शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्यूठानका साहित्यिक स्रष्टाहरुलाई सम्मान


प्रकाश बैद्य
प्यूठान,साहित्यिक क्षेत्रको माध्यमबाट विभिन्न विधामा योगदान पूर्याएका प्यूठानका साहित्यिक स्रष्टाहरुलाई सम्मान गरिएको छ ।
साहित्य परिषद प्यूठानले आफ्नो २९औ स्थापना दिवस समारोहको अवसरमा आज स्रष्टाहरुलाई सम्मान गरेको हो । साहित्य परिषद प्यूठानकी का.वा. अध्यक्ष विमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा परिषद मातहतका विभिन्न सम्मानहरुद्धारा ६ जना श्रष्टाहरुलाई सम्मान गरिएको छ । भुपेन्द्र स्मृति साहित्य पुरस्कारबाट बाल साहित्यकार बिजय राज आचार्यलाई ,ठईदेवी साहित्य पुरस्कारबाट प्यूठानका अग्रज पत्रकार एवं हाम्रो एकताका सम्पादक सुशील पोखरेललाई ,मीना साहित्य पुरस्कारबाट साहित्यकार सीता वि.क. लाई ,कप्तान नरमिला स्मृति पुरस्कारबाट साहित्यकार राम प्रसाद पोखरेललाई ,भुपेन्द्र स्मृति साहित्य पुरस्कार साहित्यकार एवं लेखक शशिधर भण्डारीलाई र नवप्रतिभा साहित्य पुरस्कारबाट साहित्यकार लोकेन्द्र जि.सी. लाई सम्मान गरिएको छ ।
लुम्विनी प्रदेश सभा सदस्य निमा गिरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सी. ,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल ,जिल्लाका विभिन्न संघ संस्थाका प्रतिनिधि ,पत्रकार एवं साहित्यिक स्रष्टाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्मानित बाल साहित्यकार विजय राज आचार्यले आफुले सम्मानद्धारा प्राप्त गरेको पुरस्कार रकमबाट जिल्लाका विभिन्न पालिकाहरुका ७ जना विद्यार्थीहरुलाई साहित्य परिषद प्यूठानको आजिवन सदस्य प्रदान गर्दै उक्त रकम साहित्य परिषद प्यूठानलाई नै हस्तान्तरण गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top