शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सड्क र विद्युत पर्खदै स्याउलिबाङ्गबासी


सागर रिजाल
प्युठान,६ जेठ ।
कोचिवाङ्ग, दाङ्गवाङ्ग, रजवारा, अर्खा, स्याउलिबाङ्ग भौगिलिक विकटताले प्युठानका दुर्गम क्षेत्र मानिन्छन् । सदरमुकाम खंलगादेखी यी क्षेत्र भौगोलिक दुरीले टाढा छन् । जिल्लाको स्वर्गद्धारी नगरपालिका, ऐरावती गाउँपालिका, नौवहिनी र गौमुखी गाउँपालिका भित्र रहेका यी क्षेत्रहरु मध्ये केहि क्षेत्रमा सड्क, विद्युत पुगेका छन् भने अन्त्यन्तै दुर्गम क्षेत्र स्याउलिबाङ्गमा सड्क र विद्युत अझै पुगेको छैन् । नौवहिनी गाउँपालिका १ मा पर्ने यस क्षेत्र सड्क सञ्जालमा नजोडिदा यहाँका स्थानियहरु चिन्तीत छन् । जिल्लाका सबै क्षेत्रमा सड्क पुगेपनि यो क्षेत्रमा सड्क नपुग्दा यो क्षेत्र विकासमा पछाडी परेको छ ।
पैदल हिड्छन स्थानिय
जिल्लाको मुख्य बजार बाग्दुला देखी १३ किलोमिटर कच्ची सड्क पार गरेपछि नौवहिनी गाउँपालिकाको केन्द्र बाहाने पुगिन्छ । बाहाने देखी १२ किलोमिटर कच्ची सड्क पार गरेपछि हाम्पाल भन्ने स्थानसम्म सड्क सञ्जाल पुगेको छ । हाम्पालदेखी करिब ८ किलोमिटर सड्क पैदल हिडेपछि नौवहिनी १ स्याउलिबाङ्गमा पुगिन्छ । साघुरो सड्क त्यहीमाथि पैदल हिडेर वुढ्यौली उमेरमा पुगियो, ७९ वर्षिय सुर्य बहादुर सेनले भने,–‘गाउँमा सड्क आउने त सपना जस्तै भईसक्यो । ’
यस क्षेत्रका स्थानियहरु परिवारका लागि आवश्यक अन्न, सरसामाग्री, हाम्पाल सम्म सवारीसाधनमा र त्यस ठाउँबाट डोकोमै बोकेर घरसम्म पुर्याउने गर्दछन् । बैकल्पीक बाटो बाग्दुला देखी रजवारा हुदैँ ५५ किलोमिटरको दुरी पार गरेर गाउँ नजिक आउन सकिय पनि ८ किलोमिटर सड्क पैदल हिडेरै आवत जावत गर्ने गरेको सेनले बताए । यस क्षेत्रका स्थानियहरु गाउँमा सड्क नपुग्दा २ देखि ३ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए । गाउँमा सड्क नपुग्दा यस क्षेत्रका धार्मिक तथा पर्यटकीय तिर्थस्थल नौवहिनी, कोठेभिर लगाएतका क्षेत्रहरु ओझेलमा परेका छन् ।
सड्क सुधारको माग
यहाँका स्थानियहरुले सड्क सुधारको माग गरेका गरेका छन् । कोठिभिर विकास केन्द्र नेपालको आयोजनामा सञ्चालन भएको दोस्रो पर्यटन महोत्सवमा यस क्षेत्रका स्थानियहरुले सड्कको सुधारका लागि गाउँ, प्रदेश र केन्द्र संग माग गरेको संस्थाका अध्यक्ष पूर्ण वुढामगरले बताए । पर्यटन महोत्सव मार्फत यहाँको कलासंस्कृति संगै नौवहिनी क्षेत्रको विकासमा टेवा पुग्ने उनले बताए । दोस्रो नौवहिनी पर्यटन महोत्सवको आईतबार ५ नंम्बर प्रदेश सभा सदस्य कृष्णध्वज खड्काले उद्घाटन गरेका थिए ।
