काठमाडौं – ‘परदेशी’ अभिनेत्री रजनी केसीले मंगलबार आफ्नो जन्मदिन मनाएकी छन् । सामाखुसी चोकमा रहेको स्काई रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा आफ्ना आफन्त, नजिकका साथी र पत्रकार माँझ उनले जन्मदिनको खुसी साटेकी हुन् ।
जन्मदिनको केक समेत काटेकी उनले आफ्नो यो कतियौ जन्मदिन हो भन्ने बारे गोप्य नै राखिन् । कार्यक्रममा अभिनेत्री खुस्बु खड्का, निर्माता निर्देशक कलाकार निर्मल शर्मा, पत्रकार निर्देशक लक्ष्मण सुबेदी लगायको उपस्थिती रहेको थियो ।
पछिल्लो समय ब्यस्त रहेकी केसीले चलचित्र निर्माण गर्ने सोच समेत आफुमा रहेको सो अवसरमा खुलाइन् । ‘आफ्नै प्रोडक्सन हाउस चलाउने बिचरा गर्दैछु । तर अहिले होइन केही बर्ष पछि मात्र’ उनले थपिन् ।
छिल्लो समयकी ब्यस्त अभिनेत्री मध्यकी एक रजनी पनि हुन् । ‘परदेशी’ अगाडि केही चलचित्र अभिनय गरेता पनि दर्शकको नजरमा क्लिक हुन नसकेकी उनी ‘परदेशी’बाट भने दर्शकको मनमा बस्न सफल रहिन् ।
केही पहिले प्रदर्शनमा आएका ‘लाल जोडी’, ‘ब्रासलेट’ चलचित्रकी अभिनेत्री केसीले भर्खर ‘उल्झन’अभिनय सकाएकी छन् । उनका ‘पटुकी’ र ‘रमिता’ पनि पछिल्ला चलचित्र हुन् ।
कमेन्ट गर्नुहोस !