बुधबार, चैत्र १८, २०८२ | Wednesday 1st April 2026

प्यूठानमा जम्बो ट्राभलर दुर्घटना, दुइ जना गम्भिर


तस्विर: साङ्केतिक

प्यूठान, प्यूठानमा जम्बो ट्राभलर गाडी दुर्घटनामा परेको छ । जिल्लाको झिमरुक गाउँपालिका–३ आहालखोला चिसापानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार शुक्रबार बिहान ७ः२० मा बाँदीकोट देखि बुटवल जाँदै गरेको अनटेक्स्ट गाडी दुर्घटना भई १९ जना घाइते भएका छन् । घाइते मध्ये १७ जना सामान्य र एक जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइते हुनेमा प्यूठान नगरपालिका–२ कि ५१ वर्षीय बिमला बिस्ट र  झिमरुक ३ का २२ वर्षीष प्रताप एम.सी.  रहेका छन् । उनलाई टाउकोमा चोट लागि सिरियस देखिएपछि बुटवल मा रिफर गरिएको प्रहरी स्रोतले जनाएको छ । अन्य घाइतेहरुको उपचार को लागि प्युठान अस्पताल र निमतारा पोलिक्लिनिक मा ल्याइएको छ ।
अन्य घाइतेहरुको अवस्था यस प्रकार छ ।
निम्न घाईतेहरु
१) जिल्ला प्युठान झिमरुक गा.पा.२ बाधिकोट बस्ने बर्ष अ.२८ को बिशाल महतरा शरीरमा भित्री चोट अबस्था सामान्य ओखरकोट स्वास्थ्य चौकीमा उपचार भई रहेको । (चालक)
२) ऐ.ऐ. बस्ने बर्ष अ.१४ कि अर्चना एम.सी. निधारमा चोट अबस्था सामान्य ओखरकोट स्वास्थ्य चौकीमा उपचार भई रहेको ।
३) ऐ.ऐ.बस्ने बर्ष अ. ७ कि. युनिका पौडेल चोट अबस्था सामान्य ओखरकोट स्वास्थ्य चौकीमा उपचार भई रहेको ।
४) ऐ.ऐ.बस्ने बर्ष अ.३१ को बिन्दोश के.सी बायाँ आखामा चोट सामान्य जिल्ला अस्पताल बिजुबार उपचार भई रहेको ।
५) ऐ.ऐ. बस्ने बर्ष अ. ३२ कि. रमिता के.सी.बायाँ हात र ढाडमा चोट सामान्य जिल्ला अस्पताल बिजुबार उपचार भई रहेको
६) ऐ.ऐ. बस्ने रमिता के.सीकपो छोरा बर्ष अ. ५ को प्रयास के.सी टाउकोमा चोट सामान्य जिल्ला अस्पताल बिजुबार उपचार भई रहेको
७) ऐ.ऐ.बस्ने बर्ष अ. १९ को पर्वत खत्रीको निधारमा चोट , शरीरको बायाँ भागमा भित्री चोट अबस्था मध्यम जिल्ला अस्पताल बिजुबार उपचार भई रहेको
८) जिल्ला प्युठान प्यु.न.पा. क्वाडी बस्ने बर्ष अ. ५१ कि. बिमला बिष्ट टाउकोमा चोट अबस्था सिरियस बोल्न नसक्ने जिल्ला अस्पताल बिजुबार प्युठानमा उपचार पस्चात थप उपचारको लागि ऐ.०८:५० बजे बुटवल रिफर ।
९) जिल्ला दाङ लमही न.पा.वडा नं.०२ बस्ने वर्ष अं.४५ को केशर सेजुवाल अबस्था सामान्य, प्युठान न.पा.०४ स्थित निमतारा पोलिक्लिनिकमा उपचार भईरहेको
१०) ऐ.ऐ.बस्ने वर्ष अं. ३४ की पदमा सेजुवाल मुखमा चोट सामान्य, प्युठान न.पा.०४ स्थित निमतारा पोलिक्लिनिकमा उपचार भईरहेको ।
११) जिल्ला प्युठान झिमरुक गा.पा.वडा नं.०२ वादिकोट बस्ने वर्ष अं.३३ को प्रकाश एम.सी.ढाडमा चोट सामान्य, प्युठान न.पा.०४ स्थित निमतारा पोलिक्लिनिकमा उपचार भईरहेको ।
१२) ऐ.ऐ.बस्ने वर्ष अं.१० को सुशान्त एम.सी. सामान्य, प्युठान न.पा.०४ स्थित निमतारा पोलिक्लिनिकमा उपचार भईरहेको ।
१३)ऐ.ऐ.बस्ने वर्ष अं.३७ की कमला एम.सी. सामान्य, प्युठान न.पा.०४ स्थित निमतारा पोलिक्लिनिकमा उपचार भईरहेको ।
१४ ऐ.ऐ.वडा नं.०३ आलखोला बस्ने वर्ष अं.३५ की कमला के.सी. सामान्य, प्युठान न.पा.०४ स्थित निमतारा पोलिक्लिनिकमा उपचार भईरहेको । प्युठान न.पा.०४ स्थित निमतारा पोलिक्लिनिकमा उपचार भईरहेको ।
१५) ऐ.ऐ.बस्ने वर्ष अं.१३ को रुपेश पोख्रेल सामान्य, प्युठान न.पा.०४ स्थित निमतारा पोलिक्लिनिकमा उपचार भईरहेको ।
१६) ऐ.ए.बस्ने वर्ष अं.२१ की शुसिला पोख्रेल बाया खुट्टा र दाया हातमा चोट सामान्य, प्युठान न.पा.०४ स्थित निमतारा पोलिक्लिनिकमा उपचार भईरहेको ।
१७) ऐ.झीमरुक गा.पा.वडा नं.०३ ओखरकोट बस्ने वर्ष अं.४५ की हिरा जि.सी. बाया हातमा चोट सामान्य, प्युठान न.पा.०४ स्थित निमतारा पोलिक्लिनिकमा उपचार भईरहेको ।
१८)ऐ.ऐ आलखोला बस्ने वर्ष अं. ०८ को विशाल पोख्रेल टाउको चोट सामान्य, प्युठान न.पा.०४ स्थित निमतारा पोलिक्लिनिकमा उपचार भईरहेको ।
१९)ऐ.ऐ.बस्ने वर्ष अं. २२ को प्रताप एम.सी. दाया हात र दाया खुट्टामा चोट सामान्य, प्युठान न.पा.०४ स्थित निमतारा पोलिक्लिनिकमा उपचार भईरहेको ।यस बुटवल मा रिफर गरिएको।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top