शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्यूठानी आइडलले रौनकता ल्याउँदै


प्यूठान  यतिबेला प्यूठानी आइडलले प्यूठान उपत्यकामा रौनकता ल्याउँदै छ । गायन तथा नृत्य विधालाई समेटी प्यूठानी आइडल यही भाद्र १ गतेबाट सुरु गरिएको आइडलका संयोजक भोजराज थापाले जानकारी दिए ।
‘आइडल कार्यक्रम मार्फत लुकेर रहेको प्रतिभाको खोजी भएको छ ।’ संयोजक थापाले भने, ‘हामी प्रतिभाको सम्मान गर्ने छौँ ।’ नव प्रतिभाको लागि कार्यक्रम राम्रो प्लेटफर्म हुने थापाको विश्वास छ ।
नाट्यस्वर कलाकेन्द्र तथा इभेन्ट म्यानेजमेन्ट नुवाकोटले आइडलको संयोजन गरेको हो । प्यूठानमा यस अघि विभिन्न रियालेटी सो हरु नभएका होईनन् यस पटकको आइडल अलि व्यवस्थित र प्रविधियुक्त भएको सहभागीहरुले बताएका छन् । ‘हामीलाई गर्ब छ ।’ माण्डवी गाँउपालिकाबाट नृत्य तर्फ प्रतिस्पर्धि गरिरहेकी समिक्षावलीले भनिन् ‘यस पटकको आइडल पृथक छ ।’ कार्यक्रमको व्यवस्थापन पक्षको वलीले तारिफ गरिन । गायन तथा नृत्य विधाको जज तथा मूल्याकंन विजय पुन र दिपक परियारले गरिरहेका छन् ।
जिल्लाको दरभान, जस्पुर, बरौला, जुम्री, बाग्दुला, खलङ्गा, मच्छी र भिंगृबाट प्रतिस्पर्धिहरुलाई छनौट गरिएको निर्णायक विजय पुनले बताए । ‘उत्साहजनक सहभागिता रह्यो ।’ पुनले भने, ‘प्यूठानमा राम्रो र भविष्यमा केही गर्न सक्ने ट्यालेण्टेड भेटेका छौँ ।’ सुन्दर प्यूठान र प्यूठानीहरुको प्रतिभालाई मुल्याकंन गर्न पाउँदा खुसी लागेको पुनले प्रतिक्रिया दिए । असोज १ गतेबाट जुम्री स्थित स्वर्गद्धारी सार्बजनिक यातायात व्यवसायी संघको हलबाट मेघा राउण्ड सुरु गरिएको छ । ४ गतेको श्रृंखलामा बाग्दुलाकी ९ वर्षिय क्रिस्टिना श्रेष्ठले ‘अन द स्र्पोट’ निर्णायकको मन जितेकी थिईन र उनि आगामी चरणमा हुने सिल्बर राउण्ड समेत पार गरि एक कदम अघि बढेको आयोजकले बताएको छ । शनिवार ५० जना सहभाागी मध्ये गायन विधाबाट १३ जना र नृत्य विधाबाट १८ जना छनोट भएका छन् । यिमध्ये २ जना ‘अन द स्र्पोट’ छनोटमा परेका थिए ।
आइडलको अहिले मेघा राउण्ड चलिरहेको कार्यक्रम निर्देशक मिथुन रावतले बताए । ‘सिल्बर र ब्याटल राउण्ड अबका चरणहरु हुन ।’ रावतले भने, ‘जजको मूल्याकंन एस एम एस भोटिङ सिस्टम हुँदै आइडल छान्ने छौँ ।’ दशै र तिहारको बिचमा उत्कृष्ठ १० को विशेष प्रस्तुति सहितभब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरि गायन तथा नृत्य विधाका आइडल घोषणा गरिने आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top