शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सहिद स्मृति पार्कमा सहिदहरुको सम्झना



प्रकाश बैद्य
प्यूठान÷ प्रजातन्त्र ,स्वतन्त्रता र राष्ट्रिय अखण्डताको लागि ज्यान आहुति दिने सहिदहरुको सम्झनामा सहिद दिवसको अवसरमा आज माघ १६ गते बिजुवार गाँजुरी स्थित सहिद स्मृति पार्कमा एक कार्यक्रमको आयोजना गरी सहिदहरुको सम्झना गरिएको छ ।
सहिद स्मृति पार्क निर्माण व्यवस्थापन समितिको आयोजनामा सहिद स्मृति पार्कमा अवस्थित शहिदहरुका शालिकमा माल्यार्पण एवं विविध कार्यक्रम गरिएको हो ।
सहिद स्मृति पार्क व्यवस्थापन समितिका संयोजक ज्ञामुराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुर्य थापाको प्रमुख आतिथ्यता रहेको थियो भने लुम्विनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा(रोज) राणाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित प्रतिनिधि सभा सदस्य सुर्य थापा,लुम्विनि प्रदेश उद्योग तथा यातायात मन्त्री सरोज थापा ,लुम्विनी प्रदेश सभा सदस्य निमा गिरी ,धनलक्ष्मी श्रेष्ठ ,स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु ,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु ,संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,सञ्चारकर्मी,नागरिक समाज लगायतका प्रतिनिधिहरुले सहिदपार्कमा अवस्थित सहिदहरुको शालिकमा टिका ,माला तथा फुलले माल्यार्पण गर्दै सहिदहरुप्रति उच्च सम्मान तथा श्रद्धासुमन प्रकट गरेका थिए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य सुर्य थापा, लुम्विनी प्रदेश उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा र माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोशन ) ले नेपालका जुनसुकै आन्दोलन एवं ऐतिहासिक परिवर्तनमा शहिदहरुले बगाएको रगतका कारण महत्वपूर्ण उपलव्धी हासिल भएको भन्दै सहिदहरुलाई सहिद दिवसमा मात्र सम्झेर होइन हरेक काम कार्वाही व्यवहारमा सहिदले देखाएको बाटो पहिल्याउनु पर्नेमा जोड दिए ।
सहिद स्मृति पार्क व्यवस्थापन समितिका उपाध्यक्ष रामेश्वर प्रसाद राजभण्डारीले स्वागत गरेको कार्यक्रममा सञ्चालन झवेन्द्र शर्माले गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top