
राधिका भुसाल
प्युठान । माण्डवी गाउँपालिका भित्रको टेलिभिजन (सिसिटिभी) क्यामरा जडान कार्य सम्पन्न भएको छ ।
गा.पा स्थित नयाँगाउँ, चकचके बजार र देवीस्थान बजार क्षेत्रमा क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामरा जडान गरिएको हो िप्रविधियुक्त क्mबचत क्गचखष्ििबलअभ अबmबचब को निगरानीबाट अपराधिक व्यक्तिहरुमा मनोवैज्ञानिक असर र्पु याई अपराध न्यूनीकरण गर्न, अपराधी पत्ता लगाउन, ट्राफिक व्यवस्थापन सहज बनाउन, सडक नियम उल्लघन कार्य निरुत्साहित गर्न, विपत व्यवस्थापनमा सहयोग र्पुयाउने उदेश्यले सिसिटिभी जडान गरिएको गाउँ पालिका अध्यक्ष श्रीधर रोकाले बताए । “विशिष्ट व्यक्तिहरुको आवागमन एवम सुरक्षा व्यवस्था मिलाउने लगायतका सुरक्षा र प्राकृतिक विपत सँग सम्बन्धित कार्य गर्न सहज हुनेछ “(अध्यक्ष रोकाले भने( “ आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले सिसिटिभी क्यामरा सञ्चालनमा ल्याएका छौं “ि अति व्यस्त स्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्र चकचके, जस्पुर र देविस्थान क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाइ गाउँपालिकाले प्राथमिकतामा राखेको उनले बताए । सो क्षेत्रभित्र ७ वटा सिसिटिभी जडान गरिएको छ िजसमध्ये ५ वडा चकचके र जस्पुर क्षेत्रमा राखिएको छ भने २ वडा देविस्थानमा राखिएको छ भने निगरानी सम्बन्धित स्थानका प्रहरी बिट र चौकीहरुले गरिरहेका छन् ि सिसिटिभी क्यामरा जडानले अपराधिक क्रियाकलापमा संग्लन व्यक्तिहरुमा मानसिक प्रभाव पर्ने गरेको स्थानीयले बताउछन् । गाउँपालिका क्षेत्रका अन्य स्थानहरुमा पनि अत्याधुनिक सिसिटिभी क्यामेरा जडान गरेर निगरानी बढाउनु पर्ने स्थानीयको माग छ ।
आगामी दिनमा बढ्दो जनगुनासोलाई कम गर्न र सेवाग्राहीको सेवालाई पारदर्शी बनाउन यस गाउँपालिकाको हरेक सार्वजनिक स्थानमा सिसिटिभी क्यामरा जडान गर्ने माण्डवी गाउँपालिकाका अध्यक्ष रोकाले बताए िग्रामीण क्षेत्रका जनताहरुसम्म सार्वजनिक सेवाको पहुँच बढाई सेवा प्रवाहलाई उपलब्धी मूलक बनाउन विद्युतीय सरकार वा डिजिटल गभर्नेन्स वा अनलाईन गभर्नेन्सको अवधारणालाई कार्यान्वयन गर्न अपरिहार्य भइसकेको अवस्थामा माण्डवी गाउँपालिका पनि त्यस दिशा तर्फ अग्रसर भइरहेको छ । त्यसैले विज्ञान र प्रविधिको युगमा सूचना प्रविधिको सही सदुपयोग गर्न तर्फ सवैले ध्यान दिन पनि त्यतिकै जरुरी रहेको जानकारहरूको भनाइ छ ।
कमेन्ट गर्नुहोस !