शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट



बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा एक सुत्केरीको ज्यान गएको छ । सुत्केरी गराउन अस्ति सोमवार अस्पताल भर्ना भएकी गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भइ अहिले रुपन्देहीको भैरहवा बस्ने ३२ वर्षकी भवानी रास्कोटीको ज्यान गएको हो । अस्पतालमा बच्चा जन्माएपछि भवानीको हिजो ज्यान गएको हो । नवजात शिशु भने सकुशल रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

तर सुत्केरीको ज्यान जानुको कारण खोज्दा विवाद शुरु भएको थियो । विवाद सुल्झाउन गएराति अबेरसम्म वार्ता भएको र त्यसक्रममा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर राजेन्द्र बस्याललाई आफन्तबाट कुटपिट भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताउनुभयो ।
उहाँले घटनाका वारेमा थप अनुसन्धान भइरहेको समेत बताउनुभएको छ । कुटपिटबाट घाइते भएका डाक्टर बस्यालको लुुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सघन उपचार कक्ष ९आईसीयू० मा राखेर उपचार भैरहेको छ । अस्पतालमा तोडफोडसहित कुर्ची भाँचेर उनीहरुले डाक्टर बश्याललाई प्रहार गरेका त्यहाँ कार्यरत डाक्टरको भनाइ छ ।
घटनापछि अस्पतालले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले डाक्टरमाथि नै हातपात हुनु गलत भएको बताउनुभएको छ । source:sajhabichar.com

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top