विद्युत पनि पुगेन गाँउमा
स्याउलिबाङ्गमा विद्युत लाईन समेत पुगेको छैन् । पधेराखोला जलविद्युत, सरीमाखोला लघु जलविद्युत र खारखोला जलविद्युत निकालिएपनि २४ सैँ घण्टा विद्युत उपभोग गर्न नपाउने यहाँका स्थानियहरु बताउछन् । बर्खा र पानी परेको समयमा खोलामा लेदो भासिने र जलविद्युत बन्द हुने हुँदा गाउँमा विजुलीवती नुहँने स्थानिय सूर्य बहादुर सेनले बताए । गाउँमा विद्युत अझै आएको छैन, उनले भने,–‘पानी पर्यो भने गाउँ अन्धकार हुन्छ । ’
लाईन भएपनि दिउसोको समयमा लाईनबाट हुने काम गर्न नपाईने वडा अध्यक्ष शेर बहादुर सेनले बताए । साझ ७ बजेदेखी राती ११ बजेसम्म बत्ती बाल्ने र विहान ४ बजेदेखी ६ बजेसम्म मात्र विद्युत उपयोग गर्न पाईएको उनले बताए । उनले भने,–‘पानी पर्यो भने अन्धकारमय बन्छौँ स्याउलिङ्गबासी । ’ दिउसोको समयमा विद्युत प्रयोग गर्न नपाउँदा वडा कार्यालयको कार्यसम्पादनमा समेत अफ्ठेरो भएको उनले बताए । गाउँका सबैको घरमा सोलार राखिएपनि दुर्गम ठाँउमा घाम नलाग्ने र पानी परिरहने हुँदा सोलारको समेत खासै काम नभएको उनले बताए ।
६६४ घरधुरी प्रभावित
सड्क र विद्युत गाउँमा नहुँदा यस क्षेत्रका छ सय ६४ घरधुरीका तेईससय भन्दा वढी स्थानिय प्रभावित भएका छन् । बैकल्पीक उर्जा प्रवद्र्धनद्धारा लघुजलविद्युत निमार्ण गरिएपनि यस क्षेत्रको जनसंख्यालाई नपुग्ने भएपछि बिजुली समेत बाल्न नपाईएको वडा अध्यक्ष सेनले बताए । गाउँमा सड्क नपुग्दा यस क्षेत्रमा उत्पादन हुने कोदो, आलु, फापर लगाएतका अन्नहरु वित्री गर्न समेत पाउँदैनन् स्थानिय । सड्क नै नपुग्दा नौवहिनी गाउँपालिकाको विकास समेत पछाडी परेको छ ।
१ वर्ष भित्रमा स्याउलिबाङ्ग सड्क जोडिन्छ ः पालिका अध्यक्ष
नौवहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले गाउँपालिकाको दुर्गम क्षेत्र स्याउलिबाङ्गा १ वर्षमा सड्का पु¥याउने बताए । प्रदेश सरकारले यो सड्कका लागि बजेट विनियोजन गरेको छ भन्ने भ्रम भयो, उनले भने,–‘त्यसैले यो सड्कलाई गाउँपालिकाले बजेट विनियोजन गरेन । ’ उनले अब यो सड्क पालिकालेनै जोड्ने बताए । सड्क सञ्जालले यो क्षेत्रलाई जोडेर यस क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु नौवहिनी र कोठेभिरको प्रचारप्रसार र प्रवद्र्धनमा पालिकाले योजना अगाडी वढाएको उनले बताए ।
त्यस्तै यस क्षेत्रमा विजुली विस्तार गर्नका लागि पनि पालिकाले योजना बनाएको उनले बताए । उनले भने,–‘स्थानिय, प्रदेश र केन्द्र सरकारको समन्वयमा यस क्षेत्रमा विद्युत प्रशारण गरिने छ । ’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top