बुधबार, चैत्र १८, २०८२ | Wednesday 1st April 2026

नेपाल रेडक्रसकाे चैत २४ सम्म सदस्यता वितरण


काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले एक महिने सदस्यता वितरण अभियान सुरुआत गरेको छ । सोसाइटीले सूचना जारी गर्दै गत फागुन २५ गतेदेखि थालनी भएको सदस्यता वितरण अभियान यही चैत्र २४ गतेसम्म जारी रहने छ । जारी सूचनामा भनिएको छ, “नेपाल रेडक्रसको सदस्यता सदैव खुला रहेको व्यहोरा विदितै छ । यसका अतिरिक्त सोसाइटीको विधान २०२० (अठारौ संशोधन २०८२ सहित) को व्यवस्था र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको २०८२ फागुन २४ गतेको बैठकले गरेको निणर्य वमोजिम सोसाइटीको सदस्यता प्राप्त गर्न इच्छुक नेपाली नागरिकहरूका लागि (युवाको सहभागिता र ३३ प्रतिशत महिला सुनिश्चित गर्न समेत) यस सोसाइटीद्वारा सदस्यता वितरण अभियान २०८२ फागुन २५ गतेदेखि २०८२ चैत्र २४ गतेसम्म (एकमहिनाको लागि) सञ्चालन भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ । ”सूचनामा रेडक्रस अभियानका सिद्धान्त, मूल्य मान्यता, र आदर्शलाई आत्मसात् गर्दै विधानमा उल्लेखित प्रक्रिया र तोकिएको शुल्क बुझाई सदस्यता लिन इच्छुक व्यक्तिहरूले आफूलाई पायकपर्ने पालिका तहमा पालिका शाखा, जिल्ला तहमा जिल्ला शाखाका अतिरिक्त प्रदेश तहमा प्रदेश कार्यालय र केन्द्रीय तहमा केन्द्रीय कार्यालयबाट समेत सदस्यता प्राप्त गर्न सकिने उल्लेख छ ।सूचनामा भनिएको छ, “सम्पर्कका लागि नेपाल रेडक्रस सोसाइटीका पालिका तहका उपशाखाका सभापति वा सचिवहरू, ७७ वटै जिल्ला शाखाका सभापति वा मन्त्रीहरू, सात वटै प्रदेश कार्यालयका अध्यक्ष वा महासचिवहरू र केन्द्रीय कार्यालयमा महामन्त्रीसँग सम्पर्क गर्न सकिनेछ । थप जानकारीका लागि नेपाल रेडक्रस सोसाइटीको वेभसाइट www.nrcs.org हेर्नुहुन वा निःशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिन छ ।”

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top