शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्युठानमा आईतबार राती एक बालविवाह रोकियो


प्युठान,९ बैशाख ।
आईतबार राती प्युठान नगरपालिका वडा नंम्बर ९ पारपाखामा बालविवाह रोकिएको छ । बेहोरेका वर्ष २० को केटा र सोहि वडामा पर्ने बेहोरीकी वर्ष १४ की बालिका विच हुनलागेको विवाहलाई बालसञ्जाल र प्रहरीले रोकेको हो । आईतबार राती करिब १० ः ३० बजे समयमा बालविवाह रोकिएको प्रहरी चौकी मरन्ठानाका असई टिका कुवरले जानकारी दिए । बालिका बाल विद्या माध्यामिक विद्यालय मजुवामा कक्षा ८ मा अध्ययन गर्ने प्रहरीले जनाएको छ ।

बालसञ्जाल र स्थानियको दिएको सूचनामा बालविवाह भएको ठाउँमा पुगेको असाई कुवरले बताए । केटाकेटी पक्षलाई बालविवाहका बारेमा सम्झाई बुझाई गरेर बालविवाह रोकिएको उनले बताए । दुबै पक्षका कुरा सुन्दा हामी दलितलाई बालविवाहका बारेमा थाहाँ नभएको पाइएको कवरले जानकारी दिए ।
जिल्ला बालसञ्जाल र प्रहरीको सक्रियतामा २ वर्षको अवधिमा जिल्लामा ४३ वटा बालबिबाह रोकिएको जिल्ला बालसञ्जाल प्युठानका अध्यक्ष प्रेमबहादुर विश्वकर्माले जानकारी दिए । उमेर नपुगी भएका बिबाह वडा बाल संरक्षण समिति,जिल्ला बाल संरक्षण समिती प्रहरी चौकीको संयुक्त प्रयासमा बालविवाह रोकिएको उनले जानकारी दिए ।
पछिल्लो समय स्थानिय तहका जनप्रतिनिधिहरुले बालविवाह लुकाउन खोजेको अध्यक्ष विश्वकर्माले बताए । उनले भने,–‘जनप्रतिनिधिनै बालविवाह लुकाउन खोज्दा विवाह गर्ने संख्या वढेको देखिन्छ । ’ बालविवाह संगै समाजमा हुने नराम्रा कार्य रोक्न जनप्रतिनिधि चनाखो हुन उनले आग्रह गरे । बालविवाहले घरेलु हिंसा, वहुविवाहदेखि आत्महत्याको अवस्था आएको देखिन्छ । सानो उमेरमा बिहे गर्दा बिभिन्न स्वास्थ्य समस्या आईपर्ने भएकाले उमेर पुगे पछि मात्रै बिहे गर्नु पर्ने बाल संजाल अध्यक्ष बिश्वकर्माको सुझाव छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top