आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023

पर्बत लोप्रे गाउँको म्युजिक भिडीयो


बेनी-  जलजला गाउँपालिका ५ स्थित लोप्रे गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको भ्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।लोप्रे गाउँको प्राकृतिक सौन्दर्य, संस्कार, संस्कृति, धर्म तथा परम्परालाई समावेश गरेर छोरी छोरीको मनोभावनामा आधारीत रहेर न्यू सृष्टि युवा क्लवले निर्माण गरेको म्युजिक भिडियोलाई हाईलाईट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडीयोको बिजया दशमीका दिन जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले बिमोचन गरेका थिए । देवेन्द्र पुनको रचना, एल.बि पुनको संगित संयोजन रहेको गित तारा श्रीसले गाएको क्लवका पुर्ख पुर्जा पुनले जानकारी दिएका थिए ।

आरुषी मगरको अभिनय रहेको गितको म्युजिक भिडीयोमा आषिस पुनले नृत्य निर्देशन र पुष्कर थापाको कोरीयाग्राफी छ । रचनाकार देवेन्द्र पुनलेनै भिडीयो निर्देशन, छायांकन र सम्पादन गर्नुभएको हो । स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट सहयोग जुटाएर लोप्रे गाउँको चिनारी शिर्षकको गित र म्युजीक भिडीयो तयार पारिएको पुर्जाले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609

सम्बन्धित पोस्टहरू

Top