बिहिबार, बैशाख १३, २०८१ | Thursday 25th April 2024

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते


दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको हो । बस सडकबाट करीब २५ मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।




सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइतेहरुमध्ये दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्टको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी बस्ने ३६ वर्षीय महेश भट्टसहितका अन्य १४ जनाको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।source:onloinekhabar.com

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top