शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सिंचाई माग्न वडा अध्यक्ष पुगे राष्ट्रिय योजना आयोगमा


प्यार अलि खाँन
बाङ्गेसाल,प्युठान

वर्षौदेखि चर्चामा रहेको बांङ्गेसाल सिंचाई आयोजनाको परिचर्चा फेरी सुरुभएको छ । ‘आकाशको फल आखाँतरी मर मने झैँ ’ झिनो आशा रहेको बांङ्गेसालवासीको सिंचाई गर्ने सपना आजको होईन । करिब ४२ वर्ष अघि २०३३ सालमा सिंचाई आयोजनाका लागि केही प्रयास भएको र पछि फेरी २०५१ सालमा आयोजनाको डि.पि.आर बनाउन भनि बजेट आएको तर कार्यान्वयन नभएको जानकारहरु बताउँछन् । यसैविच सरुमारानी गाँउपालिका वडा नं.२ का वडा अध्यक्ष एंव प्रवक्ता बसन्त बहादुर जिसीले बाङ्गेसालमा सिंचाईको सम्भावना भएको र कार्यान्वयन गर्न सकिने भन्दै गाँउपालिकामा ध्यानाकर्षण प्रस्ताव पेश गरेका थिए ।
पालिकाले प्रवक्ता जिसिकै नेतृत्वमा कार्यदल समेत बनाएको गाँउपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए । ‘हामीले कार्यदललाई अध्ययन एंव अनुसन्धान गर्न १ महिनाको समय दिएका छौँ ।’ अध्यक्ष विश्वकर्माले भने, ‘अध्ययन पश्चात् आयोजनाको प्रक्रियालाई थालनी गर्न प्रदेस तथा संघ सरकार समक्ष अनुरोध गर्नेछौँ र पालिकाले पनि सहकार्य गर्नेछ ।’
यसैविच प्रवक्ता जिसि बाङ्गेसालमा सिंचाई माग्न भनि राष्ट्रिय योजना आयोगमा पुगेका छन् । गाँउपालिकाको सिफारीस लिएर नेकपाका युवा नेता सूर्य थापा, प्रदेस सांसद कृष्णधोज खड्का, नेपाल इन्जिनियरिङ्ग एशोसियसनका महासचिव छविराज पोख्रेललाई साथमा लिई विभिन्न सरोकारवाला मन्त्रालयमा अनुरोध पत्र पेश गरिएको प्रवक्ता जिसीले बताए । ‘हाम्रा मागकाबारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुश्प कडेल सकरात्मक हुनुहुन्छ ।’ जिसिले भने, ‘योजना आयोगबाट बिस्तृत परियोजना रिपोर्ट बनाउने आश्वासन पाएका छौँ । डि.पि.आर बने पश्चात् मात्र संघ वा प्रदेशबाट बजेट प्राप्तीको बाटो खुल्ने छ ।’
प्यूठानबाट हालसम्म समग्र जिल्लाको विकासबारे गएका डेलिगेसनमा बांगेसाल सिंचाई योजनाबारे कतै उल्लेख नभएकोमा प्रवक्ता जिसिले दुखेसो एंव आक्रोस समेत पोखे । ‘विगत धेरै वर्षदेखि माग एंव आवस्यकता हुँदै आएको यस आयोजनाबारे कँही कतै नाम छैन् ।’ जिसिले भने ।
आयोजना सफल भएमा साविकको बाङ्गेसालको संम्पूर्ण आवादी जग्गा, करिब त्यही बराबर प्रती बाँझो, अ‍ैलानी तथा सार्वजनिक जग्गामा सिंचाई सुविधा पुग्ने छ । १ हजार ८ सय १६ घरधुरीका करिब ११ हजार २ सय ४३ जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने करिब १ हजार ७ सय ९७ हेक्टर खेतीयोग्य जमिन सिंचित हुनेछ । उर्वरभुमी बाङ्गेसालमा खाद्यान्न बाली, नगदेबालीको प्रचुर सम्भावना छ । सिंचाईको दिगो व्यवस्थापन नहुँदा यहाँका किसानको जिवनस्तर समेत उठ्न सकिरहेको छैन् । यस आयोजना बहुउद्धेश्यीय समेत भएको बताईन्छ पालिकाका विकट वस्तीमा रहेका करिब ३ सय घरपरिवारलाई स्थानानन्तर गरि उनिहरुको जिवनमा समृद्धि ल्याउन सकिने प्रवक्ता जिसिले विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top