बिहिबार, फाल्गुन १७, २०८० | Thursday 29th February 2024

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३९ घाइते ३ जनाको मृत्यु,



उ त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ । साथै, ७ वर्षे सन्ध्या चौधरी र ६ वर्षे विकास चौधरीको मृत्यु भएको छ ।

घाइते विद्यार्थीको जिल्ला प्रहरी र स्थानीयको सहयोगमा जिल्ला अस्पताल उदयपुर ल्याइ उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
source:online khabar.com

कमेन्ट गर्नुहोस !



Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609

सम्बन्धित पोस्टहरू

Top