शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

मुक्ति मा.वि.मा भवन उद्घाटनका लागि शिक्षा मन्त्री पोखरेल प्यूठान आउदै


प्रकाश बैद्य
६ फाल्गुण प्यूठान ÷ शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेल प्यूठान आउनु हुने भएको छ ।
मुक्ति मा.वि. रातामाटाको विज्ञान भवन उद्घाटनका लागि मन्त्री पोखरेल भोली फाल्गुण ७ गते प्यूठान आउनु हुने भएको हो ।
प्रतिमान निमा स्मृति प्रतिष्ठानको पहल र भारतीय राजदुतावासको सहयोगमा जिल्लाको आवश्यक्तालाई ध्यानमा राखी मुक्ति मा.वि. रातामाटामा निर्माण गरिएको विज्ञान भवन तथा छात्र छात्रावास लगाएत अन्य भौतिक पूर्वाधारहरु २०६४ सालमा निर्माण भई २०६९ सालमा सम्पन्न भएको तर हाल सम्म विभिन्न प्राविधिक समस्याका कारणले उद्घाटन हुन नसकेको सन्दर्भमा मुक्ति मा.वि. रातामाटाले भोली प्रजातन्त्र दिवसको दिन शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलको बाहुलीबाट भवन उद्घाटन गर्दैछ । विद्यालयको ६७ औ बार्षिक उत्सवको सन्दर्भ पारेर गर्न थालिएको उद्घाटन कार्यक्रममा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलका साथै पूर्व मन्त्री एवं प्रतिमान निमा स्मृति प्रतिष्ठानका उपाध्यक्ष दिपक बोहोरा ,भारतीय राजदुतावासका काउन्सीलर निरज कुमार जयसवाल,प्यूठान जिल्लाबाट प्रतिनिधी सभा सदस्य दुर्गा पौडेल ,प्रदेश सभा सदस्य कृष्ण ध्वज खड्का ,हरि रिजाल लगाएतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने विद्यालयका प्रधानाध्यापक योगेन्द्र बहादुर जि.सि. ले जानकारी दिनु भएको छ । यस संगै जिल्लामा सञ्चालनमा ल्याइएको बाल बिद्या मा.वि मजुवा मरन्ठानामा सञ्चालनमा आएको कृषि शिक्षाको उद्घाटन तथा झिमरुक क्याम्पस भवन बाग्दुलाको पनि मन्त्री पोखरेलको बाहुलीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको श्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top