शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

यसकारण पुगिन् अभिनेत्री श्रृष्टी अस्पताल


काठमाडौं –अभिनेत्री श्रृष्टी श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । दाहिने हातको नाडिमा गहिरो चोट लागेपछि उनलाई शनिबार पौने ४ बजे अस्पताल पुर्याइएको हो ।

अचेत अवस्थामा अस्पताल पुर्याइएको उनको शनिबार साँझ नै अप्रेसन गरिएको छ । नायिका श्रृष्टीको नाडीमा गहिरो घाउ लागेको छ ।

श्रृष्टी श्रेष्ठ अहिले दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘लाउरे’को छायांकनमा व्यस्त थिइन् ।

श्रेष्ठका प्रेमी समेत रहेका अभिनेता सौगात मल्लले भने ‘लाउरे’ निर्माण युनिटलाई फोन गर्दै श्रृष्टिलाई १५ दिनको आराम चाहिएको बताएका छन् । श्रृिष्टको दराज लडेर हात भाच्चिएको भन्दै १५ दिन छुट्टी दिन उनले आग्रह गरेको निर्माण युनिटले जनाएको छ ।

पूर्व मिस नेपाल श्रृष्टि अभिनित पहिलो डेब्यू फिल्म ’गाजलु’ गएको वर्ष रिलिज भएको थियो । उनी अभिनित अर्को फिल्म ’रोमियो एन्ड मुना’ चाँडै प्रदर्शनमा आउँदैछ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top