शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

६ वर्षसम्म फरार कर्तव्य ज्यान मुद्धाका अभियुक्त प्रहरी फन्दामा


२१ माघ
प्यूठान । कर्तव्य ज्यान मुद्धाका १ जना फरार अभियुक्त झण्डै ६ वर्ष पछि प्रहरी फन्दामा परेका छन् ।
२०६९ पुष ३ गते साविकको पुजाँ गाविस वडा नं. १ गोसाइखेत निवासी लाल बहादुर केसीका छोरा विज्ञान के.सी को हत्याका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार करिव ६ वर्ष पहिले गुल्मीको अग्लुङफेदी गुल्मीबाट प्यूठानको ठुलावेशी आउदै गर्दा धारिलो हतियार प्रयोग गरी रमेश मल्लले केसीको हत्या गरेका थिए । नाताले रमेश र विज्ञान फुपु ÷मामाको छोरा थिए ।
गौमुखी गाउँपलिका ३ (साविक पुजा १) घर भइ रुपन्देही बुटवल उप– महानगरपालिका १२ नयाँगाउँ लुकिछिपी बस्दै आएका ३३ वर्षका रमेश मल्ललाई ६ वर्ष पछि आइतवार समातेको जिल्ला प्रहरी प्रमुख निर्मल बुढाथोकीले जनाकारी दिए ।
प्रहरी हवल्दार रविन्द्र बिक्रम सहितको टिलोले बुटवल स्थित नयाँगाउँबाट मल्ललाई पक्राउ गर्न सफल भएको हो । हत्यापछि रमेश मल्ल फरार हरेको थिए । पक्राउ पछि प्रतिवादी रमेशलाई (आज) सोमबार प्यूठान जिल्ला अदालतमा पेश गरी अदालतको आदेश अनुसार कानुन बमोजिम कैद भुत्तानको लागि कारागार पठाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।
सम्मानित जिल्ला अदालत प्यूठानले कर्तव्य ज्यान मुद्धामा मल्ललाई २०७२ भदौ २८ गते १९ वर्ष ११ महिना ५ दिन कैद सजायको फौसला गरेको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top