शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

चर्चामा यमुनाको बुट्टे फरिया


प्यार अलि खाँन
नेपाली महिलाहरुको महान पर्व तिज नजिकीदै छ । बजारमा दैनिक दर्जनौँ तिज गितका विभिन्न भाकाहरु धमाधम आईरहेका छन् । नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक तथा गायिकाहरुले तिज गितमा आफ्नो स्वर दिएका छन् । यसै वर्ष तीज गीतको भिँडभाडमा बुटवललाई कर्मथलो बनाई बस्ने गुल्मेली चेली यमुना अर्याल र सुनिल घिमिरे क्षेत्रीको आवाजमा सजिएको मायाँ प्रेममा आधारित तीज गीत बुट्टे फरियाले नेपाली सांगितिक बजारमा चर्चा बटुल्दै छ ।
गत वर्ष चर्चित गायक खुमन अधिकारीसंग अर्यालको माहुरी बोलको तिज गीतले दर्शक तथा श्रोताहरुको राम्रो साथ एंव मायाँ पाएको थियो । यस वर्ष यमुनाको बुट्टे फरिया संगै सानु ढलकेर नाच बोलको तीज गीत समेत केही दिनमा सार्वजनिक हुन लागेको चुलबुले सुन्दरी गायिका यमुनाले जानकारी दिईन । यमुनाले हाल सम्म ६ वटा तिज गित तथा २ वटा लोक तथा दोहोरी गितमा आफ्नो स्वर दिएको बताएकी छिन् ।


सुनिता सुनुवारको शब्द, यज्ञ सापकोटाको संगित रहेको बुट्टे फरियाको म्यूजिक भिडियोमा मदन खड्का र रिना थापाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । विरेन्द्र भट्टको सम्पादन, अनिल राईको छायाकंन रहेको भिडियोको मदन खड्काले निर्देशन गरेको गायिका अर्यालले बताईन ।
यसै गरि सानु ढलकेर नाँच बोलको तिज गीतमा यमुना अर्यालसंगै दिपक कुमाल सर्गमको स्वर रहेको छ । प्रसंन्न म्यूजिक प्रा.लि.को प्रस्तुतीमा रहेको तीज गीतमा अम्मर घर्तिको लय तथा शब्द रहेको छ । हेमन्त शिशिरको एरेन्ज तथा मिक्सिङ्गमा रहेको म्यूजिक भिडियोमा चर्चित मोडेल जेम्स वि.सि र पवित्रा कुमालको अभिनय रहेको छ । गीतमा नमराज घिमिरेको छायाकंन तथा बिरबहादुर थारुको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top