शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्यूठानमा जेष्ठ नागरिक तथा अशक्तताहरुको लागि सप्ताहव्यापी स्वास्थ्य सेवाअभियान सञ्चालन हुने



प्रकाश बैद्य
प्यूठान, जिल्लामा ८० वर्ष पुगेका जेष्ठ नागरिक तथा अशक्त अवस्थाका नागरिकहरुका लागि यही मंसीर २४ देखी २९ गते सम्म घर दैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा आज भएको “प्यूठान जिल्लाको स्वास्थ्य क्षेत्रको वस्तुस्थिति विष्लेषण तथा आगामी कार्ययोजना” विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमबाट जेष्ठ तथा अशक्त अवस्थाका नागरिकको स्वास्थ्य सेवाका लागि घर दैलो स्वास्थ्य सेवा अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।
मंसीर २४ गते (डिसेम्वर १०) अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर घर दैलो स्वास्थ्य सेवा अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताए । सप्ताहव्यापी रुपमा सञ्चालन हुने कार्यक्रमको जिल्लाका सवै स्थानीय तहले अनुगमन गर्ने समेत प्रमुख पाण्डेले जानकारी दिए ।
जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था, प्रगति विष्लेषण ,समिक्षा तथा आगामी कार्ययोजनाका बारेमा सरोकारवालाहरु बीच अन्तरक्रिया गरी स्वास्थ्य सेवालाई थप व्यवस्थिति एवं जनताकेन्द्रीत बनाउने उद्धेश्यले आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले जिल्लाको स्वास्थ्य क्षेत्रको मानवसंशाधनको अवस्था,अस्पताल तथा स्वास्थ्य संस्थाले पूर्याएका सेवा,खोप कार्यक्रम कभरेज ,मातृ तथा नवशिषु स्वास्थ्य कार्यक्रमको प्रगति,घरमा तथा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको अवस्था,बाल विवाहका कारण आमा बन्नु पर्ने अवस्था,एच आइ भी ,उच्च रक्तचाप लगायतका विरामीहरुले लिइरहेको सेवाहरु,स्वास्थय बीमा कार्यक्रम,स्वास्थ्यका क्षेत्रमा स्थानीय तहहरुले अघी बढाएका रचनात्मक कार्यक्रमहरु ,विद्यालय तथा दुर्गम वस्तीमा भएका विभिन्न स्वास्थ्य सम्वन्धि चेतनामुलक कार्यक्रमहरु,आ.व.०७९÷०८० मा स्वास्थ्य कार्यालय अन्तर्गत भएका विभिन्न कार्यक्रमहरु लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । त्यस्तै नसर्ने रोगको प्रकोप बढ्दै गएको,आत्महत्याको दर बढ्दो ,जनास्वास्थ्यमा लगानी घट्दो दरमा रहेको , स्थानीय तहबाट स्वास्थ्यमा बजेट विनियोजनमा समस्या,जंकफुड लगायत मदिरा सुर्तिजन्य पदार्थको प्रयोग बढ्दो ,जशक्तिको अभाव तथा सरुवा ,करारबाट काम चलाउनु पर्ने अवस्था,स्वास्थ्य क्षेत्रमा बजेटको पर्याप्तता कम,साधन तथा उपकरण अभाव लगायत जिल्लाको स्वास्थ्य क्षेत्रको चुनौति प्रस्तुत गर्नुका साथै कार्यालय प्रमुख पाण्डेले स्वास्थ्य कार्यालयले यस आ.व.मा सञ्चालन गर्ने कार्यक्रमहरुको बारेमा समेत प्रस्तुतिकरण गरेका थिए । कार्यालयले यस वर्ष गर्ने कार्यक्रम अन्तर्गत डेँगु रोग बिरुद्ध खोज र नष्ट गर्ने अभियान सञ्चालन ,जिल्लास्तरमा खानेपानीको गुणस्तर जाँच तथा निगरानी कार्यक्रम ,सामुदायिक विद्यालयका किशोरीहरुको रक्तअल्पता परीक्षण तथा व्यवस्थापन ,समुदायमा कुपोषित बच्चाहरुको खोजपडताल,४० वर्ष माथीको नागरिकहरुका लागि सुगर ,प्रेसर तथा मृगौला जाँच कार्यक्रम, ८० वर्ष पुगेका जेष्ठ नागरिक तथा अति अशक्त नागरिकका घरमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमहरु रहेका छन् ।
जिल्ला समन्वय समिति प्यूठानकी उप–प्रमुख दुर्गा रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगी,माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी,मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का,गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरी ,नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापा ,ऐरवाती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ,प्रहरी नायव उपरिक्षक इश्वर थापा,जिल्लाका स्थानीय तहका स्वास्थ्य शाखा संयोजकहरु ,विभिन्न संघ संस्था प्रमुुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले स्वास्थ्य सम्वन्धि चेतनामुलक कार्यक्रम सञ्चालन ,बालविवाह न्यूनिकरण ,आत्महत्या रोकथाममा सवै पक्ष आ आफ्नो ठाउँबाट जिम्मेवार ढंगले लाग्नु पर्ने , जिल्ला अस्पताल प्यूठानबाट स्वास्थ्य बीमा सेवा अन्तर्गतको सुविधा प्रभावकारी हुनु पर्ने लगायतका सुझावहरु राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक कोशलराज बैद्यले गरेका थिए

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top