शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

स्वास्थ्यकर्मीलाई सुरक्षीत राख्दै स्वास्थ्यसेवा प्रदान गर्न सक्दो प्रयास गर्नेछु : डा.काफ्ले


 

गत भदौ ११ गतेदेखि प्युठान अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी समाल्नुभएकी डा. सबु काफ्लेसंग प्युठान अस्पतालको बास्तविक अवस्था, यो अवस्थामा परिणाममुखी नतिजा पु¥याउनेमा कसरी आशा गर्न सकिन्छ , कोभिड १९ को महामारीमा जिल्लामा यसको स्थिती र व्यवस्थापन कसरी भएको पाउनुभएको छ यसमा अस्पतालको भूमिका के लगाएतका बारेमा हाम्रो एकताकर्मी प्रेमबहादुर विश्वकर्माले काफ्लेसंग कुराकानी गर्नुभएको छ ।

१)भर्खरै जिल्ला अस्पताल प्युठानको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी समाल्नु भएको छ,जिल्ला अस्पताल प्युठानको बास्तविक अवस्था कस्तो पाउनुभयो?

म प्युठान जिल्लामा प्रवेश गरेको नै पहिलो पटक हो । निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिई प्युठान अस्पतालमा सेवा गर्ने भनेर सामाजिक विकास मन्त्रालयले खटाएपछि म आएको हो । यहाँ आउँदा यस अस्पतालको बर्तमान अवस्था निकै सुदृढिकरण भएको भन्ने सुन्न पाँए । विगतमा केही अस्त–बेस्त बनेको जिल्ला अस्पताल गत वर्ष देखि व्यवस्थित बनेको देख्न पाए । केही थप सेवाहरु फिजियोथेरापी,दन्त सेवा सुचारु भएको छ । समग्रमा यो पहिलो सातामा जिल्ला अस्पताल प्युठानको अवस्था राम्रै रहेको थाह पाए ।
२)जिल्ला अस्पताल प्युठानमा बास्तविक अभाव के थाहा पाउनु भयो?

स्वास्थ्य निर्देशानलयमा काम गर्दा देखि नै प्युठान जिल्ला अस्पतालमा डाक्टरको अभाव भएको कुरा थाहा पाएकी थिए । बिगत एक वर्षदेखि डाक्टरहरु आउने र थपिने क्रम जारी नै छ । अझै पनि दरबन्दी परिपुर्ति नभएकाले दक्ष जनशक्तिको अभाव रहेको अवस्था छ ।
३)तपाईले यी समस्या वा अभावसँग जुध्दै जिम्मेवारी समाल्दै गर्दा कुन ढंगले भूमिका निर्वाह गर्नु पर्छ,भन्ने सोच बनाउनु भएको छ?
यस अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी समाल्दै जादा पहिलो त यो कोभिड १९ को महामारीको अवस्थामा पनि जिल्लाबासीलाई स्वास्थ्य सेवा निरन्तर रुपमा प्रदान गरिरहनका लागि रिक्त दरबन्दीमा पदपूर्ति गर्ने सोच बनाएर अगाडी बढ्दै छु साथै स्वास्थ्यकर्मीलाई सुरक्षीत राख्दै(धजय माणदण्ड अनुसार) कसरी हुन्छ, यस अस्पतालले दिईरहेका सबै सेवाहरु सुचारु नै गर्न सक्दो प्रयास गर्ने छु ।
४) प्युठान अस्पतालमा विगतमा थुप्रै व्यक्तिहरुले प्रतिबद्धता देखाउनुभयो तर अपेक्षित रुपमा भूमिका प्रर्दशन गर्न नसकेको अवस्था छ, यो अवस्थामा परिणाममुखी नतिजा पु¥याउनेमा कसरी आशा गर्न सकिन्छ ?

