शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

‘तान्द्रो’ ट्रेलर सार्वजनिक (भिडियो सहित)


काठमाडौं । अहिलेसम्म दशवटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागिता भएको र दुईवटा फेस्टिबल जितिसकेको नेपाली चलचित्र ‘तान्द्रो’ को अफिरियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा युद्धको पाटोलाई बलियोरूपमा प्रस्तुत गरिएको छ । तत्कालीन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै निर्माण भएको चलचित्र ‘तान्द्रो’मा दयाहाङ राईको मुख्य भूमिका छ ।

विसं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तत्कालीन माओवादीको सांस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो । उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोसिसलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पीडालाई ‘तान्द्रो’ मा मुख्य रूपमा उतार्न खोजिएको छ । कोसिसको भूमिकामा दयाहाङ प्रस्तुत भएका छन् ।

कार्यक्रममा चलचित्रका मुख्य कलाकार तथा चलचित्र निर्माण युनिटले चलचित्रबारे आआफ्नो धारणा राखेका थिए । साथै आइतबार नै चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । चलचित्र अब कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने बताइएको छ । कार्यकारी निर्माता रामबाबु गुरुङका अनुसार चलचित्रलाई पुर्णरूपमा न्याय दिने कोसिस गरेका छन् । आफूहरूले चलचित्रको कथाले मागे अनुसारको सम्पूर्ण कुरा दिएको बताए । पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व, आधा सुरको संगीत, उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको फिल्मका निर्माता शतिसकुमार गौतम हुन् ।

चलचित्रमा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल, मणिराम पोखरेललगायतका कलाकारहरूको अभिनय छ । फिल्मलाई निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर र रामबाबु गुरुङको सिनेमा आर्टले संयुक्तरूपमा निर्माण गरेको हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top