मङ्लबार, जेष्ठ १९, २०८३ | Tuesday 2nd June 2026

माण्डवी गा.पा प्रविधि मैत्री बन्दै


प्यूठान । माण्डवी गाँउपालिकालाई प्रविधिमैत्री बनाईने गाँउपालिका अध्यक्ष श्रीधर रोकाले बताएका छन् । आधुनिक प्रविधिको आत्मसाथ गर्दै पालिकामा सि.सि.क्यामरा, गाँउपालिकाको वेभ साईट, कर्मचारीको विद्युतिय हाजिरीको व्यवस्था, आम नागरिकलाई सुचना तथा सेवाप्रवाहमा सहजताका लागि सुचना डिस्प्ले संचालनमा ल्याईने गाँउपालिकाका अध्यक्ष रोकाको भनाई छ ।
गाँउपालिकाका सबै वडाहरुमा इन्टरनेट जडान गरिसकिएको छ । पालिका भित्रका सबै सरकारी कार्यालय तथा विद्यालयहमा इन्टरनेट जडान गरिसकिएको कार्यकारी अधिकृत नारायण पौडेलले हाम्रो एकतालाई बताए । माण्डवी गाँउपालिकामा आम नागरिक समक्ष बैंककिङ्ग सेवामा पहुँच पु¥याउन तथा वित्तिय सेवा लागि २ वटा नीजि बैंकहरु संचालनमा आउन लागेको समेत पौडेलको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top