डाक्टरले बिरामीको उपचार गर्ने प्रतिबद्धता एम.बि.बि.एस. पढेदेखिनै गरेको हुन्छ । हाम्रो कर्म भनेकै स्वास्थ्य सेवा दिने हो तर यो प्रतिबद्धता पुरा गर्न डाक्टर एक्लैले लागेर सम्भव हुदैन् । यसका लागि अस्पतालका कर्मचारीले हामीलाई पूर्ण रुपमा साथ दिनुपर्छ । यति टाढा घरपरिवार साना बच्चा छाडेर यस अस्पताललाई बलियो बनाउन आउन निकै आट चाहिदो रहेछ । यसमा प्युठान जिल्लाबासी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी , पत्रकार र अन्य सरोकारवालाहरुले साथ दिनुभयो भने यस अस्पताल सदैव सुदृढीकरणकै बाटो लाग्छ ।
५) प्युठान अस्पताल रिफर अस्पतालको रुपमा पनि चिनिन्छ यो सन्देशलाई हटाउन हजुरसंग फरक केहि योजना छन् कि ?
जिल्ला अस्पतालमा हुनुपर्ने जनशक्ति देखि लिएर बिरामी जाँच्ने उपकरणको कमी नेपालकै प्रायः जिल्ला अस्पतालहरुमा रहेको छ । आईसियु, सेटअप र भेण्टीलेटर चाहिने बिरामीलाई अहिलेपनि उपचार प्रदान गर्न नसक्ने अवस्था छ । यसका लागि निरन्तर प्रयास भईरहेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र प्रदेश आपूर्ति केन्द्रसंग समन्वय जारी छ आशा गरौ यो अवस्था चाडैँ नै सुधार आउने छ ।
६) कोभिड १९ को महामारीमा जिल्लामा यसको स्थिती र व्यवस्थापन कसरी भएको पाउनुभएको छ ? अनि यसमा जिल्ला अस्पतालको भूमिका के रहेको छ ?

म यस अस्पतालमा प्रवेश गरेकै दिन यहाँको एक जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ भएको खबर पाएकी थिए निकै दुःख लागेको थियो । साथै यो मेरो पहिलो चुनौती हो (कोभिड १९ व्यवस्थापन) भन्ने मानसिकता बनिसकेको थियो । बिगत केहि महिनामा जसरी यहाँका सर्वसाधारण जनताले बन्दाबन्दीको पालना गरी स्वास्थ्य कार्यालयलाई कन्ट्याक्ट ट्रेसिङ्ग गर्न मद्धत गर्नुभयो । डिसिसीएमसी को बैठकले गरेका उचीत निर्णयहरु कोभिड १९ को महामारीमा पनि फ्रन्टलाईनमा काम गर्न खटिनुभएका अस्पतालका स्वास्थ्यकर्मी सबैको प्रतिबद्धता देख्न पाउदा प्युठानमा कोभिड १९ को व्यवस्थापन राम्रो भएकोले समुदाय स्तरसम्म यसको असर त्यति परि नसकेको महशुस गरेको छु । जिल्ला अस्पतालले फिवर क्लिनीक सञ्चालन गरेर शंकास्पद बिरामीलाई अलग्गै राखेर बिरामीको पनि उपचार गर्ने , स्वास्थ्यकर्मी र अन्य बिरामीलाई कोभिढ १९ सर्नबाट जोगाउन प्रयास गर्ने , आईसुलेसनमा रहेका बिरामीको स्वास्थ्य उपचारमा सहयोग गर्ने, भूमिका निर्वाह गर्ने छ । साथै समुदाय स्तरमा कोभिड १९ फैलन नदिन र यो कोभिड १९ महामारीको समयमा पनि अस्पतालले दिने अन्य सेवाहरु सुचारु गर्न यस अस्पताल निरन्तर लागि रहने छ ।

७) प्युठान अस्पतालाई सुधार गरी सुविधायुक्त बनाउन सरोकारवालाहरुको कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ?
प्रदेश स्तरका सरोकारवालाहरु एवं यस जिल्लाका सम्पूर्ण सरोकारवालाहरुको प्युठान अस्पताललाई सुविधायुक्त बनाउन ठूलो भूमिका रहेको छ । थप जनशक्ति प्रदान गर्न, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय संग अस्पताल अझ व्यवस्थित बनाउन, अस्पताल विकास समितिसंग, स्वास्थ्यकर्मीको लागि सुरक्षित बातावरण गराउन सुरक्षा निकायसंग, अस्पतालको साँचो अवस्था तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राखिदिने समाचार सम्पे्रषण गरिदिन पत्रकार महासंघसंग सहयोगको अपेक्षा गरेको छु ।

८) अन्तमा केहि भन्न चाहानुहुन्छ ?
अन्तमा यहाँलाई धेरै धेरै धन्यवाद छ मलाई मेरा शब्द राख्ने अवसर दिनुभएको मा । मेरो लागि यस जिल्ला नयाँ भएकाले यहाँका आमबासिन्दाले यस अस्पताललाई अझ व्यवस्थित, बलियो र नमुना जिल्ला अस्पतालको रुपमा चिनाउन पूर्ण रुपमा सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु । म ईमान्दारिताका साथ आफुले पाएको जिम्मेवारी पुरा गर्न निरन्तर लागिरहने छु ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top