शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

अध्यक्षकपको उपाधी सुनिल स्मृतिलाई



प्यूठान, माण्डवी गाँउपालिकाको आयोजनामा बिहिवारदेखि शूरु गरिएको अन्तर स्थानीय तह स्तरीय भलिवल खेल शनिवार सम्पन्न भएको छ । राष्टब्यापी स्तरको रुपमा आयोजना गरिएको सो खेलकुदमा छिमेकी जिल्ला सहित कुल १३ समुहले भाग लिएका थिए । अत्यन्तै पेचिलो प्रतिष्पर्धाका साथ चलेको भलिवल खेलमा सुनिल स्मृति गाँउपालिकाको टीमले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै द्धितीयमा गौमुखी गाँउपालिका र तृतीयमा सरुमारानी टीमले हात पार्न सफल भएका छन् । उत्कृष्ट स्थान हासिल गर्ने टीमलाई क्रमशः २ लाख, १ लाख २५ हजार र ७५ हजारका दरले पुरस्कृत गरिएको थियो ।
माण्डवी गाँउपालिका वडा नं ३ मार्सिवाङमा सम्पन्न खलकुद प्रतियोगिताको उदघाटन संबिधान सभा सदस्य नारायण प्रसाद अधिकारीले गरेका थिए । बिहिवार आयोजित उदघाटन समारोहमा सहभागी बक्ताहरु प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगी, स्वर्गद्धारी नगरप्रमुख टेक प्रसाद भण्डारी, नौबहिनी गाएपालिका प्रमुख दिलाराम थापा लगायतका बक्ताहरुले खेलकुद क्षेत्रले युवाहरुमा बिकृति र बिसंगतिको शिकारबाट बच्न मद्धत पुरयाउने बताउदै स्वास्थ्यका साथै अन्र्तराष्टिय पहिचानमा समेत महत्वपूर्ण योगदान पुग्ने बताएका थिए । साथै राष्टिय पुजी निर्माणमा खेलकुद क्षेत्रले योगदान पुरयाउने भएकाले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका थिए । खेलले आगामी बर्षमा पनि निरन्तरता पाउने माण्डवी गाँउपालिका अध्यक्ष नवराज अधिकारी रोशनले बताएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top