शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता बरौलामा शुरु


सागर रिजाल
प्युठान,२७ बैशाख ।
ऐरावती गाउँपालिका स्तरीय अन्र्तर विद्यालय प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुक्रबार देखि मोति माध्यामिक विद्यालय बरौलामा शुरु भएको छ । ऐरावती गाउँपालिकाको आयोजना तथा मोति माध्यामिक विद्यालयको सहआयोजनामा प्रतियोगिता शुरु गरिएको हो । प्रतियोगिताको ऐरावती गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाह र जिल्ला खेलकुद विकास समिति जिल्ला अध्यक्ष श्याम थापाले सयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
खेलको उद्घाटन गर्दै प्रतियोगिताका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम थापाले जिल्लाको विकासमा खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । ५ नंम्बर प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ सिल्ड प्रतियोगिता सम्पन्न संगै ऐरावती गाउँपालिकाले शुरु गरेको प्रतियोगिताको उनले सफलताको शुभकामना व्यक्त गर्नुभयो । मूलुकमा भएको परिवर्तन संगै खेल क्षेत्रको पनि परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो । ऐरावती क्षेत्रमा भएको प्रतियोगिताले जिल्ला , प्रदेश, केन्द्रमा हुने प्रतियोगितालाई समेत सहयोग पु¥याउने उहाँले बताउनुभयो
विद्यालय स्तरीय प्रतियोगितामा खेलाडीले अनुशासनलाई ख्याल गर्नुपर्छ , खेलाडीहरुलाई खेल क्षेत्रको विकास गर्न अनुशासनले ठूलो सहयोग गर्छ, उहाँले भन्नुभयो,–‘खेलाडीहरु अनुशासन संगै खेलमा सहभागी हुनुहोला । ऐरावतीको पहिचानलाई देश भर पु¥याउन उहाँले आग्रह गर्नुभएको छ । खेल क्षेत्रले धेरै क्षेत्रको विकास गर्ने उहाँको भनाई छ । गाउँपालिकामा रहेका विद्यालयलाई जिल्ला खेलकुद विकास समितिले गर्न सक्न सहयोग गर्दै आएको उहाँले बताउनुभयो । उहाँल भन्नुभयो,–‘यस क्षेत्रमा खेल मैदान बनाउन प्रदेश सरकारमा कार्यक्रम अगाडी वढाएका छौँ । ’


पालिकामा पहिलो खेल
गाउँपालिकामा पहिलो पटक यो खेलको आयोजना गरेको गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिनुभयो । गाउँपालिकामा खेल मैदान नभएर समस्या भएको छ, उहाँले भन्नुभयो,–‘नयाँ खेल मैदान निमार्ण हुँदै छ, बनेपछि सहजता प्रदान गर्ने छ । ’ खेल मैदान बनाउन डिपीआर तयार भईसकेको उहाँले बताउनुभयो । यस क्षेत्रमा खेल खेलेका खेलाडीले जिल्ला प्रदेश संगै केन्द्र सम्म आफ्नो पहिचान राख्न सक्ने उहाँको भनाई छ ।


शुक्रबार र शनीवार गरि २ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाका मोति माध्यामिक विद्यालय बरौला, धर्मोदय माध्यामिक विद्यालय जाबुने , दाङबाङ माध्यामिक विद्यालय दाङबाङ, पद्मोदय माध्यामिक विद्यालय धुवाङ र महेन्द्र माध्यामिक विद्यालय सरङबेसीका विद्यालयका खेलाडीको उपस्थित रहेको छ ।
पहिलो दिन छात्रछात्रा भलिबल, सटपुट थ्रो, लंगजम्प, त्रीपलजम्प, हाईजम्पका खेल सञ्चालन हुने र दोस्रो दिन एक सय, आठ सय दुरीको दौड, रिलेदौड लगाएतका खेल सञ्चालन हुने गाउँपालिका शिक्षा संयोजक कुलबहादुर थापाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, दृतिय, तृतिय र सान्त्वना हुने खेलाडीलाई मेडल, प्रमाणपत्रले सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top