शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते


दाङको देउखुरीमा यात्रुवहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा गेरुवा गाउँपालिका-१ निवासी ३६ बर्षिय भिमनाथ योगि र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

गएराती करिब ११ बजे बर्दियादेखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका-९ रिहार नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटना परेको बसमा ४७ जना यात्रुको सवार रहेको प्रहरीले जनाएको छ । ती मध्य दुई जना घाइते भएको, अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ । बस चालक सामान्य घाइते भएको र उहाँको कोहलपुरमा उपचार भैरहेको छ ।

मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडी बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।

केहिदिन पहिले नेपालगन्जबाट काठमाण्डौ जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको ज्यान गएको थियो। बारम्बार यसरी दैनिक सडक दुर्घटना भैरहनु र यति धेरै मान्छेको अकालमा ज्यान गैरहेकोमा राज्यले पहल लिएर दुर्घटना न्यूनीकरणमा कमि ल्याउने योजना बनाउनुपर्ने आवस्यकता देखिएको छ । source:sahara khabar.com

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top