शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

मेरो दशैँ – यसपालि सपिङ छैन


यस वर्षको बडादशैँ नजिकिँदै छ । राजधानीका अधिकांश मानिसहरु आ–आफ्नो घरतर्फ टीका लगाउन हिँडिसकेका छन् । यसैबीच सेलिब्रेटीहरु पनि दशैँमा कोही आफ्नै घर त कोही राजधानीमै दशैँ मनाउँदैछन् । यसैबीच राजधानीको गोदावरी घर भएकी नायिका करिश्मा मानन्धरले यो वर्षलीको दशैँबारे हिमालय टाइम्सको ‘मेरो दशैँ’ सेग्मेन्टमा बताएकी छन् ।

मलाई दशैँमा एकदम रमाइलो गर्न मन पर्छ, अरूलेभन्दा केही फरक तरिकाले दशैँ मनाऊँ भन्ने लाग्छ त्यसैले फरक तरिकाले मनाउने गरेकी छु । यस वर्षको दशैँको कुरा गर्दा सपिङ नगर्ने निर्णय गरेकी छु । त्यस्तै धेरै मासु नखाने र सागसब्जी बढी खाने अर्थात् स्वस्थ दशैँ मनाउने सोचमा छु । गत वर्षजस्तै अष्टमीको दिन आफ्ना नजिकका आफन्तजन र आफूभन्दा जुनियर कलाकारलाई बोलाएर पाटी गर्ने तयारीमा छु । मलाई अन्य पर्वहरुको भन्दा दशैँ बेलाको मौसम एकदमै मन पर्छ । मलाई दशैँमा तास खेल्न मनपर्दैन बरू पार्टी गर्न, नाच्न तथा रमाइलो गर्न रुचाउँछु ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top