार ९ सय ९९ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले ५ हजार ५ सय ५५ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।

स्लो वाईक प्रतियोगिताका विजेताले ३ हजार ३ सय ३३ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले २ हजार २ सय २२ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।

र महिला कुर्ची दौड प्रतियोगिताका विजेताले २ हजार २ सय २२ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले १ हजार १ सय ११ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

साथैे कार्तिक २ गते विशेष सास्कृतिक कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ । उक्त कार्यक्रममा कामना वली, पशुपति शर्मा, सम्झना लामिछाने, करिस्मा ढकाल, कमल नारायणि, भटभटे माइला, शिर्जना जिसी, मुना केसी, विजय पुन, समिक्षा वली लगाएतका कालाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक दिपक खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609

सम्बन्धित पोस्टहरू

Top