शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

नव सिद्धार्थको साधारणसभा, उत्पादनमूलक क्षेत्रमा लगानी प्रमुख प्राथमिकता



प्यूठान, देशभरका सहकारी संस्थाहरुको साधारणसभा चलिरहेकै बेला नव सिद्धार्थ बचत तथा ऋण सहकारी लिं ले आज शनिवार १८ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आयमूलक, सीपमूलक, तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र सो बाट रोजगारीका अवसर सृजना गर्ने त्यस्तै कृषि पेशामा आधारित पेशा गर्ने सदस्यलाई न्यून ब्याजदरमा लगानी गर्ने, सहकारी भवन निर्माण,सहकारी शिक्षा तालिम लगायत एक दर्जन भन्दा बढी प्रस्ताव पारित गर्दै साधारण सभा सम्पन्न भएको हो । यसैगरी सभाले शेयर पुँजी २० प्रतिशत बृद्धि गर्ने, निक्षेप संकलन १५ प्रतिशत, लगानीमा ३० प्रतिशत र ऋण असुली ४० प्रतिशत बृद्धि गर्ने पनि निर्णय लिइएको छ ।
संस्थाका अध्यक्ष नरेन्द्रनाथ योगीको अध्यक्षता तथा प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेल, प्यूठान नपा २ नं वडाध्यक्ष मोहन सिंह बिष्ट, उपाध्यक्ष जगन्नाथ पोखरेल, शेयर सदस्य चेतनाथ योगी, टंक बहादुर थापा लगायतका बक्ताहरुले सहकारी क्षेत्रको सुदृढीकरण र कार्यप्रणालीलाई ब्यवस्थित गर्नुपर्नेमा जोड दिंदै रोजगारीका अवसर सृजना गर्न सहकारी क्षेत्रले मुख्य ध्यान दिनु पर्ने बताएका थिए । बार्षिक साधारणसभाकै अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिनुका साथै असल बचत संकलक र बिद्यार्थीलाई पुरस्कार र शैक्षिक सामग्री पनि बितरण गरिएको थियो । कार्यक्रमको संचालन सचिब लाल बहादुर रावतले गरेका थिए ।
संस्थाको हाल शेयरपुँजी ५५ लाख ४१ हजार ८ सय र कुल कारोवार ९ करोड ४४ हजार ३ सय ६७ रहेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top